स्थानीय तह निर्वाचनको तयारी सुरु

सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । पाँच वर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५ मा सकिँदै छ । स्थानीय तहको निर्वाचनलाई लिएर आयोगले आन्तरिक तयारी सुरु गरि सकेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकार […]

आगामी निर्वाचनमा चितवनबाटै उठ्छु : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन्। चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको सोमबार अबेर उद्घाटन गर्दै उनले गत निर्वाचनमा आफूले चितवनका जनतासँग गरेको बाचा पूरा गर्दै आएको उल्लेख गरे । उनले आगामी […]

गण्डकीका आठ जिल्लामा आज काँग्रेस क्षेत्रीय अधिवेशन, कास्कीमा आजै मतदान

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज साेमबार गण्डकीका आठ जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सुरु हुँदैछ । गण्डकीका मनाङ, मुस्ताङ र गोरखामा यसअघि नै अधिवेशन सम्पन्न भइसकेकाे छ । कास्कीमा क्षेत्रीय अधिवेशनका लागि आइतबार नै मनोनयन दर्ता भइसकेकाले आज मतदान हुनेछ । अन्य जिल्लामा भने आज मनोनयन कार्यक्रम राखिएको छ । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा […]

मुख्यमन्त्री नेपालीले नवलपुर क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधीमा उम्मेदवारी दिने

कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले नवलपुर क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधीमा उम्मेदवारी दिने भएका छन । नेपाली कांग्रेस नवलपरासीको १९ वर्ष पार्टी सभापति र नेपाली कांग्रेसको १२ औं महधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेपाली गत जेठमा गण्डकी प्रदेशको मुख्यमन्त्री भएका थिए । तनहुँमा जन्मिएर नवलपरासीलाई कर्मथलो बनाएका नेपाली कांग्रेस वृतमा सादगी नेताका रुपमा […]

प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सम्मानित

देवचुली , देवचुलीको प्रगतिनगरमा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था सम्मानित भएको छ । खानेपानी तथा ढल ब्यबस्थापन बिभागले ५०औं स्थापना दिवस (स्वर्ण महोत्सब ) को अवसरमा यस संस्थालाई सम्मान गरेको हो। ‘बानेपानी खानेपानी तथा ढल यापन विभाग ३० औ पना दिवस ‘ मुलुकभर रहेका खानेपानी संस्थाहरु मध्ये बाट यस संस्थाले सुरक्षित खानेपानी आपूर्ति, […]

नेपाली काङ्ग्रेस महाधिवेशन : नवलपुर क्षेत्र नं १(ख) मा मतदान सम्पन्न

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नवलपुर क्षेत्र नं १ (ख) को मतदान सम्पन्न भएको छ। बिहान साढे आठ बजेबाट सुरुभएको मतदान दिउँसो २ बजे सकिएको हो। कुल ५ सय ६८ मतादाता रहेकोमा ५ सय ६२ जनाले मतदान गरेको सहायक निर्वाचन अधिकृत सुभाष भुसालले जानकारी दिनुभयो। भुसालका अनुसार करिव ४ बजेबाट मतगणना सुरु हुनेछ।  

चितवनमा महाधिवेशन राखेर प्रचण्डलाई सिध्याउन खोजेका हुन् : प्रचण्ड

४ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सिध्याउने उद्देश्यले नेकपा एमालेले चितवनमा महाधिवेशन कार्यक्रम राखेको टिप्पणी गरेका छन् । रौतहटमा शनिबार आयोजित कार्यक्रममा उनले आफूलाई सिध्याउने उद्देश्य राखे पनि जनताको अगाडि केही नलाग्ने धारणा राखे ।   ‘अब यहाँबाट म चितवन जाँदैछु, चितवनमा एउटा सानो पार्टीले पनि महाधिवेशन गरेको छ, […]

दबाबमा ओली : पदाधिकारी मिलाउन सकस

नेकपा एमालेमा अध्यक्ष बाहेकका पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ। एमाले विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुने व्यवस्था छ तर आकांक्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन गर्न नेतृत्वलाई कठिन भएको हो।   वर्तमान अध्यक्ष केपी ओलीले दसौँ महाधिवेशनबाट अध्यक्षमा आफू र अन्य पदाधिकारी पनि सर्वसम्मत गराउने चाहनाअनुसार तयारी अघि बढाएका छन्। तर वरिष्ठ उपाध्यक्ष,उपाध्यक्ष,महासचिव, […]

देउवालाई फेरि नेतृत्वमा दोहोरिन सहज होला ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औं महाधिवेशनबाट पुनः नेतृत्वमा दोहोरिने रणनीतिमा जुटेका छन्। संस्थापन इतर समूहका आधा दर्जन नेता नेतृत्वमा पुग्न प्रतिस्पर्धाको तयारीमा जुटेसँगै सभापतिमा दोहोरिन देउवालाई थप सहज हुने उनी पक्षका नेताको बुझाइ छ ।   संस्थापन पक्षबाटै उपसभापति विमलेन्द्र निधि र पूर्व उपसभापति गोपालमान श्रेष्ठले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। […]

महेश आचार्यले उपसभापतिमा उम्मेदवारी दिने

२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता महेश आचार्यले पार्टीको उपसभापतिमा उम्मेदवारी दिने भएका छन् । मंसिर २४–२६ सम्म हुने १४ औं महाधिवेशनमा आचार्यले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उपसभापतिको नेतृत्वमा हुने केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत् पार्टीमा वैचारिक बहस चलाउन आफूले उम्मेदवारी दिने तयारी गरेको नेता आचार्यले बताए । उनले अनलाइनखबरसँग […]