नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नवलपुर क्षेत्र नं १ (ख) को मतदान सम्पन्न भएको छ। बिहान साढे आठ बजेबाट सुरुभएको मतदान दिउँसो २ बजे सकिएको हो। कुल ५ सय ६८ मतादाता रहेकोमा ५ सय ६२ जनाले मतदान गरेको सहायक निर्वाचन अधिकृत सुभाष भुसालले जानकारी दिनुभयो। भुसालका अनुसार करिव ४ बजेबाट मतगणना सुरु हुनेछ।













