कास्की काँग्रेसले तोक्यो मतदानस्थल

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कास्कीमा हुने विभिन्न तहको अधिवेशनका लागि मतदानस्थल तोकिएको छ । सोमबार बसेको कास्की काँग्रेसका पदाधिकारी, क्षेत्र र प्रदेशसभाका सभापतिहरूसँगको संयुक्त बैठकले मतदानस्थल तोकिएको कास्कीका निर्वाचन अधिकृतका रामचन्द्र पौडेल बताए । उनका अनुसार मङ्सिर ६ गते हुने कास्की क्षेत्र नं १ को क्षेत्रीय अधिवेशनको मतदानका लागि तालचोकस्थित सुभम पार्टी प्यालेस, […]

महाधिवेशनको तयारीका लागि काँग्रेसले गर्‍यो ६ निर्णय

नेपाली काँग्रेसले १४ औं महाधिवेशन तयारीका सन्दर्भमा ६ वटा निर्णय गरेको छ । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन तयारीका लागि ६ वटा निर्णय गरेको हो । बैठकले काँग्रेस निर्वाचन समितिद्वारा कार्तिक ११ मा प्रकाशित संशोधित कार्यतालिका अनुमोदन गरेको छ । साथै बैठकले तत्कालीन फोरम लोकतान्त्रिकबाट आएका नेता कार्यकर्ताले […]

विवेकशील साझाका १२ नेताद्वारा पार्टी छोडेको घोषणा

गण्डकी प्रदेशका १२ जना नेताले विवेकशील साझा पार्टी छोडेको घोषणा गरेका छन् । आइतबार संयुक्त रुपमा विज्ञप्ती जारी गरेर उनीहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी छोडेको घोषणा गरेका हुन् । उनीहरूले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले एकलौटी रुपमा पार्टी चलाउन खोजेको आरोप लगाएका छन् । केन्द्रीय सदस्य दीपक पौडेल, युवा संगठनका केन्द्रीय सदस्य प्रकाश आचार्य, गण्डकी […]

काँग्रेसका परम्परागत गुट भत्किँदै

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा परम्परागत गुटभित्रै खटपट सुरु भएको छ । सभापति शेरबहादुर देउवाका अत्यन्त निकट मानिएका विमलेन्द्र निधिले केही महिनाअघि मात्र देउवाको साथ छोडेका थिए । संस्थापन इतर रामचन्द्र पौडेल समूहका प्रकाशमान सिंह पनि उक्त गुटबाट अघोषित रूपमा अलग भएका छन् । पौडेल समूहले सभापतिमा साझा उम्मेदवार घोषणा गर्ने तयारी गरेका […]

ईश्वर पोखरेल : शक्ति चिन्ने, चुनौती नलिने

२६ कात्तिक, काठमाडौं । असोजमा विधान महाधिवेशन गरेको नेकपा एमालेको मंसिर १०-१२ मा हुने १०औं राष्ट्रिय महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुँदैछ । तर अध्यक्षमा भने केपी शर्मा ओली नै दोहोरिने लगभग निश्चित जस्तै देखिएको छ । १० बुँदे सहमति गरी एमालेमै बसेका उपाध्यक्ष भीम रावल वा उपमहासचिव घनश्याम भूसालले अध्यक्षमा उम्मेदवारी दिने नदिने टुंगो लागिसकेको […]

प्रधानन्याधीश जबराको पक्षमा प्रदर्शन गर्न खोज्नेहरू पक्राउ

२३ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा प्रदर्शन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । न्यायापालिका बचाउन भन्दै नारावाजी गर्दै नेपाल बार परिसरमा प्रवेश गर्न खोजेका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तारा बरालगायत व्यक्तिहरू न्यायालय बचाऔ भन्दै नेपाल बार प्रवेश गर्न खोजेका थिए । उनीहरूले प्रधानन्यायाधीशको पक्षमा नारा लगाएका थिए । वकिल […]

राष्ट्रियसभा चुनावमा मिलेर जाने सहमति, प्रधानन्यायाधीशको विषय प्रवेश नै गरेन

२२ कात्तिक, काठमाडौं । सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलनको विषयले प्रवेश नै नपाएको नेताहरुले बताएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन् भने नेपाल बार एशोसिएसनले जबराको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेको छ । दलहरुको मौनताबारे प्रश्न […]

एमाले र माओवादी जुटे महाधिवेशनको तयारीमा

नेकपा एमाले र माओवादी केन्द्र क्रमशः महाधिवेशन र राष्ट्रिय सम्मेलन तयारीमा जुटेका छन् । प्रमुख विपक्षी दल एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा दसौँ महाधिवेशन गर्ने तयारी करिबकरिब पूरा गरिसकेको छ भने सत्तासाझेदार माओवादी केन्द्र पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने तयारीमा जुटेको छ। वडा र पालिकास्तरका सबै कमिटीमा नयाँ नेतृत्व चयन […]

प्रदेशको नामाकरण चाँडै टुंगो लाग्छः मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउने बताएका छन्। बिहीबार काठमाडौंमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मुख्यमन्त्री राईले प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउने बताएका हुन्। अघिल्लो सरकारले शुरू गरेका कामलाई पूरा गर्ने र बजेटलाई स्रोत खोजेर ठूलो बनाउने बताए। मुख्यमन्त्री राईले आफ्नो कार्यकालमा बजेटलाई सही ढंग र सही स्थानमा खर्च गर्ने […]

१०७ दिनदेखि सानेपामा रौतहटका कांग्रेस नेता-कार्यकर्ताको अनसन

२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा झण्डै चार महीनादेखि अनसन जारी छ । धाँधलीपूर्ण रुपमा क्रियाशील सदस्यता सूची केन्द्रमा पठाइएको भन्दै रौतहटका कांग्रेस नेता-कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसनमा बसेका हुन् । उनीहरु १०७ दिनदेखि अनसनमा छन् । रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र-१ मा क्रियाशील सदस्यता विवाद सुल्झिएको छैन । शनिबार तिहारका दिन […]