प्रचण्डको दस्तावेज तयार, स्थायी कमिटी बैठक बोलाइयो

राष्ट्रिय सम्मेलनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले सम्मेलनमा पेश गर्ने दस्तावेजमाथि छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । पुस ११ गतेबाट सुरु हुने सम्मेलनमा अध्यक्ष प्रचण्डले पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्ने दस्तावेज पेश गर्ने बताउँदै आएका छन् । त्यसका लागि उनले झण्डै १५ दिन लगाएर दस्तावेज लेखनको काम बिहीबार सकेका हुन् । सोही दस्तावेज स्थायी […]
प्रदेश २ को नाम मधेस राख्न माओवादी, जसपा र लोसपा एकमत

८ पुस, जनकपुरधाम । प्रदेश २ को नाम मधेस राख्न सत्तारुढ जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रस्ताव गरेका छन् । बिहीबारको प्रदेशसभा बैठकमा जसपाका नेता शैलेन्द्रकुमार यादव, नेकपा माओवादी केन्द्रका सांसद भरत साहले मधेस नाम प्रस्ताव गरेका छन् । विपक्षी दल लोसपाका सांसद रानी कुमारी तिवारीले पनि […]
मेलम्ची खानेपानी आयोजना मर्मत फास्ट ट्र्याकबाट

मेलम्ची खानेपानी आयोजना मर्मतको काम फास्ट ट्र्याकबाट अगाडि बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता भएको छ । मेलम्ची आयोजना मर्मत चाँडो सम्पन्न गरेर उपत्यकाबासीलाई खानेपानी उपलब्ध गराउन फास्ट ट्र्याकबाट मर्मतको काम अगाडि बढाउन सो प्रस्ताव पेश भएको हो । खानेपानी मन्त्रालयले आगामी चैतभित्र मेलम्चीको पानी उपत्यकामा आउने दाबी गरे पनि हालसम्म सुधारका काम बढाउन नसक्दा तोकिएको […]
ओली देश दौडाहामा

दसौं महाधिवेशनपछि एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश गराउने बहानामा देश दौडाहामा लागेका छन्। दुई दिनअघि कपिलवस्तु पुगेका एमाले अध्यक्ष ओली दुई दिनपछि वीरगन्ज जाँदैछन्। पार्टीमा नेताभन्दा पनि कार्यकर्ता प्रवेश गराएर संगठन मजबुत बनाउने अभियानमा लागेको एमालेले देशभर नै पार्टी प्रवेशको कार्यक्रम बनाउन थालेको छ। ‘एमालेमा आउनेको लहर चलेको छ। अध्यक्ष कमरेड भोली […]
काँग्रेस महाधिवेशन : गण्डकीमा देउवा प्यानलको बर्चस्व

गण्डकी प्रदेशबाट नेपाली काँग्रेसमा संस्थापन पक्षको बहुमत देखिएको छ । काँग्रेसको १४ औं महाधिवेशनमा गण्डकी प्रदेशमा सभापति शेरबहादुर देउवा (संस्थापन) पक्षका धेरै उमेदवारहरू विजयी भएका हुन् । पदाधिकारीमा भने शेखर कोइराला पक्षबाट उमेदवार बनेका धनराज गुरुङ केन्द्रीय उपसभापतिमा निर्वाचित भएका छन् । त्यसैगरी सहमहामन्त्रीमा पनि कोइराला निकट जीवन परियार निर्वाचित भएका छन् । मुख्यमन्त्री […]
काँग्रेस प्रदेश २ अधिवेशन : दुई प्यानलमा को-कोबीच हुँदैछ भिडन्त ?

नेपाली काँग्रेस प्रदेश २ अधिवेशनमा कृष्ण यादव र रामसरोज यादव प्यानलै बनाएर चुनावी मैदानमा उत्रेका छन् । कृष्णले काँग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट प्रदेश सभापतिमा मनोनयन दर्ता गराएका छन् भने रामसरोजलाई नेता विमलेन्द्र निधि र शेखर कोइराला समूहको साथ छ । कृष्ण प्यानलबाट उपसभापतिमा चन्द्रशेखर यादव र विरेन्द्र सिंह उम्मेदवार भएका छन् । यस्तै महामन्त्रीमा […]
बागमतीमा देउवा पक्षका २ र सिंह पक्षका १ जना केन्द्रीय सदस्यमा विजयी

नेपाली काँग्रेस बागमती प्रदेशतर्फको केन्द्रीय सदस्यमा तीन जना विजयी भएका छन् । मंगलबार सम्पन्न मतगणना अनुसार बागमती प्रदेशतर्फको केन्द्रीय सदस्यमा ध्यानगोविन्द रञ्जित, राजन केसी, उर्मिला नेपाल (केसी) विजयी भएका हुन् । रञ्जितले २४१९ मत ल्याएका छन् भने केसीले २१२९ मत ल्याएका छन् । प्रदेशको महिलातर्फकी उम्मेदवार नेपालले १६७० मत ल्याएकी छन् । रञ्जित र नेपाल […]
भत्कियो प्यानलको पर्खाल

कांग्रेस सभापतिमा महाधिवेशन प्रतिनिधिले ‘प्यानल’ रोजे। तर, त्यसपछिका उपसभापति र महामन्त्री पदमा भने ‘व्यक्तित्व’ रोजेका छन्। यी पदमा फरक–फरक प्यानलबाट उठेका उम्मेदवार निर्वाचित भएका छन्। महामन्त्रीमा बिहीबार गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी बनेका हुन्। थापा डा। शेखरप्रसाद कोइराला र शर्मा प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार बनेका थिए। सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भए पनि महामन्त्रीमा […]
धमाधम राजीनामा दिँदै शिक्षक

सक्रिय राजनीतिमा लागेका सामुदायिक विद्यालयका शिक्षकहरूले धमाधम राजीनामा दिन थालेका छन् । निर्वाचन आयोग तथा सर्वोच्च र पाटन उच्च अदालतको आदेश, शिक्षा निकायको निर्देशन एवं सर्वसाधारणबाट समेत विरोधका कारण सक्रिय राजनीति नै छनोट गर्ने शिक्षकहरूमा नैतिक दबाब बढेको हो । फलतः पछिल्लो दुई सातामा साढे तीन सयभन्दा बढी शिक्षकले राजीनामा दिएका छन् । धेरैजसो शिक्षकको […]
देउवा कुर्सीमा बसेर र शेखर उभिएरै मत माग्दै

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणको मतदान भइरहेको छ । मंगलबार राष्ट्रिय सभागृहमा मतदान चलिरहँदा सभापति पदका दुबै प्रत्यासी शेरबहादुर देउवा र शेखर कोइराला मतदातासँग मत माग्न व्यस्त छन् । मतदानस्थलबाहिर दुबै समूह महाधिवेशन प्रतिनिधिसग मत मागिरहेका छन् । मतदाताको लाइननजिकै शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र […]