इजरायलमा मारिएका विपिन जोशीको शव भोलि काठमाडौं ल्याइँदै

२ कात्तिक, काठमाडौं । इजरायलमा मारिएका कञ्चनपरका विपिन जोशीको शव भोलि सोमबार नेपाल ल्याइँदै छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याउन लागिएको हो । सो विमान दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ । विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने […]
छठलगत्तै राष्ट्रियसभाको अधिवेशन बोलाउने सरकारको तयारी

काठमाडौँ । राज्यका ३ महत्वपूर्ण अंगमध्ये अहिले व्यवस्थापिका निकाय निष्क्रिय छ । संविधानमा नै राज्यका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई राज्यशक्तिका रूपमा परिभाषित गरिएको छ । व्यवस्थापिकाभित्रको प्रतिनिधिसभा विघटनको अवस्थामा रहे पनि राष्ट्रियसभा भने जीवित छ । तर, जेनजी आन्दोलन र त्यसपछिको परिवर्तित अवस्थाका कारण प्रतिनिधिसभा विघटन भए पनि ७६ जनाको मृत्यु र महत्वपूर्ण संरचनामा भएको […]
इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी

इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् । इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् । ती अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको […]
मतदाता नामावली दर्ता गराउनेको भीड

दाङ । यहाँ मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड लाग्न थालेको छ । सरकारले मतदातासम्वन्धी नयाँ नियम जारी गरेसँगै मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेको सङ्ख्यामा वृद्धि हुन थालेको घोराहीमा रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । दसैँअघि दुई दिन र सोमबार पहिलो दिन गरी एक सय ३३ जना नयाँ […]
मनाङको उपनिर्वाचन स्थगित

निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि तय गरिएको मनाङ–२ प्रदेशसभा उपनिर्वाचन स्थगित गरेको छ । आयोगको आइतबार बसेको बैठकले उपनिर्वाचन स्थगन गर्ने निर्णय गरेको हो । उक्त क्षेत्रबाट निर्वाचित सांसद राजिव गुरुङ (दीपक मनाङे) ज्यान मार्ने कसुरमा दोषी ठहर भएपछि पद रिक्त भएको थियो । हालको बाढीपहिरो र अन्य विपद् घटनाका कारण निर्वाचन तयारी […]
बाढीपहिरोको जोखिम भएकाेले उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको कार्यालय आग्रह

काठमाडौँ । मौसम पूर्वानुमान अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । असोज २० गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा भई बाढी–पहिरोको जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान रहेको छ । प्रधानमन्त्री कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय हुने भएकाले […]
तोडफोड गर्नेलाई कारवाही गर्न नवलपुरका जनप्रतिनिधिको माग

नवलपुर, असोज १२ । नवलपुरका जनप्रतिनिधिले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा व्यक्तिका निजी घर तथा सार्वजनिक सम्पत्तिको तोडफोड गर्नेलाई कारवाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले शनिवार प्रजिअ भविश्वर पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै तत्काल दोषीलाई पक्राउ गरी कारवाही नगरे सम्पूर्ण जनप्रतिनिधिले प्रहरी प्रशासनलाई असहयोग गर्ने चेतावनी दिएका छन् । गण्डकी […]
माओवादीमा भेटिएन वैकल्पिक नेतृत्व : ‘अध्यक्ष प्रचण्ड’को विकल्प ‘संयोजक प्रचण्ड’ !

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर मसान्तसम्ममा विशेष महाधिवेशन गर्ने भएको छ । ९–१० असोजमा बसेको केन्द्रीय समिति बैठकले मंसिर मसान्तसम्ममा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रले केन्द्रीय समिति विघटन गरी सो समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेको छ । अध्यक्षलगायत सबै पदाधिकारीको व्यवस्था स्थगित गरी प्रचण्डलाई संयोजकको जिम्मेवारी तोकिएको छ […]
राजनीतिक रबाफविरुद्ध सरकारको ‘बोल्ड एक्सन’ : पूर्वपदाधिकारीले लिइरहेको अतिरिक्त सुविधा खोस्न पत्राचार

शुक्रबार अर्थ मन्त्रालयले राजनीतिक तथा प्रशासनिक पूर्वपदाधिकारीको सेवासुविधा कटौती गर्न गृह र रक्षा मन्त्रालयलाई पत्र पठाएको जानकारी गरायो । मन्त्रिपरिषद् बैठकले असोज ५ गते गरेको निर्णयअनुसार सेवानिवृत्त भइसकेका पूर्वपदाधिकारीहरूलाई दिइँदै आएको सवारी र सुरक्षाकर्मीसहित अतिरिक्त सुविधा खोस्न अर्थ मन्त्रालयले यो कदम चालेको हो । सरकारको यो कदमले राज्यको स्रोतसाधनको दुरुपयोग रोक्न र सरकारी खर्चलाई थप […]
मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए ५ मन्त्रीको टुंगो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । कार्कीको सिफारिसमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले ५ जनालाई मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ । आइतबार नियुक्त भएका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा […]