Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

विश्वविद्यालयले गल्तीले छात्रालाई फेल भएको इमेल पठायो, २१ वर्षीयाले गरिन् आत्महत्या

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

एक छात्राले विश्वविद्यालयको इमेल पाएपछि आत्महत्या गरेकी छिन् । उक्त इमेलमा उनी फेल भएको बताइएको थियो । २१ वर्षकी म्यारेड फौल्क्स, यूकेको नर्थ वेल्सस्थित एङ्गलेसेमा जुलाई ८ तारिखमा नजिकैको ब्रिटानिया पुलबाट हाम फालेर आत्महत्या गरेकी छिन् ।

कार्डिफ युनिभर्सिटीकी विद्यार्थी फर्मास्यूटिकल्सको दोस्रो वर्षमा अध्ययनरत थिइन् । डेली मेलका अनुसार उनले निकै लामो समयदेखि विभिन्न फर्मास्यूटिकल्समा पार्ट टाइम काम गर्दै आएकी थिइन् । स्रोतका अनुसार म्यारेडले विश्वविद्यालयका अटोमेटेड इमेल पाएकी थिइन् । उक्त मेलमा उनी फेल भएका कारण तेस्रो वर्षमा प्रवेश गर्न नसकेको बताइएको थियो ।

एउटा मेलमा उनी ३९ प्रतिशतसहित फेल भएको बताइएको थियो जबकी उनी ६२ प्रतिशतसहित प्रथम श्रेणीमा पास भएकी थिइन् । ३९ प्रतिशत उनको अघिल्लो परीक्षाको नतिजा थियो जुन उनले मार्च २६ तारिखमा दिएकी थिइन् । उनी अप्रिल २४ तारिखमा पुनः परीक्षा दिएर पास भएकी थिइन् ।

म्यारेडकी आमा लोना फौल्क्सले छोरीले कार्डिफ युनिभर्सिटीबाट इमेल पाएपछि नै यस्तो कदम उठाएको बताइन् ।​ लोनाले भनिन्, ‘उनले अटोमेटिक इमेल पाएकी थिइन् । यसमा कुनै नीजि मामिला थिएन । फोन गरिएको थिएन, केही थिएन ।’

‘आफू परीक्षामा अनुत्तिर्ण भएको उनले विश्वास गरिन् र डिग्री हासिल गर्न असमर्थ भएको उनको ठानिन् ।’

‘त्यो एक वाक्य पढेपछि सायद उनले आफ्नो सबै सपना र आशामाथि विराम लागेको सोचिन् । २१ वर्षे एक विद्यार्थीले यो कहिल्यै सोचेकी थिइनन् ।’

त्यसदिन उनी रोल्याण्ड्स फार्मेसीमा काम गर्न पनि गएको र त्यसपछि उनी बेलुका आफ्नो परिवारसँग खाना खान ६ बजेतिर घर गएको बताइन्छ ।

त्यसपछि उनले आफ्नी आमालाई भोलिपल्ट चीजकेस बनाउनका लागि सामग्रीहरु किन्न जान्छु भनेर निस्किइन् ।

घरबाट बाहिर निस्किएपछि उनी ब्रिटानिया ब्रिजतर्फ गइन् । त्यसपछि उनले आफ्नो गाडी छोडिन् र पूलको छेउ–छेउ हिँडिन् त्यसपछि तत्काल हराइन् ।

अन्वेन जोन्स आफ्नी १० वर्षका छोरासँग यात्रा गरिरहेका बेला म्यारेडले हाम फालेको देखेकी थिइन् । जोन्सले कुनै हिच्किचाहट बिना नै म्यारेडले हाम फालेको बताइन् ।

जोन्सले भनिन्, ‘उनी माथि उक्लिइन् र सेकेन्डभरमै हराइन् । कुनै हिच्किचाहट थिएन ।’

‘उनी हराइन् ।’

त्यसपछि तत्काल उद्दारकर्तालाई बोलाइयो तर म्यारेडलाई मृत घोषित गरियो ।

पोस्ट मार्टम रिपोर्टले हाम फाल्दा उनको टाउकोमा गहिरो चोट लागेको देखायो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै

Lottostar slotteries

  • १ घण्टा अगाडि

1win

  • १ घण्टा अगाडि

https://in-becric.com

  • १ घण्टा अगाडि

vavada

  • १ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved