देवचुली ,
देवचुलीको प्रगतिनगरमा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था सम्मानित भएको छ ।


खानेपानी तथा ढल ब्यबस्थापन बिभागले ५०औं स्थापना दिवस (स्वर्ण महोत्सब ) को अवसरमा यस संस्थालाई सम्मान गरेको हो।



‘बानेपानी खानेपानी तथा ढल यापन विभाग ३० औ पना दिवस ‘

मुलुकभर रहेका खानेपानी संस्थाहरु मध्ये बाट यस संस्थाले सुरक्षित खानेपानी आपूर्ति, उपभोक्ता हित एवम सस्थाको कार्य प्रगति तथा स्तरवृद्धिको क्षेत्रमा उत्कृस्ट कार्य गरे बापत संस्थालाई सम्मान गरिएको हो ।
यस प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) को सदस्य समेत रहेकॊ फेडवासनका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले बताएका छन्।








