Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

कथा सुनाउँदै प्रचण्डले भने– अब भेडा नहुने !

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शनिबार अपराह्न ललितपुरस्थित होटल हिमालयमा सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी बने । सो कार्यक्रममा उनले सिंह र भेडाको कथा सुनाए ।

 

आफ्नो पार्टी शान्ति प्रक्रियापछि सत्तामा आएपछि थोरै बिग्रिएजस्तो देखिन थालेको भन्दै अब राष्ट्रिय सम्मेलनबाट पार्टी रूपान्तरित हुने प्रचण्डले बताए । अब नेताहरू जनताको बीचमा जाने र जनतामा घुलमिल हुने उनले बताए ।

माओवादी पार्टीमा देखा पर्न थालेको विचलनलाई प्रचण्डले ‘भेडा र सिंह’ एउटा रोचक कथा हालेर प्रस्ट्याउने प्रयास गरे । आफूहरू सिंहजस्तै भएता पनि भेडाको सङ्गतमा परेर भेडाजस्तै देखिन थालेको बताउँदै प्रचण्डले भने, ‘हामी पनि अलिअलि भेडा भइयो कि जस्तो लागेको छ, अब भेडा नहुने !’

राष्ट्रिय सम्मेलनको तयारीबारे जानकारी दिन आयोजना गरिएको पत्रकारसँगको अन्तरक्रियामा प्रचण्डले भेडाको कथा सुनाएका हुन् । ‘पत्रकार साथीहरू हामी अलि फरकै चिज हौँ हुन त । मैले एउटा कथा भनेको तपाईंहरूले सुन्नुभयो होला, भेडा र सिंहको,’ यति भनिसकेपछि प्रचण्डले भेडा र सिंहको कथा यसरी सुनाए–

‘सिंहको सानो बच्चा शिकार खेल्न आमासँग जाँदै गर्दा छुट्यो । सानो थियो, त्यो भेडाको बथानमा पस्यो । सानो भएको हुनाले भेडाहरू पनि त्योसँग डराउने कुरा पनि भएन । आफ्नो बथानसँगै त्यसलाई पनि लिएरै गए ।

आजभोलि गर्दै केही वर्षपछि त्यो सिंह गर्जिनुपर्ने बेला आउन थाल्यो । तर, गर्जिनुपर्ने बेलामा त्यसले पनि भ्या भ्या गर्न थाल्यो । अनि अरू भेडाहरूजस्तै बिस्तारै त्यसले (सिंहले) पनि घाँस खान थाल्यो । घाँस खान्छ, भ्या भ्या गर्छ । शरीर त सिंहको जस्तै बढेर आयो । सिंह त फेरि सिंहै हो ।

एकदिन शिकार गर्न आएको सिंहले भेडाको बथानलाई एट्याक गर्न जाँदा सिंह देख्छ त्यहाँ आफूजत्रै । तर, ऊ थर्थर काम्दै भ्या भ्या गर्दै भेडासँग दौडिइराखेको छ । अनौठो लागेछ अर्को रियल शिकारीवाला सिंहलाई । त्यसैले उसले भेडा समात्न छाडेर त्यो सिंह समात्यो क्या !

के भएको तँलाई ? तँ त सिंह छस्, तर भेडाजस्तै थर्थर कामेर भागिराखेको छस् भ्या भ्या गर्दै ।

उसले भ्या भ्या गरिराखेछ । त्यसपछि समातेर लगेर इनारमा टाउको देखाउँदै भनेछ, हेर् त, तँ त सिंह होस् नि, कहाँको भ्या भ्या गरेको ?

एकछिन (इनारमा) हेरेपछि अनि जंगलै थर्किने गरी गर्जिन्छ र त्यसपछि ऊ सिंह बन्छ ।

‘बाइ द वे’ यो प्रसङ्ग पुरै मिल्छ भन्ने त मेरो दाबी होइन, कता कता भेडा भेडासँग हिँड्दा हामी पनि अलिअलि भेडा भइयो कि जस्तो लागेको छ । अब भेडा नहुने !

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • ४ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • ४ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • २ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved