अध्यक्षमा निर्वाचित भएपछि प्रचण्डले भने– फेरि मेरो काँधमा निकै ठुलो भारी आएको छ

नेकपा माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि आफ्नो काँधमा निकै ठुलो भारी आएको महसुस भइरहेको बताएका छन् । अध्यक्षमा निर्वाचित भएपछि केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई अध्यक्षमा प्रस्ताव गर्ने, समर्थन गर्ने र सर्वसम्मत स्वीकार गर्ने केन्द्रीय कमिटी सदस्यलाई धन्यवादसमेत दिए ।   उनले आफू लामो समय पार्टी नेतृत्वमा रहेको र […]

प्रगतिनगर खानेपानी संस्थाको मतदान जारी

देवुचली, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको मतदान सुरु भएको छ । आठौँ अधिवेशन अन्तर्गत संस्थाको नयाँ नेतृत्व चयनका लागि सोमबार बिहान ८ बजे देखि दलदलेको साहारा पार्टी प्यालेसमा मतदान सुरु भएको हो । खानेपानी संस्थाको अध्यक्ष पदका लागि नेकपा एमाले तर्फबाट वर्तमान अध्यक्ष खिमानन्द भुसाल र नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी […]

लिम्पियाधुरासहितको नक्सा पाठ्यक्रममा समेट्न माओवादीको माग

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमि समेटिएको नेपालको नक्सा विद्यालयको पाठ्यक्रममा समावेश गर्न सरकार समक्ष माग गरेको छ । आइतबार महाधिवेशनको राजनीतिक प्रस्ताव पारित गर्दै माओवादीले सीमा क्षेत्रमा देखिएको समस्यालाई छिटो सम्बोधन गर्न सरकारसँग माग गरेको छ । ‘कालापानी र लिम्पियाधुरा लिपुलेकसहित नेपालको भूमि रक्षाका सधैँ संघर्षरत रहने प्रण […]

केन्द्रीय समितिमा ३३ प्रतिशत महिला पुर्‍याउन देउवालाई सकस

नेपाली काँग्रेसको १ सय ६८ सदस्यीय केन्द्रीय कार्यसमितिमा महिलाको संख्या ३३ प्रतिशत पुर्‍याउन ५५ जना महिला हुनुपर्छ । शनिबार मनोनितमा परेका दुईसमेत गरेर अहिले महिलाको संख्या ४३ पुगेको छ ।   अब मनोनित गर्न २३ जना बाँकी छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले कार्यसमितिमा ३३ प्रतिशत महिला पुर्याउन अब १२ जना महिला मनोनित गर्नुपर्नेछ । […]

देशका निम्ति काम गर्ने प्रण गरेका छौँ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशका निम्ति इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तनहुँको भानु नगरपालिका–३ स्थित बौद्ध हिमाल तामाङ गुम्बाले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टी गठनसँगै युवा, महिला, आदिवासी, जनजाति उत्साहित भएको बताए ।   “इमान्दारिता र जनताप्रति समर्पणको भावनाबाट ओतप्रोत भएको पार्टी जन्मिदा सबै […]

सहमति नभए लोकतान्त्रिक अभ्यास कुण्ठित गर्दैनौं : प्रचण्ड

१७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति र पदाधिकारी चयनमा सहमति नभए निर्वाचनमा जाने बताएका छन् । शनिबार महाधिवेशन बन्दसत्रमा सम्बोधन गर्दै उनले सहमतिका लागि कोशिस गर्ने तर सहमति नभएमा लोकतान्त्रिक अभ्यास कुण्ठित नगर्ने बताएका हुन् ।   ‘सबैको कोशिस सहमति होस् भन्ने नै हो । तर, लोकतान्त्रिक अभ्यास […]

विधानलाई अन्तिम रुप दिन माओवादी स्थायी कमिटी बैठक

संशोधित विधानलाई अन्तिमा रुप दिन माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा आजको बन्दसत्र सकिएलगत्तै स्थायी कमिटी बैठक सुरु भएको हो । बैठकमा संशोधित विधानलाई अन्तिम रुप दिनेबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।   ‘महाधिवेशनमा विधान संशोधनबारे आएका सुझावहरूलाई समेत कसरी समेट्न सकिन्छ भनेर स्थायी कमिटीमा छलफल […]

मुख्यमन्त्रीको तमु ल्होसार शुभकामना: परम्पराका लागि गुरुङ संस्कृृति उदाहरणीय

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बहुधार्मिक, बहुभाषिक, बहुजातीय र बहुसाँस्कृतिक विविधतायुक्त हाम्रो मुलुकको सबैभन्दा सुन्दर पक्ष सर्वस्वीकार्य र सहअस्तित्व रहेको बताएका छन् । गुरुङ समुदायको नयाँ वर्ष एवं सबैभन्दा ठूलो पर्व तमु ल्होसारका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले विविध समुदायले बनाउने पर्वहरुले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको डोरीलाई थप […]

अब जिल्ला र उच्च अदालतमा पनि गोला प्रक्रियाबाट पेशी तोकिने

सर्वोच्च अदालतपछि अब जिल्ला र उच्च अदालतमा पनि गोला प्रक्रियाबाट पेशी तोक्न बाटो खुलेको छ । बुधबार पेशी व्यवस्थापनसम्बन्धी निर्देशिका फुलकोर्टबाट पारित भएसँगै जिल्ला र उच्च अदालतमा गोला प्रक्रियाबाट पेशी तोक्ने बाटो खुलेको हो ।   यसअघिको फुलकोर्ट बैठकले पेशी तोक्नका लागि नियमावली बनाउन सर्वोच्च प्रशासनलाई निर्देशन दिएको थियो भने अदालतले आवश्यक तयारी गरेर फुलकोर्टमा […]

कार्यकारी पदमा दुई कार्यकाल मात्र

१४ पुस, काठमाडौं । साढे तीन दशकदेखि पार्टीको नेतृत्वमा रहेका पुष्पकमल दाहाल प्रचण्डलाई निर्विकल्प अध्यक्षमा रुपमा प्रस्तुत गरिररहेको नेकपा माओवादी केन्द्रले कार्यकारी पदमा दुई कार्यकालको सीमा तोक्नुपर्ने माग भएको छ । काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनमा प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि भएको समूहगत छलफलमा दुई कार्यकालको सीमा र उमेर हदको माग उठेको छ । बुधबार […]