Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छः माधव नेपाल

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश र न्यायालयमाथि एमाले अध्यक्ष केपी ओलीले नै हिलो छ्याप्ने काम गरेको आरोप लगाएका छन् । शुक्रबार बिहान नेपाल पत्रकार महासंघ गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले संविधान मिचेर गत पुस ५ र जेठ ७ मा ओलीले प्रतिनिधिसभा भंग गर्न गरेको दुस्साहसलाई पाँच जना न्यायाधीशहरूले रोकेर ऐतिहासिक फैसला गरेको बताए ।

उनले आगामी निर्वाचन पछि एमालेलाई टर्च बालेर खोज्नु पर्ने अवस्था आउने दावी समेत गरे । ‘हामीले गठन गरेको समाजवादीमा आकर्षण बढिरहेको छ,समाजवादी नै सच्चा कम्युनिस्ट भएको जनाको बुझाइ छ,’ उनले भने,‘हामीसँग सही विचार र देशलाई माया गर्ने संकल्प छ, अहिले समाजवादीलाई तथानाम भन्‍नेहरुलाई आगामी दिनमा टर्च बालेर खोज्ने दिन आउने छ ।’

अध्यक्ष नेपालले एमाले पार्टी अध्यक्ष केपी ओलीसँगै सति जाने थालेको आरोप समेत लगाए । एमाले अध्यक्ष केपी ओलीलाई कम्युनिष्ट पार्टी मन नपर्ने भएकोले उनले एकपक्षीय ढंगले पार्टीमा हैकम जमाएको बताए ।
उनले एकीकृत समाजवादी वास्तविक कम्युनिष्ट पार्टी भएको दाबी गर्दै आपूmले नेपालमा कम्युनिष्ट पार्टी निर्माणमा लामो समयदेखि संघर्ष गर्दै आएकाको दावी गरे । उनले तीनै तहको निर्वाचन एकै पटक गर्नु पर्ने बताए । तीनै तहको निर्वाचन एकै पटक गर्दा देशलाई आर्थिक भार कम हुने यो नै विकल्प उत्तम हुने उनको भनाइ थियो।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • १५ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • १५ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ३ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved