Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

एमसीसीबारे पुस १७ पछि निर्णय हुने, एमालेले संसद् अवरुद्ध पारिरहे अझै पर धकेलिने

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

राष्ट्रिय बहसको विषय बनेको अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे पुस १७ गते सकारात्मक समाधान आउने सत्ता गठबन्धनका नेता प्रचण्डले बताएका छन् । तर, एमालेले संसद अवरुद्ध पारिरहे एमसीसी प्रकरण अझै केही समय पछि धकेलिने उनले बताएका छन् । सत्तारुढ गठबन्धनका नेता एवं माओवादीका अध्यक्ष प्रचण्डले तीन सदस्यीय कार्यदलको बैठक पुस १७ गते बस्ने र त्यसले सकारात्मक समाधान निकाल्ने आशा व्यक्त गरेका हुन् ।

 

राजधानीमा शनिबार पत्रकारसँगको अन्तरक्रियामा प्रचण्डले भने, ‘फेरि एकचोटि सबै डकुमेन्ट हेरौं, कहाँ–कहाँ हो त करेक्सन नगरी नहुने, त्यो पत्ता लगाऔं भनेर कमरेड नारायणकाजी श्रेष्ठ, कमरेड झलनाथ खनाल र माननीय मन्त्री ज्ञानेन्द्रबहादुर कार्की तीनजनाको कार्यदल हामीले बनाएका छौं । उहाँहरु एकचोटि बसिसक्नुभो । डकुमेन्ट संकलन गर्दै हुनुहुन्छ । फेरि १७ गते बैठक बस्दै हुनुहुन्छ । त्यहाँबाट आउँछ ।’

प्रचण्डले अगाडि भने, ‘त्यो कुराको समाधान सकारात्मक होस् भन्ने हाम्रो चाहना छ । नकारात्मक होस् भन्ने त होइन । तर, क्लियर त हुनपर्यो । जनतामा पनि भरोसा हुनपर्यो ठीकै छ भन्ने । त्यो नआइकन जबरजस्ती गर्नहुँदैन भन्ने हो हाम्रो ।’

एमालेले संसद अवरुद्ध पारिरहेको सन्दर्भ कोट्याउँदै प्रचण्डले यो विषय अझै केही समय पछि पनि सर्न सक्ने बताए । उनले भने, ‘हामीलाई एमसीसीको बारेमा फाइनलमा पुग्न अझै केही समय लाग्न सक्छ । किनभने, प्रमुख प्रतिपक्षले सदन अवरोध गर्दा पनि गाह्रो छ टेक्निकल रुपमा । त्यहाँ पनि म्यानेज गर्नुपर्ने छ ।’

तर, एमसीसीकै कारण गठबन्धन टुटाउन खोज्ने विपक्षीको रणनीति भने सफल नहुने प्रचण्डको दाबी छ । उनले भने, मैले प्रधानमन्त्री शेरबहादुरजीसँग धेरैपटक धेरै कुरा गरेको छु । उहाँको छिटो पास होस् भन्ने त छ नै, तर यहाँ गठबन्धनमा भनेको जस्तो भएन, ढीलो भयो भनेर उहाँ हतारमा अन्ततिर जानुहुन्छ भन्नेचाहिँ म कहीँ कतै देख्दिनँ । त्यसले मुलुकलाई, न काँग्रेसलाई फाइदा पनि हुँदैन । त्यसकारण यसमा नेपाली काँग्रेसले दायाँ–वायाँ गर्ने स्थिति हुन्छ भन्ने मलाई लाग्दैन ।’

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • ४ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • ४ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • २ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved