१८ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको छ ।
कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा बैठक सुरु भएको हो ।
यसअघि आजै महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बसेको थियो ।
उक्त बैठक सकिए लगत्तै राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको हो ।
