काँग्रेस महाधिवेशन : गण्डकीमा देउवा प्यानलको बर्चस्व

गण्डकी प्रदेशबाट नेपाली काँग्रेसमा संस्थापन पक्षको बहुमत देखिएको छ । काँग्रेसको १४ औं महाधिवेशनमा गण्डकी प्रदेशमा सभापति शेरबहादुर देउवा (संस्थापन) पक्षका धेरै उमेदवारहरू विजयी भएका हुन् । पदाधिकारीमा भने शेखर कोइराला पक्षबाट उमेदवार बनेका धनराज गुरुङ केन्द्रीय उपसभापतिमा निर्वाचित भएका छन् । त्यसैगरी सहमहामन्त्रीमा पनि कोइराला निकट जीवन परियार निर्वाचित भएका छन् ।   मुख्यमन्त्री […]

काँग्रेस प्रदेश २ अधिवेशन : दुई प्यानलमा को-कोबीच हुँदैछ भिडन्त ?

नेपाली काँग्रेस प्रदेश २ अधिवेशनमा कृष्ण यादव र रामसरोज यादव प्यानलै बनाएर चुनावी मैदानमा उत्रेका छन् ।​ कृष्णले काँग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट प्रदेश सभापतिमा मनोनयन दर्ता गराएका छन् भने रामसरोजलाई नेता विमलेन्द्र निधि र शेखर कोइराला समूहको साथ छ । कृष्ण प्यानलबाट उपसभापतिमा चन्द्रशेखर यादव र विरेन्द्र सिंह उम्मेदवार भएका छन् । यस्तै महामन्त्रीमा […]

बागमतीमा देउवा पक्षका २ र सिंह पक्षका १ जना केन्द्रीय सदस्यमा विजयी

नेपाली काँग्रेस बागमती प्रदेशतर्फको केन्द्रीय सदस्यमा तीन जना विजयी भएका छन् । मंगलबार सम्पन्न मतगणना अनुसार बागमती प्रदेशतर्फको केन्द्रीय सदस्यमा ध्यानगोविन्द रञ्जित, राजन केसी, उर्मिला नेपाल (केसी) विजयी भएका हुन् । रञ्जितले २४१९ मत ल्याएका छन् भने केसीले २१२९ मत ल्याएका छन् । प्रदेशको महिलातर्फकी उम्मेदवार नेपालले १६७० मत ल्याएकी छन् । रञ्जित र नेपाल […]

भत्कियो प्यानलको पर्खाल

कांग्रेस सभापतिमा महाधिवेशन प्रतिनिधिले ‘प्यानल’ रोजे। तर, त्यसपछिका उपसभापति र महामन्त्री पदमा भने ‘व्यक्तित्व’ रोजेका छन्। यी पदमा फरक–फरक प्यानलबाट उठेका उम्मेदवार निर्वाचित भएका छन्। महामन्त्रीमा बिहीबार गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी बनेका हुन्। थापा डा। शेखरप्रसाद कोइराला र शर्मा प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार बनेका थिए। सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भए पनि महामन्त्रीमा […]

धमाधम राजीनामा दिँदै शिक्षक

सक्रिय राजनीतिमा लागेका सामुदायिक विद्यालयका शिक्षकहरूले धमाधम राजीनामा दिन थालेका छन् । निर्वाचन आयोग तथा सर्वोच्च र पाटन उच्च अदालतको आदेश, शिक्षा निकायको निर्देशन एवं सर्वसाधारणबाट समेत विरोधका कारण सक्रिय राजनीति नै छनोट गर्ने शिक्षकहरूमा नैतिक दबाब बढेको हो । फलतः पछिल्लो दुई सातामा साढे तीन सयभन्दा बढी शिक्षकले राजीनामा दिएका छन् । धेरैजसो शिक्षकको […]

देउवा कुर्सीमा बसेर र शेखर उभिएरै मत माग्दै

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणको मतदान भइरहेको छ । मंगलबार राष्ट्रिय सभागृहमा मतदान चलिरहँदा सभापति पदका दुबै प्रत्यासी शेरबहादुर देउवा र शेखर कोइराला मतदातासँग मत माग्न व्यस्त छन् । मतदानस्थलबाहिर दुबै समूह महाधिवेशन प्रतिनिधिसग मत मागिरहेका छन् । मतदाताको लाइननजिकै शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र […]

माओवादीको कार्यक्रममा काँग्रेसका कार्यकर्ता प्रवेश गरेपछि…

सिंहदरबारको पश्चिम गेटदेखि भृकुटीमण्डपसँग नेपाली कांग्रेसको १४औं महाधिवशेनका बाक्लो चहलपहल थियो । कांग्रेसको आगामी नेतृत्वका लागि उम्मेदवारी दर्ता गर्नुअघि प्रत्येक समूहका कार्यकर्ताले भोट माग्ने र समर्थकले नाराबाजी गर्ने गरिरहँदा भृकुटीमण्डपमा निकै भीड भएको थियो । उम्मेदवारी दिनुअघि सभापतिका उम्मेदवार प्रकाशमान सिंहले सम्पर्क कार्यालय बनाएको स्थान नेपाल साल्ट ड्रेडिङ (बग्गीखाना) परिसरमा पनि निकै ठूलो घुइँचो थियो […]

अनि पौडेल रोए…

गरुंगो मन, मलिन अनुहार अनि, टिलपिल आँखा। केहीबेर यताउती हेरेपछि रामचन्द्र पौडेलले मुख खोले, ‘अब म राजनीतिक प्रतिस्पर्धामा छैन।’ पौडेलको घोषणापछि बोहोराटारस्थित उनको निवासमा शनिबार बिहान केहीबेर सन्नाटा छायो। त्यहाँ उपस्थित नेता, कार्यकर्तालाई पौडेलले भने, ‘हिजोसम्म मैले तपाईंहरूको संरक्षण गरें, अब आफैं गर्नुहोला।’ पार्टीको १४औं महाधिवेशनमा उम्मेदवार बन्न नेताहरूबीच तँछाममछाड, दौडधुप, चलखेल र जोडघटाउ भइरहेका […]

कांग्रेस सभापतिका लागि चारजनाको मुख्य प्रतिस्पर्धा

काठमाडौं । नेपाली कांग्रेसको भावि सभापतिका लागि चार शीर्ष नेताहरुबीच टकराव हुने भएको छ । बहालबाला सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सभापतिमा दोहोरिन चाहेका छन् भने उनलाई शेखर कोइराला, विमलेन्द्र निधी र प्रकाशमान सिंहले चुनौति दिएका हुन् । देउवा र कोइरालाले प्यानलसहित चुनाल लड्दैछन् । मुख्य प्रतिस्पर्धा उनीहरुबीच नै हुने आँकलन गरिएको छ । निधीले […]

काँग्रेसलाई सुदृढ र एकतावद्ध गर्न मेरो उम्मेदवारी : गच्छदार

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएका विजयकुमार गच्छदारले पार्टीलाई सुदृढ र एकतावद्ध गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् । उनले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दिएको र आफूले संस्थापन पक्षकै टिमबाट उपसभापति पदमा उम्मेदवारी दिएको भन्दै आफू विजयी भएमा पार्टीलाई बलियो, सुदृढ र लोकप्रिय बनाउन […]