Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

एमालेमा फेरि विवाद चर्किँदै

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा १० बुँदे सहमति कार्यान्वयन नभएपछि पुनः विवाद भएको छ । पार्टीभित्रको विवाद समाधान गरी पार्टीलाई एकताबद्ध बनाउन भएको १० बुँदे सहमति पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन नगरेपछि विवाद चर्किँदै गएको हो । गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन नभएपछि एमालेभित्रको विवाद चर्किएको हो । पार्टी बैठकको एजेन्डा समेत १० बुँदे सहमति नबनेको र सार्वजनिक कार्यक्रममै अध्यक्ष ओलीले सो सहमति ‘अर्थहीन’ भएको टिप्पणी गरेपछि पार्टीभित्र असन्तुष्टि बढेको छ ।

बिहीबार र शुक्रबार एमाले स्थायी कमिटीको बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसे पनि विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयन गर्नेबारे छलफलको एजेन्डा नै बन्न सकेन ।

बैठकमा विधान महाधिवेशनको समीक्षा, ६ कात्तिकमा देशैभरिको वडा अधिवेशन, ९ कात्तिकमा हुने पालिका अधिवेशन, पार्टीको १०औं महाधिवेशन, हालै भएको अविरल वर्षाका कारण भएको जनधनको क्षतिसहित समसामयिक विषयबारे छलफल हुने एजेन्डा रहेको थियो ।

तेस्रो धारका नेताले १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने माग गर्दै आएका छन् । एमालेभित्र विवाद चर्किएका बेला तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका स्थायी कमिटीका १० सदस्य सोही सहमतिको कार्यान्वयन गर्ने प्रतिबद्धता ओलीले गरेपछि एमालेमै फर्किएका थिए ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • १७ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • १७ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ३ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved