एसईई खारेज कति सम्भव ?

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न सरकारलाई निर्देशन दिए पनि शिक्षा ऐन संशोधन नभएसम्म एसईई परीक्षा खारेज गर्न सम्भव देखिएको छैन ।   शिक्षा ऐनको दफा ५ को उपदफा ४ (ट) मा प्रस्ट रूपमा कक्षा १० र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाटै लिनुपर्ने व्यवस्था भएकाले शिक्षा ऐन संशोधन नभएसम्म […]

कक्षा १ देखि १२ सम्म एकरूपता : अब ३५ नआए फेल !

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ।   केन्द्रले चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको ‘लेटर ग्रेडिङ निर्देशिका, ०७८ले विद्यालय तहको कक्षा १–१२ सम्मका विद्यार्थीहरू अब परीक्षामा उत्तीर्ण हुन प्रत्येक विषयमा ३५ नम्बर अनिवार्य ल्याउनुपर्ने […]

कम्तीमा ३५ प्रतिशत अङ्क प्राप्त नगर्ने विद्यार्थी माथिल्लो तहमा उक्लिन नपाउने

विद्यालय तहका परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क प्राप्त नगर्ने विद्यार्थी माथिल्लो तहमा उक्लिन नपाउने भएका छन् । ३५ प्रतिशतले स्तरीकृत अङ्क (जीपीए) १.६ लाई जनाउँछ । २०७२ सालबाट लागू गरिएको अक्षराङ्कन पद्धतिका कारण विद्यार्थीको सिकाइमा समस्या देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अक्षराङ्कन निर्देशिका, २०७८ जारी गरेको छ ।   निर्देशिकाले माथिल्लो तहमा अध्ययन गर्न […]

राजनीतिमा लागेका करिब ४ सय शिक्षकले राजीनामा दिए

सर्वोच्च अदालत र निर्वाचन आयोगले समेत विश्वविद्यालय र विद्यालयका शिक्षक कर्मचारीलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । नेपाली काँग्रेसको महाधिवेशन चलिरहेका बेला सर्वोच्च अदालतले प्रतिनिधि भएका शिक्षकहरूलाई मतदानमा रोक लगाउन आदेश दिएको थियो । यसैबीच शिक्षा, विकास तथा मानव स्रोत केन्द्रले राजनीतिमा लाग्ने शिक्षकले तत्काल राजीनामा दिनुपर्ने उल्लेख गर्दै सबै स्थानीय तहमा पत्र पठाएपछि […]

रिजल्ट चित्त नबुझेको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप, १२ जना पक्राउ

कक्षा १२ नतिजा चित्त नबुझेको भन्दै पोखरामा विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले १ हप्तादेखि परीक्षा व्यवस्थापन बोर्डमा धर्ना दिइरहेका छन् । नतिजा चित्त नबुझेको भन्दै धर्नामा रहेका विद्यार्थीमाथि आइतबार प्रहरीले बल प्रयोग गरेको छ । धर्नामा बसेका १२ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएपछि अवस्था तनावपूर्ण बनेको थियो । त्यस क्रममा झडप हुँदा केही विद्यार्थी […]

परीक्षा बोर्डले कक्षा ११ र १२ मा ‘डी प्लस’ ल्याउने विद्यार्थीलाई मात्र प्रमाणपत्र दिने

१९ मंसिर, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ मा प्रमाणपत्र प्रदान गर्ने निश्चित आधार तयार गरेको छ । बोर्डले अङ्कन पद्दति वा (रजिष्ट्रेशन नम्बरको शुरुको दुई अङ्क ७३ वा सोभन्दा कम भएका) अनुरुप परीक्षामा सहभागी विद्यार्थीहरुले कक्षा ११ र १२ का सबै विषयमा उत्तीर्ण भइ सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मक तर्फ […]

करिश्माले १२ कक्षा पास गरिन्, रचनाले संगीत विषय लिएर स्नातक पढ्ने

१७ मंसिर, काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले गत भदौ-असोजमा लिएको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको छ । गोदावरीस्थित किटिनी माविबाट परीक्षा दिएकी करिश्माले २.४१ जीपीए ल्याएर कक्षा १२ उत्तीर्ण गरेकी हुन् । उनले कोरोना महामारीका कारण नियमित कक्षा नभएको भन्दै नतिजाबाट आफू खुशी रहेको प्रतिक्रिया दिइन् […]

त्रिविमा १० वर्ष काम गरेका करार शिक्षकलाई स्वतः स्थायी गर्ने प्रपञ्च शुरु

त्रिभुवन विश्वविद्यालयले १० वर्षदेखि कार्यरत आंशिक र करार शिक्षकलाई स्वतः स्थायी गर्ने प्रपञ्च शुरु गरेको छ । शैक्षिक योग्यता र कार्य दक्षताको आधारमा पदपूर्ति गर्ने जनाए पनि कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको दबाबमा त्रिविले १ हजारभन्दा बढी आंशिक शिक्षकलाई स्थायी गर्ने प्रक्रिया शुरु गर्ने तयारी गरेको […]

दुई वर्षभित्र सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने

आगामी दुई वर्षभित्र सबै विद्यार्थीले नयाँ पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पढ्न पाउने भएका छन् । मुलुक संघीयतामा गइससकेको अवस्थामा ५ वर्षभित्र सबै कक्षाको पाठ्यक्रम नयाँ हुनुपर्ने कार्ययोजनाअनुसार २०८० सालसम्म १ देखि १२ सम्म नयाँ पाठ्यक्रम लागू हुने भएको हो । पाठ्यक्रम विकास केन्द्रले गत शैक्षिक सत्रमा कक्षा १ र ११ को नयाँ पाठ्यपुस्तक लागू गरेको थियो […]

विद्यार्थीलाई विदेश पढ्न पठाउने परराष्ट्रमन्त्रीको आश्वासन

चीनलगायत विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि तत्काल जाने व्यवस्था मिलाउन माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।   मंगलबार विभिन्न विद्यार्थी संगठनहरुले सिंहदरवारमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई ज्ञापन पत्र बुझाउँदै चीनलगायत विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि जान नपाएका विद्यार्थीहरुलाई तत्काल जाने व्यवस्था मिलाउन माग गरेका हुन् । ज्ञापन पत्र लिएपछि परराष्ट्रमन्त्री […]