Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

लोकसेवा आयोगले नयाँ पदपूर्ति र बढुवा प्रक्रिया अगाडि बढायो

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

लोकसेवा आयोगले कोभिड–१९ को महामारीका कारण राष्ट्रसेवक कर्मचारीको नयाँ पदपूर्ति र बढुवासम्बन्धी रोकिएका कामलाई धमाधम अगाडि बढाउन थालेको छ ।

आयोगले सरकारी सेवालाई थप प्रभावकारी बनाउन नयाँ पदको सिर्जना गरी पदपूर्ति गर्न र कर्मचारीको वृत्तिविकास गर्न हरेक वर्ष खुला तथा आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति तथा बढुवाका प्रक्रिया गर्दै आएको छ । तर विगत दुई वर्षमा कोभिडको महामारीले गर्दा प्रकाशित भइसकेका पदका लागि परीक्षासमेत सञ्चालन हुन सकेका थिएनन् ।

त्यसले गर्दा नेपाल सरकारले माग गरेका पदको नयाँ पदपूर्ति पनि हुन सकिरहेको थिएन ।कोभिडको प्रभाव कम भएसँगै विगतमा स्थगित भएका विभिन्न तहका परीक्षा सञ्चालन भइसकेका छन् भने पदपूर्ति र बढुवाको अन्तिम प्रतिफल पनि प्रकाशित हुने क्रम पनि जारी रहेको छ । आयोगका प्रवक्ता तोयानारायण सुवेदीका अनुसार आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ गरी दुई वर्ष रोकिएका सबै पदका परीक्षा सञ्चालन भइसकेका छन् ।

ती दुई वर्षका सहसचिव तथा उपसचिव तहका कार्यक्षमता र जेष्ठताको बढुवाको परीक्षाफल प्रकाशित भई पदस्थापन पनि भइसकेको छ भने खुला तथा आन्तरिक प्रतिस्पर्धाका पदमा लिखित परीक्षा सञ्चालन भई परीक्षाफल प्रकाशित गर्ने तयारी भइरहेको छ ।

प्रवक्ता सुवेदीले भने, “सहसचिव र उपसचिव पदको परीक्षाफल प्रकाशित गर्ने अन्तिम चरणमा पुगेको छ तर शाखा अधिकृतदेखि तल्ला पदका विषयमा अदालतमा मुद्दा परिरहेकोले त्यसको टुङ्गो लागेपछि मात्र बाँकी काम अगाडि बढाइने भएका छन् ।”

कोभिडले प्रभावित पारेपछि विगत दुई वर्षको अवधिमा गर्न नसकिएका नयाँ पदपूर्ति तथा बढुवा प्रक्रियाको करिब चार हजार कर्मचारीको छनोट गर्ने काम आयोगले पछिल्ला दिनमा सम्पन्न गरिसकेको छ । प्रवक्ता सुवेदीका अनुसार कोभिडको प्रभाव कम हुने बित्तिकै आयोगको कार्यालयमा स्वास्थ्यका मापदण्ड पूरा गरेर भए पनि परीक्षा सञ्चालन गरेको छ ।

यो समाचार गोरखापत्र दैनिकमा छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • २० घण्टा अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • २१ घण्टा अगाडि
buddha-air

निर्वाचनको दिन आन्तरिक र वाह्य दुर्व हवाई...

  • २१ घण्टा अगाडि
sunil-thapa

रहेनन् वरिष्ठ अभिनेता सुनिल थापा, ६८ वर्षको...

  • ३ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved