कांग्रेस अब पनि नसुध्रिए समाप्त हुन्छ : गगन थापा

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले कांग्रेस नसुध्रिए समाप्त भएर जाने बताएका हुन् । उनले पार्टी सकिए आफ्नो र पार्टीका नौ लाख कार्यकर्ताहरुको भविष्य पनि समाप्त हुने बताए ।   नेता थापाले नौ […]

कोइरालामा आउला कांग्रेस नेतृत्व?

हाम्रो मुलुक अयोग्य शासनले गर्दा अराजकता र अशान्तितिर ढल्किन लागेको छ। अब एउटा दरिलो, खँदिलो र बलियो सरकारले मात्र मुलुकलाई यस घातक स्थितिबाट जोगाउन सक्छ। यसैअनुसार प्रधानमन्त्रीज्यूलाई मन्त्रिमण्डलमा अहिले भएको संस्थाका सातजना मात्र सहयोगी राख्ने सल्लाह दिँदा उहाँहरूको नामावली पनि दिइयो तर त्यो सल्लाह प्रमज्यूले मान्नुभएन। त्यसपछि पनि कार्यकारिणीद्वारा दिइएको त्यससम्बन्धी सल्लाह प्रमज्यूले नमान्नुभएकाले अब […]

काँग्रेस महाधिवेशनमा २ सय ९३ वटा बुथबाट मतदान हुने

नेपाली काँग्रेसले १४ औं महाधिवेशनको मतदानका लागि २ सय ९३ वटा मतदान बुथ राख्ने भएको छ । १४ औं महाधिवेशन प्रचार प्रसार समितिका संयोजक विश्वप्रकाश शर्माले २ सय ९३ वटा मतदान बुथ र १ हजार वटा मतपत्र खसाल्ने बक्स हुने जानकारी दिए । यही मंसिर २४–२७ मा हुन लागेको महाधिवेशनको बन्दसत्र सकिएपछि निर्वाचन प्रक्रिया सुरु […]

एमालेकै बाटोमा माओवादी

नेकपा माओवादी केन्द्र पनि आउँदो राष्ट्रिय महाधिवेशनपछि बहुपदीय संरचनामा जाने भएको छ। साउन ३१ गते पास गरेको विधानअनुसार माओवादी केन्द्र माथिदेखि तलसम्मका सबै तहमा बहुपदीय संरचनामा जाने भएको हो। माओवादी केन्द्र वडा र गाउँपालिकामा सोही विधानअनुसार बहुपदीय संरचनामा गएको छ भने आउँदो मंसिर २५ गते हुने प्रदेशस्तरीय सम्मेलनबाट सो तहमा पनि बहुपद लागु गर्ने भएको […]

कांग्रेस नवलपुरका सभापति लामिछाने प्रदेश महामन्त्रीमा निर्वाचित

नवलपुर । नेपाली कांग्रेसको आसन्न १४ र्औ महधिवेशन अन्तर्गत शनिबार सम्पन्न गण्डकी प्रदेश अधिवेशनबाट नेपाली कांग्रेस नवलपुरका सभापति एवं गण्डकी प्रदेश विधायन समितिका सभापति विष्णुप्रसाद लामिछाने प्रदेश महामन्त्रीमा निर्वाचित भएका छन । नेपाली कांग्रेसको विधानले व्यवस्था गरे बमोजिम दुई जना प्रदेश महामन्त्रीमा लामिछाने सहित किरणबाबु श्रेष्ठ निर्वातिच भएका हुन । २ वटा महामन्त्री पदको लागी […]

र्‍यालीमा राजेन्द्र लिङ्देनसँगै देखिए बिक्रम पाण्डे

१७ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवेशनमा उपाध्यक्षका उम्मेदवार बिक्रम पाण्डे अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनको जुलुसमा सहभागी भएका छन् । राप्रपाको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी दिएका छन् । नेता पाण्डेलाई दुबै पक्षले आफ्नो प्यानलको उपाध्यक्षको उम्मेदवार भन्दै आएका छन् । तर शुक्रबार दिउँसो उनी लिङ्देनको […]

नजिकिए देउवा–सिटौला

नेपाली कांग्रेसको १३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट विद्रोह गर्दै महामन्त्री कृष्णप्रसाद सिटौला सभापतिको प्रत्याशी बने। सिटौलाको विद्रोहले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेल पार्टी नेतृत्वमा पुग्न पाएनन्। दोस्रो चरणमा भएको निर्वाचनमा सिटौलाको समर्थन शेरबहादुर देउवालाई हुन पुग्यो। सिटौलाको समर्थनमा देउवा पार्टीको मूल नेतृत्वमा मात्र पुगेनन्, २०५३ सालपछि कांग्रेस नेतृत्व कोइराला परिवारबाट बाहिर गयो।   सिटौलाको साथ […]

गण्डकी काँग्रेस : सभापतिका उम्मेदवारले ९१ हजार शुल्क तिर्नुपर्ने

गण्डकी प्रदेशमा नेपाली कांग्रेसको प्रदेशका पदाधिकारीमा उम्मेदवारी दिनेले चर्को शुल्क तिर्नुपर्ने भएको छ । निर्वाचन समितिले उमेदवारको चर्को शुल्क तोकेर उम्मेदवार बन्न चाहनेलाई रोकेको भन्दै नेता कार्यकर्ताले आलोचना समेत गरेका छन् । प्रदेशमा सभापति पदमा उम्मेदवारी दिन चाहने ९१ हजार शुल्क बुझाउनुपर्नेछ । काँग्रेसको केन्द्रले सभापतिको उम्मेदवारका लागि ३० हजार शुल्क तोकेको भएपनि गण्डकीमा भने […]

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपतिले मंसिर २८ गतेका लागि अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मंसिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान भएको हो । राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम […]

कांग्रेस महाधिवेशनमा २९ वटा मतपत्र, तीन ठाउँमा मतदान केन्द्र

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्व छान्न २९ वटा मतपत्र प्रयोग हुने भएको छ । यो जानकारी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिएका हुन् । केन्द्रीय प्रतिनिधिहरूले २९ वटा मतपत्रमा संकेत चिह्न प्रयोग गरी भोट खसाल्नु पर्ने भएकाले एक जना मतदातालाई करिब ४५ मिनेटदेखि एक घण्टा समय लाग्नसक्ने अनुमान छ । […]