Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री देउवालाई दबाब

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

नेपाली कांग्रेसका शीर्ष नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गरेका छन्। पार्टीको १४औं महाधिवेशनमा साझा उम्मेदवारी दिने भन्दै छलफलमा जुटेका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच सोमबार भएको भेटमा आफ्नो दल कांग्रेस, सरकार र सत्तारुढ गठबन्धनको विश्वसनीयतामै ह्रास आएको निष्कर्ष निकालेका हुन्।

निधि निवास बानेश्वरमा भएको तीन नेताहरूको भेटले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई भेटेरै तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन दबाब दिने निष्कर्ष पनि निकालेका छन्।

मन्त्रिपरिषद्लाई पूर्णता दिन निकै ढिला भइसकेको र त्यसले गर्दा विभिन्न आशंका उब्जन थालेको उनीहरूको बुझाइ छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन तत्काल सक्रियता देखाउनुपर्ने भन्दै उपसभापति निधिले यसले गठबन्धन र कांग्रेसलाई मात्र होइन, सिंगो मुलुकलाई नोक्सान हुने बताए।

सरकारले अहिलेसम्म पूर्णता पाउन निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा समेत असर पर्ने भन्दै मन्त्रिपरिषद् अहिलेसम्म पूर्णता नपाउँदा अबको चुनावमा गठबन्धनका योगदान र योग्यतामा प्रश्न उठ्ने भएकाले त्यसमा ध्यान दिनुपर्ने उनीहरूको निष्कर्ष छ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • २१ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • २१ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ३ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved