प्रधानमन्त्री ओलीसँग भारतीय विदेशसचिव विक्रम मिश्रीको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिश्रीले आज शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । उक्त भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका अधिकारी, नेपालका लागि […]
रविलाई सुविधाबाट वञ्चित गरिएको छैन, कारागार सार्ने काम हुँदैछ : गृहमन्त्री

२८ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कैदीबन्दीहरूले पाउने सुविधानबाट वञ्चित नगरिएको बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । रुपन्देही कारागारमा रहेका लामिछानेलाई मानवोचित र सबै कैदीहरूले बन्दीहरूले पाइरहेको सुविधा दिइएको उनले स्पष्ट पारे । लामिछानेलाई छुटै कोठामा राखिएको र […]
दक्षिण कोरियाका पूर्वराष्ट्रपति योलकी श्रीमती किम पनि पक्राउ

सियोल । दक्षिण कोरियाकी पूर्वप्रथम महिला किम किओन हीलाई पनि पूँजी बजार प्रभावित गर्ने र भ्रष्टाचारलगायत विभिन्न अभियोगमा मंगलबार राति पक्राउ गरिएको छ । सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले ५२ वर्षीया किमविरुद्ध पक्राउ पुर्जी जारी गर्न अभियोजकहरुको अनुरोधको पुनरावलोकन गरेको केही घण्टापछि उनलाई पक्राउ गरिएको हो । अभियोजकहरुले किमको कथित गैरकानुनी कार्यबारे ८४८ पृष्ठलामो राय पेश […]
समृद्ध नेपाल बनाउने अभिभारा युवाहरुको काँधमा आइसकेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगीन अभिभारा युवाहरुको काँधमा आइसकेको बताएका छन् । अन्तराष्ट्रिय युवा दिवस–२०२५ को अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले समृद्ध नेपाल बनाउने युगीन जिम्मेवारी पूरा गर्न युवाहरू सक्षम भइसकेका छन् भन्ने आफूलाई विश्वास लागेको बताए […]
प्रधानमन्त्री ओलीद्वारा राखी ग्रहण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा राखी ग्रहण गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी ग्रहण गरेको जानकारी गराएका हुन् । प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘ रक्षा बन्धनको दिन बिहानै ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधियो, दिदीबहिनीलाई धन्यवाद ! ।’ श्रावण […]
प्रधानमन्त्री ओली र एसियन पूर्वाधार लगानी बैंकका अध्यक्ष लिम्बुननको ‘साइडलाइन भेट’

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिम्बुननले आज शिष्टाचार भेट गरेका छन् । तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा उनीहरुबीच ‘साइडलाइन’ भेट भएको हो ।
संसद्मा प्रतिनिधित्व गर्ने कांग्रेस-एमाले बाहेकका दल छलफलमा

२१ साउन, काठमाडौं । संघीय संसद्मा प्रतिनिधित्व गर्ने सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेस बाहेकका दलहरूको छलफल चलिरहेको छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक चलिरहेको हो । बैठकमा निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी राजनीतिक दलहरुलाई पठाएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ बारे छलफल भइरहेको अध्यक्ष प्रचण्डको […]
ट्रम्पको धम्कीपछि पनि भारतले रुसबाट तेल खरिद जारी राख्ने

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीका बावजुद भारतले रुसबाट तेल किन्न जारी राख्ने संकेत गरेको छ । भारतीय विदेश मन्त्रालयले रुससँगको आफ्नो सम्बन्ध स्थिर र समयद्वारा परीक्षित भएको र यसलाई तेस्रो देशको चश्माबाट हेर्न नहुने बताएको छ । शुक्रबार साप्ताहिक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बजारमा तेलको उपलब्धता र […]
द्वन्द्वका कारण थाइल्यान्डले गर्यो कम्बोडियासँगको सीमा बन्द

बैंकक । थाइल्यान्डले बिहीबार कम्बोडियासँगको आफ्नो सबै सीमाहरू बन्द गर्ने घोषणा गरेको छ । कम्बोडियाली सेनाको रकेटले दुई देशको सीमा क्षेत्रमा प्रहार गरेको नागरिक लक्षित आक्रमणमा कम्तिमा तीन जना घाइते भएको थाई सेनाले बताएको छ । सामाजिक सञ्जालमा उपरक्षामन्त्रीले लडाइँको पुष्टि गर्दै सेनालाई पूर्ण परिचालन अधिकार प्रदान गरेको थाइल्यान्डको राष्ट्रिय प्रसारण सेवाले जनाएको छ । […]
विद्या भण्डारीलाई सक्रिय राजनीतिमा रोक लगाउने एमालेको निर्णयपछि नयाँ संकल्प गर्न थापाकाे आह्वान

काठमाडौँ । एमाले नेता तथा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीमा नयाँ संकल्पका लागि आह्वान गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा रोक लगाउने निर्णय गरेसँगै थापाले यस्तो आव्हान गरेका हुन् । उनले पार्टीभित्र देखिएको घृणा, अपमान र निषेधको अन्त्य र जनताको बहुदलीय जनवाद (जबज)का मूल्य र मान्यतालाई स्थापित गर्न […]