नवनियुक्त मुख्यमन्त्री शाहीलाई मन्त्रिपरिषद् विस्तारमा सकस

कर्णालीका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मन्त्रिपरिषद् गठन गर्न सकस हुने देखिएको छ । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीको गठबन्धन सरकार बन्ने भए पनि कुन दलबाट कति मन्त्री बनाउने भन्नेबारे सहमति भइनसक्दा मुख्यमन्त्री शाहीले तिहारपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । मुख्यमन्त्री शाहीले गत मंगलबार पद तथा गोपनीयताका शपथ लिएका […]

आगामी निर्वाचनमा कांग्रेसले अवस्था हेरेर तालमेल गर्ने

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा बहस हुन थालेको छ । कांग्रेसभित्र विगतको निर्वाचनको अभ्यास र निर्वाचनमा बढेको असन्तुष्टिलाई हेरेर तालमेल गर्नेभन्दा नगर्ने विषयमा बहस बढ्दै गएको छ । कांग्रेसले २०७४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा धेरै स्थानमा अन्य दलसँग तालमेल गरी आफ्ना […]

चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छः माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश र न्यायालयमाथि एमाले अध्यक्ष केपी ओलीले नै हिलो छ्याप्ने काम गरेको आरोप लगाएका छन् । शुक्रबार बिहान नेपाल पत्रकार महासंघ गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले संविधान मिचेर गत पुस ५ र जेठ ७ मा ओलीले प्रतिनिधिसभा भंग गर्न गरेको दुस्साहसलाई पाँच जना न्यायाधीशहरूले रोकेर ऐतिहासिक फैसला […]

सहमहामन्त्री थप्ने देउवा-पौडेलको रणनीति

कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पार्टीको १४ औं महाधिवेशनमा आ–आफ्नो टिम व्यवस्थापन गर्न सहमहामन्त्री पद थप गर्ने रणनीतिमा पुगेका छन्। महाधिवेशन अझै निश्चित हुन नसके पनि दुवै नेता निकटहरूको व्यवस्थापनसहित नेतृत्व प्रतिस्पर्धा सहज बनाउन तीन सहमहामन्त्री थप गर्ने पक्षमा देखिएका हुन् । दुवै समूहका दोस्रो तहका नेताहरूले सभापतिमै प्रतिस्पर्धा गर्ने जनाउँदै तयारी […]

प्रधानन्यायाधीलाई महाअभियोग लगाउन तयार छैन सत्तापक्ष

प्रधानन्यायधीश चालेन्द्रशमशेर जबराले मन्त्रीमा आफ्नो कोटा माग गरेको विषयसँगै न्यायालयभित्रको विवाद उत्कर्षमा पुगेको छ । प्रधानन्यायाधीश जबराविरुद्ध सर्वोच्च अदालतका न्यायाधीशहरु, नेपाल बार एसोसियसन, कानुनविद्, कानुन व्यवसायी सबैले तत्काल जबराले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् । तर, जबरा स्वयं भने कसैले माग्दैमा राजीनामा नदिने अडानमा अडिक रहेका छन् । प्रधानन्यायधीशमाथि सर्वत्ररूपमा अहिले प्रश्न उठिरहेको छ […]

तीन पार्टीको महाधिवेशन मंसिरमा, एमाले र राप्रपाको जुध्यो

आगामी मंसिरमा तीन पार्टी नेपाली काँग्रेस नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन हुने भएको छ । आज मात्रै काँग्रेस र राप्रपाले महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेका छन् भने एमालेले यसअघि नै महाधिवेशनको मिति तय गरिसकेको छ ।   काँग्रेसले आगामी मंसिर २४ देखि २६ गतेसम्म महाधिवेशन गर्नेगरी बिहीबार संशोधित कार्यतालिका सार्वजनिक गरेको […]

कांग्रेस निर्वाचन समितिको प्रस्ताव : १४ औं महाधिवेशन २७ मंसिरदेखि

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले १४ औं महाधिवेशन मंसिर २७ देखि गर्ने प्रस्ताव गरेको छ । निर्वाचन समितिको बुधबार बसेको बैठकले रोकिएको वडा अधिवेशनहरु कात्तिक २७ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । प्रदेश अधिवेशन मंसिरको १६ र १७ गते गर्ने र केन्द्रीय महाधिवेशन २७ देखि २९ सम्म गर्न प्रस्ताव गरिएको छ […]

नेता रामचन्द्र धितालद्वारा एमाले गैँडाकोटको अध्यक्षमा उम्मेदवारी घोषणा

गैँडाकोट । नेकपा एमाले गैँडाकोटका नेता रामचन्द्र धितालले एमाले गैँडाकोटको नगरअधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । गैँडाकोटमा भोली ११ गते हुने प्रथम नगर अधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने उहाँले बताउनुभयो । विखण्डनका विरुद्ध बलियो जनाधार, स्थानीय तह, एमालेको आधार भन्ने मुख्य नारा बनाई उहाँले प्रचार प्रसारलाई तिव्रता समेत दिनुभएको छ । उत्पादन तथा […]

देउवाले भने – प्रधानन्यायाधीशलाई हामी महाभियोग लगाउने पक्षमा छैनौँ

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउने पक्षमा आफू र पार्टी नभएको बताएका छन्। पार्टीको १४ औं महाधिवेशनका विषयमा मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित पदाधिकारी र निर्वाचन समितिको बैठकमा देउवाले यस्तो बताएका हुन्। महाधिवेशन सम्बन्धी छलफल सकिएपछि उप–सभापति विमलेन्द्र निधिले प्रधान–न्यायाधीशका विषयमा उठेका प्रश्नमा दलहरूको मौनतामा चासो राखेका थिए। […]

समावेशी पार्टी बनाउँछौ : उपमहासचिव पौडेल

नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले एमालेले देशको विकास र समृद्धिका लागि काम गरिरहेको बताएका छन् । नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उपमहासचिव पौडेलले देशको विकास र समृद्धि हासिल गर्ने काममा नेकपा एमाले लागेको बताएका हुन् ।   उनले विगतको एमाले नेतृत्वको सरकारले राष्ट्रको स्वाभिमान उचो बनाउनुका साथै मुलुकको दिगो […]