Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘पढ्दै कमाउँदै’ कार्यन्वयनका लागि कार्यविधि मस्यौदा तयार

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

१ कार्तिक, काठमाडौं । सरकारले घोषणा गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रम कार्यन्वयनका लागि कार्यविधि बनाउन शुरु गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक धारको कक्षा सञ्चालन भएका विद्यालयलाई प्राथमिकतामा राखेर परीक्षणका रुपमा कार्यान्वयन गर्ने गरी कार्यविधिको मस्यौदा तयार भएको जनाएको छ ।

 

यो वर्ष पढ्दै कमाउँदै कार्यक्रम परीक्षणका रुपमा केही प्राविधिक धारका विद्यालयहरुमा लागू गर्ने तयारी भईरहेको मन्त्रालयका योजना तथा कार्यक्रम महाशाखा प्रमुख डा.तुलसी प्रसाद थपलियाले जानकारी दिए । उनले भने ‘यो वर्ष प्राविधिक धार तर्फका करिब २५ वटा कार्यक्रम विद्यालयहरु लागू गर्ने योजना छ ।’

शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि आएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा सरकारले घोषणा गरेको माध्यमिक तह (कक्षा ९–१२) का विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै कार्यक्रम’ सञ्चालनका लागि मन्त्रालयले कार्यविधि तयारी थालेको हो ।

विद्यार्थीले पढ्दा पढ्दै गरेको कामबाट आय आर्जन पनि गर्न सक्छन् भन्ने परीक्षण प्रयोगको रुपमा काम गरिने गरी योजना थालिएको थपलियाले बताए । कार्यक्रम घोषणा भए पनि बजेट व्यवस्थापन भने नभएकोले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको १४ करोड ‘पढ्दै कमाउँदै’ कार्यक्रममा लगानी गर्ने गरी मन्त्रालयले कार्यविधि बनाईरहेको महाशाखाले जनाएको छ ।

गुणस्तरीय शिक्षा, प्रावधिक शिक्षा, पूर्वाधार शिक्षा, प्रविधिको समुचित प्रयोग गरी शिक्षा क्षेत्रको गुणात्मक विकास गर्न भूगोल एवं विद्यार्थी संख्या समेतका आधारमा बालशिक्षादेखि माध्यमिक शिक्षासम्मको नक्सांकन तयार गरी कार्यान्वयन गरिने बजेट अध्यादेशमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • २१ घण्टा अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • २२ घण्टा अगाडि
buddha-air

निर्वाचनको दिन आन्तरिक र वाह्य दुर्व हवाई...

  • २२ घण्टा अगाडि
sunil-thapa

रहेनन् वरिष्ठ अभिनेता सुनिल थापा, ६८ वर्षको...

  • ३ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved