Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

तीन पार्टीको महाधिवेशन मंसिरमा, एमाले र राप्रपाको जुध्यो

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

आगामी मंसिरमा तीन पार्टी नेपाली काँग्रेस नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन हुने भएको छ । आज मात्रै काँग्रेस र राप्रपाले महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेका छन् भने एमालेले यसअघि नै महाधिवेशनको मिति तय गरिसकेको छ ।

 

काँग्रेसले आगामी मंसिर २४ देखि २६ गतेसम्म महाधिवेशन गर्नेगरी बिहीबार संशोधित कार्यतालिका सार्वजनिक गरेको छ । काँग्रेस निर्वाचन समितिले बिहीबार आगामी मंसिर २४ देखि २६ गतेसम्म १४ औं महाधिवेशन गर्नेगरी संशोधित कार्यतालिका सार्वजनिक गरेको हो ।

पार्टीका शीर्ष नेतासँगको छलफलपछि निर्वाचन समितिले कार्यतालिका ल्याएको हो । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिरभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन निर्देशन दिएका थिए । सोही अनुसार निर्वाचन समितिले नयाँ कार्यतालिका ल्याएको हो । यसअघि काँग्रेसले तीन पटक महाधिवेशन सारेको थियो । ​

काँग्रेसले २०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । कोरोना संक्रमण, क्रियाशील सदस्यता विवाद र अन्तर पार्टी समायोजन प्रक्रियामा कारण भदौ ७ देखि १० सम्मका लागि महाधिवेशन सारियो । तर, क्रियाशील सदस्यता विवाद र कोरोना महामारीलाई कारण देखाएर फेरि भदौ १६ देखि १९ सम्म गर्ने निर्णय भयो ।

क्रियाशील सदस्यताको विवाद सुल्झाउन नसकेपछि मंसिर ९ देखि १३ सम्म सारिएको थियो । उक्त मितिमा पनि महाधिवेशन हुन नसकेपछि काँग्रेसले नयाँ मिति तय गरेको हो । यसैगरी राप्रपाले पनि मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ । यो राप्रपाको एकताको महाधिवेशन हो ।

यसअघि पार्टीको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म गर्ने भनिएपनि तल्लो तहको अधिवेशन नै सम्पन्न हुन नसकेका कारण झण्डै दुई साता पर सार्ने निर्णय भएको हो । यसअघि पनि राप्रपाले पटक पटक महाधिवेशनको मिति सार्दै आएको थियो ।

बिहीबार पार्टीका त्रय अध्यक्षहरूको उपस्थितिमा बसेको पार्टीको केन्द्रीय बिशेष समितिको बैठकले महाधिवेशन मंसिर ११, १२ र १३ गते काठमाडौमा गर्ने निर्णय गरेको पार्टी केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्राले जानकारी दिए ।

बैठकले सक्रिय सदस्य बनाउने अवधि कार्तिक १५ गतेसम्म बढाउने निर्णय गरेको छ भने केन्द्रीय निर्वाचन समितिले कार्तिक २६ भित्र सक्रिय सदस्यहरुको नामावली जिल्लाहरुमा पठाउने गरी निर्णय भएको छ । यसैगरी सक्रिय सदस्यको दावी विरोध कार्तिक २७, २८ र २९ गते गर्ने तथा अन्तिम नामावली कार्तिक ३० गते प्रकाशन गर्ने निर्णय भएको भद्राले जानकारी दिए ।

यसैगरी जिल्ला अधिवेशन कार्तिक २३ भित्र तथा सातैवटै प्रदेशसभाबाट प्रदेश कार्य समितिको निर्वाचन कार्तिक २८ गते गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै एमालेले पनि मंसिर १० देखि १२ गतेसम्म चितवनमा १० औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । आजै बसेको एमालेको बैठकले महाधिवेशन प्रतिनिधिको विषय पनि टुङ्ग्याएको छ ।

निर्णयअनुसार महाधिवेशनमा १ हजार ५३६ जना प्रतिनिधिहरू सहभागी हुनेछन् । ललितपुरमा बसेको स्थायी कमिटी बैठकले १५३६ जना प्रतिनिधिहरू सहभागी गराउने निर्णय गरेको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनकाअनुसार हरेक निर्वाचन क्षेत्रबाट १५ सयजना पार्टी सदस्यबाट ३ जना प्रतिनिधि छनोट हुने छन् ।

भूगोल कमिटीहरूबाट कुल ११९६ जना प्रतिनिधि छानिने छन् । र, बाँकी गैर भूगोलबाट ३४० जना गरी कुल १५३६ प्रतिनिधि छानिने ज्ञवालीले जानकारी दिए । महाधिवेशनमा ५१ प्रतिशत समावेशी अनि ४९ प्रतिशत खुल्लाबाट प्रतिनिधित्व गर्ने र विधानत महिलाको प्रतिनिधित्व अनिवार्य गरिनुपर्ने निर्णय भएको ज्ञवालीले जानकारी दिए ।

दलहरुले सार्वजनिक गरेको महाधिवेशनको मितिअनुसार एमाले र राप्रपाको मिति जुध्न पुगेको छ । यसैबीच अर्को प्रमुख पार्टी माओवादी केन्द्रले पुसमा राष्ट्रिय भेला आह्वान गरेको छ । माओवादीले पुस १३, १४ र १५ गतेका लागि भेला तय गरेको हो। त्यसका लागि माओवादीले सांगठनिक लगायतका गतिविधिलाई तिव्रता दिएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • १७ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • १७ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ३ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved