दुःख र संघर्षमा पनि खुसी हुन सकियो भने जीवनभरका धेरै समय सुखमय हुन्छ : मन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मानिसले आफ्नो जीवनमा आउने दुःख र संघर्षमा पनि खुसी हुन सके जीवनका अधिकांश समय सहज र सुखमय बन्ने धारणा व्यक्त गरेका छन् । आज प्रेस काउन्सिल नेपालले जीवन विज्ञानसँगको सहकार्यमा सञ्चारग्राममा आयोजना गरेको ‘संवाद र सञ्चारमा स्वजागरणः सुख, शान्ति र समृद्धिको जागरण’ कार्यक्रममा मन्त्री खरेलले दुःखमा समेत खुसी हुनु […]

रवि र छविको मुद्दामा जिल्लाको फाइल झिकाउन आदेश

२० कात्तिक, बुटवल । उच्च अदालत बुटवल इजलासले रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविराज जोशीको बारेमा जिल्ला अदालत रुपन्देहीले जारी गरेको आदेश र अरु फाइलहरू मगाउन आदेश गरेको छ । न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश ओमप्रकाश अर्यालको इजलासले मिसिल झिकाउन आदेश गरेको हो । जिल्ला अदालतबाट फाइल पेश भएपछि आफूमाथि हुनसक्ने बिगो बराबरको […]

सांसदको मूल काम देश र कानुन बनाउने : स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्लेले सांसदको काम देश बनाउने र थिती बसाल्ने भएको बताएका छन् । दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई आज विभिन्न सामग्री हस्तान्तरण गर्दै वाग्लेले भने, ‘गत उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित भएपछि जनताको मसँग धेरै अपेक्षा थियो, सांसदको मूल काम देश बनाउने हो, कानुन बनाउने […]

पार्टी विभाजनले किमार्थ शक्ति दिएन : रामकुमारी झाँक्री

काठमाडाैँ । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले पार्टी विभाजनले शक्ति नदिएको बताएकी छन् । पार्टीको मूल नेतृत्वले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताको सहमति गरेपछि आज पत्रकार सम्मेलन गरेकी झाँक्रीले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘विभाजनले किमार्थ शक्ति दिएन । त्यसैले मिल्नेसँग नै मिल्नुपर्छ, केही पनि नमिल्नेसँग एकता गर्न हुँदैन ।’ उनले देशभरिका […]

प्रज्ञा-प्रतिष्ठानमा माओवादीको महाधिवेशन आयोजक समिति बैठक सुरु

१८ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको छ । कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा बैठक सुरु भएको हो । यसअघि आजै महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बसेको थियो । उक्त बैठक सकिए लगत्तै राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको हो ।

राष्ट्रपति पौडेल कतार प्रस्थान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन् । राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सो सम्मेलनमा सहभागी हुन […]

रास्वपाको वृहत् राजनीतिक संवाद सुरु, बाबुराम र रेशम पनि सहभागी

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुशासन, स्थायित्व र राजनीतिक सहकार्यका लागि ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको बालुवाटारस्थित एक होटलमा केहीबेरदेखि उक्त संवाद कार्यक्रम चलिरहेको हो । संवादमा सहभागी हुन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नाउपा, नेपालका संरक्षक रेशम चौधरी, रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले लगायत सहभागी छन् । […]

भ्रमपूर्ण समाचारप्रति प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका भ्रमपूर्ण विवरणहरुप्रति ध्यानाकर्षण भएको जनाएकी छन् । आज प्रधानमन्त्री कार्यालयका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध प्रधानमन्त्रीको अधिकारक्षेत्रको विषय भएको र […]

एमालेका पूर्वसांसद तथा प्रभु ग्रुपका अध्यक्ष भट्टचन पक्राउ

काठमाडौँ । नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन ठगी आरोपमा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई मंगलबार ललितपुरबाट पक्राउ गरेको हो । प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचनविरुद्ध यसअघि नै उजुरी परे पनि जोगिँदै आएका थिए । भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ ठगी गरेको आरोप लगाउँदै प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले जाहेरी […]

बालुवाटार बैठकमा रास्वपाले राख्याे यस्ता माग (सूचीसहित)

प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार राखेको राजनीतिक दलसँगको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगबाट राजनीतिक छायाँ हट्नुपर्नेदेखि संविधान संसोधनसम्मका माग अघि सारेको छ । रास्वपाका तर्फबाट उपसभापति डा. स्वर्णिम वाग्ले र केन्द्रीय सदस्य सोविता गौतम वैठकमा सहभागी थिए । रास्वपाले पछिल्लो राजनीतिक अवस्था, भदौ २३ २४ गतेको जेनजी आन्दोलनमा घटेका घटना, सरकार गठन र […]