ओलीको प्रश्न : परमादेश दिने पाँचै न्यायाधीशले राजीनामा दिए हुन्न र ?

९ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् । एमालेको स्थानीय तह अधिवेशनको उद्घाटन गर्दै ओलीले भने, ‘परमादेश त पाँच जनाले गर्नुभएको थियो । एक जनासँग मात्र किन राजीनामा माग्नुहुन्छ ? पाँचै जनाले राजीनामा दिनु उपयुक्त होइन […]
देवचुली १३ मा राजेश रसाइलीको अध्यक्षतामा वार्ड कमिटी गठन

माधब सुवेदी । देबचुली देवचुली १३ मा राजेश रसाइलीको अध्यक्षतामा वार्ड कमिटी गठन गरिएको छ। कमिटीको उपाध्यक्षमा मिठु बिक , सचिवमा कृष्ण प्रसाद पौडेल , उप सचिवमा गोमा थापा चयन हुनुभएको छ । यसैगरी वडा अधिवेशनले ३१ सदस्यीय वडा कमिटि समेत गठन गरेको छ। देवचुली नगरपालिकामा १७ वडा मध्य १४ वडामा सर्व सम्मत साथै १३ […]
देवचुली ५ मा ठाकुर पोख्रेलको अध्यक्षतामा वार्ड कमिटी गठन

माधब सुवेदी । देबचुली देवचुली ५ मा ठाकुर पोख्रेलको अध्यक्षतामा वार्ड कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा धन बहादुर बिक , सचिवमा शुसिल चापागाईं , उप सचिवमा मसा सोमै र मिना नेपाली साथै बाँकी २६ समितिमा ३१ वडा कमिटीमा सर्वसम्मत चयन भएका छन । यसैगरी वडा अधिवेशनले ३१ सदस्यीय वडा कमिटि समेत गठन गरेको […]
एमालेमा फेरि विवाद चर्किँदै

नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा १० बुँदे सहमति कार्यान्वयन नभएपछि पुनः विवाद भएको छ । पार्टीभित्रको विवाद समाधान गरी पार्टीलाई एकताबद्ध बनाउन भएको १० बुँदे सहमति पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन नगरेपछि विवाद चर्किँदै गएको हो । गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन नभएपछि एमालेभित्रको विवाद चर्किएको हो । पार्टी बैठकको एजेन्डा […]
कांग्रेसको महाधिवेशन प्रभावित हुने संकेत

कार्यतालिका अनुसार तल्लो तहको अधिवेशन हुन नसक्दा सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको निर्धारित कार्यतालिका प्रभावित हुने सम्भावना बढेको छ । मंसिर ९ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने तयारी गरेको कांग्रेसको १३ वटा जिल्लामा वडा अधिवेशन पनि शुरू हुन सकेको छैन । तल्लो तहको अधिवेशन प्रारम्भ भएको ६४ जिल्लामध्ये १३ वटामा मात्र जिल्ला अधिवेशन सम्पन्न […]
प्रदेशसभा बैठक सार्न एमालेले पत्र पठाएकोमा विपक्षी दलहरू असन्तुष्ट

बागमती प्रदेशसभाको बैठक सार्न नेकपा एमालेले गरेको मागप्रति विपक्षी दलका नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् । विपक्षी गठबन्धनसहित प्रदेशका अन्य दलका नेताले नेकपा एमालेले अल्पमतमा परेको सरकारको आयु लम्ब्याउने खेलस्वरुप प्रदेशसभा बैठक सार्न खोजेको आरोप लगाएका हुन् । बागमती प्रदेशको प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक बुद्धिमान माझीले एमालेले प्रदेशसभाको बैठक सार्न प्रस्ताव गर्दै […]
मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री नर्भिकमा

नर्भिक अस्पतालमा उपचार गराइरहेका नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ को स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री बालकृष्ण खाण अस्पतालमा पुगेका छन् । मंगलबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल गएर खाणले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । अस्पतालमा वैद्यलाई भेटेर उनले सरकारको तर्फबाट स्वास्थ्यलाभको कामना गरेका छन् । लामो समयदेखि दम रोगबाट पीडित वैद्यको उपचारबारे […]
‘अर्ली इलेक्सन’ का लागि देउवामाथि दबाब

सत्तारुढ नेपाली काँग्रेसका शीर्ष नेताले अर्ली इलेक्सनका लागि प्रधानमन्त्रीमाथि दबाब बढाएका छन् । गठबन्धनको सरकार सञ्चालनको झमेलामा फस्नुभन्दा अर्ली इलेक्सनमा जान उपयुक्त हुने काँग्रेस नेताहरूको भनाइ छ । काँग्रेस नेताहरूले आन्तरिक छलफल मात्र नभई सार्वजनिक मञ्चबाटै अर्ली इलेक्सनको विकल्प नभएको टिप्पणी गर्न थालेका छन् । २०७४ को चुनावमा पराजित भएका काँग्रेसका अधिकांश शीर्ष नेताहरू […]
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन सम्बन्धी तालिका संशोधन

२ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको कार्यतालिका संशोधन गरेको छ । आज बसेको स्थायी कमिटीको बैठकले पार्टी सदस्यता नवीकरण, पालिका सम्मेलन, प्रदेश सम्मेलन लगायतको मिति संशोधन गरेको हो । पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान पत्रकारहरुलाई दिएको जानकारी अनुसार पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थप गरिएको छ । टोल सम्मेलन […]
देउवा व्यस्त हुँदा ओझेलमा काँग्रेस महाधिवेशन

नेपाली काँग्रेसले सत्ताको नेतृत्व लिएपछि काँग्रेसको १४ औं महाधिवेशन ओझेलमा परेको छ । सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पार्टी कामभन्दा सरकार र सत्ता गठबन्धनका बैठकमा व्यस्त हुँदै गएपछि काँग्रेसको निर्धारित महाधिवेशन ओझेलमा परेको खबर राजधानी दैनिकमा छापिएको छ । देउवाले सत्ताको किचलो र मन्त्रिपरिषद् विस्तारमा समय लागेपछि पार्टीका काममा समय दिन सकेका छैनन् । कहिले […]