Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

पुस अन्तिम साता नियमित महाधिवेशन गर्न दुवै पक्ष तयार

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ महिना अगाडि

२ महिनादेखि कांग्रेसभित्र चलिरहेको नियमित कि विशेष महाधिवेशन र महाधिवेशन चुनावअघि कि पछि भन्ने बहस समाप्त भएको छ । लामो रस्साकस्सीपछि निर्वाचनअघि नै नियमित महाधिवेशन गर्ने गरी सहमति भएको छ । आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेता रमेश लेखक, मीन विश्वकर्मालगायतसँग छलफल गरेका थिए । छलफलपछि दुवै पक्ष पुस मसान्तभित्र महाधिवेशन गर्न सहमत भएका हुन् ।

पटक–पटक सर्दै आएको केन्द्रीय समिति बैठक आज सोमबार बस्दै छ । उक्त बैठकमा कार्यवाहक सभापति खड्काले पुस २७ देखि ३० गतेसम्म हुने गरी महाधिवेशनको कार्यतालिकासहित प्रस्ताव प्रस्तुत गर्नेछन् । संस्थापन पक्षले संसदीय चुनावपछि मात्र महाधिवेशन गर्ने भने पनि इतर समूहले चुनावअघि नै गर्नुपर्ने भन्दै नियमित नभए विशेषको प्रक्रियामा जानुपर्ने अडान नछाडेपछि चुनावअघि नै महाधिवेशन गर्न संस्थापन पक्ष राजी भएको हो ।

संस्थापन पक्षबाटै नोट अफ डिसेन्टको तयारी

महाधिवेशनको विषयमा संस्थापन र इतर समूहबीच सहमति हुन नसकेपछि सभापति शेरबहादुर देउवा नै सक्रिय भएका थिए । देउवाकै निर्देशनमा संस्थापन पक्ष पुस मसान्तमा महाधिवेशन गर्न तयार भएको हो भने त्यसलाई इतर समूहले पनि स्वीकारेको छ । तर, संस्थापन पक्षकै केही नेताले भने उक्त प्रस्ताव स्वीकारेका छैनन् । उनीहरू निर्वाचनअघि महाधिवेशन गर्न नहुने अडानमा छन् । विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला पक्षका नेताहरूले आजको बैठकमा यसबारे नोट अफ डिसेन्ट लेखरै महाधिवेशनको प्रस्तावमा असहमति जनाउने तयारी गरेका छन् ।

‘हाम्रै पक्षका केही नेताहरूले सोमबारको बैठकमा नोट अफ डिसेन्ट दिने तयारी गर्नुभएको छ । तर, उहाँहरूको अस्वीकारले महाधिवेशनको प्रस्ताव विफल हुँदैन । उहाँहरू पनि सहमतिमै आउनुहुन्छ भन्ने हाम्रो विश्वास छ,’ संस्थापन पक्षका नेता श्याम घिमिरेले भने । सिटौला र निधिले यसअघि नै चुनावपछि मात्र महाधिवेशनमा जान उपयुक्त हुने बताउँदै आएका छन् । समिति बैठक तथा आन्तरिक छलफलमा पनि उनीहरूले अहिले नै महाधिवेशनमा जाँदा २१ फागुनको निर्वाचनमा बाधा पर्ने भन्दै अहिले महाधिवेशनको बहस छाडेर चुनाव प्रचारप्रसारमा लाग्नुपर्ने सुझाव दिँदै आएका छन् ।

इतर समूहका नेता गुरुराज घिमिरे भने असन्तुष्ट पक्ष पुसमा हुने भनिएको महाधिवेशनका लागि तयार हुनेमा विश्वस्त देखिन्छन् । ‘आफूले भनेको भएन भने नोट अफ डिसेन्ट लेख्ने र पार्टीले गरेको निर्णय स्वीकार गर्ने हाम्रो अभ्यास नै हो । सोमबारको बैठकमा पनि सबैले सहमति नजनाउन पनि सक्नुहुन्छ । तर, उहाँहरूले पनि पार्टीको निर्णय स्वीकार्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ,’ घिमिरेले भने ।

०००

विशेष महाधिवेशनको प्रस्ताव यथावत्

कांग्रेस आफैँ २ धारमा भएर चुनावमा जाँदा त्यसको परिणाम राम्रो हुँदैन भन्ने निष्कर्षसहित दुवै पक्ष विवाद समाधान गर्न पनि पुसको महाधिवेशनका लागि सहमत भएका हुन् । यसका साथै सहज रूपमा नेतृत्व हस्तान्तरण गरी बिदाइ हुने चाहना राखेका देउवाले नै अहिलेको अवस्थामा २१ फागुनको आमनिर्वाचनअघि नै विशेषभन्दा पनि नियमित महाधिवेशन गर्न वातावरण तयार गर्न संस्थापन समूहलाई निर्देशनसमेत दिएका थिए । संस्थापन समूहकै केही नेताहरू निर्वाचनअघिको महाधिवेशनप्रति असन्तुष्ट देखिइरहँदा पुसमा महाधिवेशन हुन नसके के हुन्छ ? भन्ने प्रश्नमा गुरुराज घिमिरे स्वतः विशेष महाधिवेशनको प्रक्रिया सुरु हुने बताउँछन् ।

तर, पुसमा जसरी पनि नियमित महाधिवेशन हुने भएपछि विशेष महाधिवेशनको बहस नै समाप्त भएको संस्थापन पक्षको तर्क छ । आइतबार भएको छलफलमा पनि इतर समूहले विशेष महाधिवेशनको बहस छाड्नुपर्ने र संस्थापनबाट आएको नियमित महाधिवेशनलाई स्विकार्ने विषयमा सहमति भएको छ । ‘विशेष महाधिवेशन स्थगन गर्ने भन्ने सहमति भएको छ,’ नेता श्याम घिमिरेले भने । विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिने÷नलिने विषयमा भने कुनै सहमति भएको छैन । इतर समूहले पनि नियमित महाधिवेशन भए आफूहरू विशेषको मागबाट पछि हट्नेमा सहमति जनाए पनि विशेष महाधिवेशनको प्रस्ताव फिर्ता भने लिएको छैन । अहिलेका लागि विशेष महाधिवेशनका सन्दर्भमा हुँदै आएको सबै कुराको च्याप्टर क्लोज भइसकेको इतर समूहका नेता गुरुराज बताउँछन् । ‘हामीलाई त महाधिवेशन चाहिएको हो । चाहे त्यो नियमित होस् वा विशेष । अब सोमबारको बैठकबाट यो मिति पास हुनुपर्यो र पास भएपछि तोकिएकै मितिमा महाधिवशेन हुनुपर्यो,’ उनी भन्छन्, ‘होइन भने हाम्रो विशेष महाधिवेशनको प्रस्ताव छँदै छ ।’

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • १७ घण्टा अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • १८ घण्टा अगाडि
buddha-air

निर्वाचनको दिन आन्तरिक र वाह्य दुर्व हवाई...

  • १८ घण्टा अगाडि
sunil-thapa

रहेनन् वरिष्ठ अभिनेता सुनिल थापा, ६८ वर्षको...

  • ३ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved