Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

मुख्यमन्त्री नेपालीले नवलपुर क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधीमा उम्मेदवारी दिने

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले नवलपुर क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधीमा उम्मेदवारी दिने भएका छन । नेपाली कांग्रेस नवलपरासीको १९ वर्ष पार्टी सभापति र नेपाली कांग्रेसको १२ औं महधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेपाली गत जेठमा गण्डकी प्रदेशको मुख्यमन्त्री भएका थिए ।

तनहुँमा जन्मिएर नवलपरासीलाई कर्मथलो बनाएका नेपाली कांग्रेस वृतमा सादगी नेताका रुपमा चिनिन्छन । बि.स २०२२ बाट नेपाली राजनीतिमा होमिएका नेपाली उनका पिता प्रजातन्त्र सेनानी गोवर्द्धन शर्माको प्रेरणाबाट नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय भएका हुन ।

उनका पिता गोवर्द्धन शर्मा तनहुँको कांग्रेस राजनीतिमा सक्रिय थिए। शर्मा प्रजातन्त्रका सेनानी तथा कांग्रेसका केन्द्रीय सदस्य समेत भए। नेपाली शर्माका माहिला छोरा हुन्। पोखरेल परिवार तनहुँबाट बसाइँसराइ गरी पूर्वी नवलपरासीमा आएको थियो।

उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन् ।

२०४८ सालदेखि निरन्तर १९ वर्ष नवलपरासी कांग्रेसको सभापति बनेका उनि नेपाली कांग्रेसको १२औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

प्रजातन्त्र बहालीका लागि उनले पटक–पटक जेल जीवन बिताए। काभ्रे र तनहुँमा पोखरेल शिक्षक भएर काम पनि गरेका थिए। विद्यालय तहमा उनले राजनीतिशास्त्र, भूगोल र इतिहास पढाए। शिक्षक भई राजनीतिमा सक्रिय भएको आरोपमा तत्कालीन शासकले उनको शिक्षक पेसा खोस्यो। २०२९ देखि २०३६ सम्म उनले अध्यापन गरेका थिए। उनी कानुनी सेवामा समेत आबद्ध भएका थिए।

निर्वाचन बहिष्कार गर्ने क्रममा २०३७ साल र पहिलो जनआन्दोलनमा २०४६ र दोस्रो जन आन्दोलन ०६२/६३ मा उनी जेल चलान गरिए।

२०७० सालको प्रतिनिधिसभा चुनावमा नवलपरासी क्षेत्र नं. ३ बाट चुनाव लडेका उनी २ सय २५ मतले पराजित भए । २०७४ सालको प्रदेश सभा निर्वाचनमा एमाले–माओवादी गठवन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गर्दै नेपाली नवलपुर १ “क” बाट गण्डकी प्रदेशसभामा निर्वाचित बनेका थिए ।

मुख्यमन्त्री नेपालीले नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • १२ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • १२ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ३ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved