Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

विद्यार्थीलाई विदेश पढ्न पठाउने परराष्ट्रमन्त्रीको आश्वासन

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

चीनलगायत विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि तत्काल जाने व्यवस्था मिलाउन माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

 

मंगलबार विभिन्न विद्यार्थी संगठनहरुले सिंहदरवारमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई ज्ञापन पत्र बुझाउँदै चीनलगायत विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि जान नपाएका विद्यार्थीहरुलाई तत्काल जाने व्यवस्था मिलाउन माग गरेका हुन् । ज्ञापन पत्र लिएपछि परराष्ट्रमन्त्री खड्काले अध्ययनका लागि विद्यार्थीहरु जान नपाउनु मानवीय समस्या भएको बताए । उनले छिट्टै नै विदेश अध्ययनका लागि जाने व्यवस्था मिलाउने आश्वासन दिए । मन्त्री खड्काले विद्यार्थीहरुको अध्ययन गर्न जान नपाएको समस्या गम्भीर रहेको र यस बारेमा आफूले कुरा पनि उठाएको बताए ।

मन्त्री खड्काले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न नुहने बताउँदै सरकारले विद्यार्थीको भविष्य बनाउन भूमिका खेल्ने बताए । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौँ लगायतका ६ विद्यार्थी संगठनले कोरोनाका कारण चीनबाट नेपाल फर्काइएका विद्यार्थीहरुको भविष्य अन्योलमा परेको भन्दै उनीहरुलाई विदेशका विश्वविद्यालयमा जान सक्ने व्यवस्था मिलाइदिन माग गर्दै परराष्ट्रमन्त्री खड्कालाई ज्ञापन पत्र बुझाएका हुन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
y_t4IhGjxkTQ

एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा...

  • १४ घण्टा अगाडि
balen1

बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको...

  • १४ घण्टा अगाडि
Mugu-1-1024x576

धुनी तापेर पढ्दै विद्यार्थी

  • १४ घण्टा अगाडि

yesplay register

  • २० घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved