राष्ट्रियसभा निर्वाचन : गण्डकीमा पनि सकियो मतदान

राष्ट्रियसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवार नरहेको प्रदेशमा मतदान नगर्ने पार्टी ह्वीप विपरीत म्याग्दी बेनीकी उपमेयर सन्जु बरुवालले मतदान गरिन् । राप्रपाले चुनावको अघिल्लो दिन सूचना जारी गरेरै मतदानमा सहभागी नहुन निर्देशन गरेको थियो । सन्जु मंगलबार नै मतदानका लागि पोखरा आएकी हुन् । ‘मलाई सूचना आएको थिएन । मतदान नगर्ने कुरा थाहा पनि […]
मन्त्री आलेद्वारा पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गर्नु भएको छ । मन्त्रालयमा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको नेपाल भारत मैत्री पशुपति धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी गराउनु भएको हो । मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका […]
राप्रपाको झण्डाबाट गाई हटाउन आयोगको निर्देशन, थापाको आपत्ति

निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको झण्डामा रहेको गाईको तस्बिर हटाउन निर्देशन दिएको प्रति पूर्व अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् । गत माघ २ गते नै आयोगले पत्र पठाएर संशोधित विधान र नियमावली ७ दिनभित्र पेस गर्न पार्टीलाई निर्देशन दिएको थियो । उक्त पत्रको बारेमा वर्तमान नेतृत्वले हालसम्म लुकाएकोमा पनि थापाले असन्तुष्टि व्यक्त गरेका छन् […]
जसपाको आन्तरिक विवादको असर पर्सा जिल्लामा देखियो

जनता समाजवादी पार्टी नेपालभित्रको आन्तरिक विवाद जिल्लासम्म पुगेको छ । आज पर्सामा जिल्लामा पार्टीका जिल्ला अध्यक्षबाट हटाएर अब्दुल रहिम अन्सारीलाई बनाइएको हो । पर्सा जिल्लाका वरिष्ठ उपाध्यक्ष वासुदेव यादवको अध्यक्षतामा आज बसेको बैठकले जिल्ला अध्यक्ष रामनरेश यादवलाई हटाएर अन्सारीलाई जिल्ला समन्वय तदर्थ समितिको अध्यक्ष बनाएको छ । तीन वर्षसम्म अध्यक्ष रामनरेश यादवले पार्टीको हितमा […]
एमाले कास्की अध्यक्षमा पृथ्वीसुब्बा निकट मनबहादुर विजयी

पोखरा । नेकपा एमाले कास्की जिल्ला अध्यक्षमा मनबहादुर गुरुङ विजयी भएका छन् । निवर्तमान कार्यवाहक अध्यक्षसमेत रहेका गुरुङले ४५६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी दामोदर बैरागीले ४०७ मत पाएका छन् । शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि गुरुङ र बैरागीले आ–आफ्नो प्यानलै बनाएर चुनावी मैदानमा होमिएका थिए […]
देवचुली ८ का ६५ जना एमाले परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश

देवचुली, नवलपुरको देवचुली नगरपालिका वडा नं ८ का ६५ जना नेकपा एमाले परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । शनिबार नेपाली काँग्रेस देवचुली ८ वडा कार्यसमितिद्वारा देवचुलीको घुमाउरी पिकनिक स्पर्टमा आयोजित पार्टी प्रवेश एवम् मित्रमिलन कार्यक्रममा एकैसाथ ६५ जना काँग्रेस प्रवेश गरेका नेपाली काँग्रेस देवचुली नगरपालिकाका सभापति डिल्लीराम कडरियाले जानकारी दिनुभयो । नेपाली काँग्रेस […]
राष्ट्रपति–प्रधानमन्त्रीबीच बढ्दो कोरोना संक्रमणबारे छलफल

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच कोरोनाभाइरसको बढ्दो संक्रमणका विषयमा केन्द्रीत रहेर कुराकानी भएको छ । बिहीबार साँझ शीतल निवासमा भएको भेटवार्तामा बढ्दो कोरोना महामारीका विषयमा कुराकानी भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । उनका अनुसार सो भेटमा राष्ट्रपति भण्डारीले नेपालमा पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमण एवं कोरोनाविरुद्धको खोप उपलब्धताको […]
विनोद चौधरीको कांग्रेस केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै उजुरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेज गर्न माग गर्दै पार्टीमा उजुरी परेको छ । सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले पार्टी केन्द्रीय कार्यालय र केन्द्रीय निर्वाचन आयोगमा चौधरीको पद खारेज गर्न माग गर्दै उजुरी दिएका हुन् । कांग्रेसको विधान अनुसार केन्द्रीय सदस्य बन्न १० वर्ष निरन्तर पार्टीको […]
प्रधानमन्त्री देउवा आइतबार भारत जाने

२१ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो आइतबार भारत भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको हो । एक मन्त्रीका अनुसार प्रधानमन्त्री देउवासहितको २५ सदस्यीय टोली सोमबार गुजरातमा सुरु हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन भारत जान लागेको हो । चार दिने भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय […]
युवा नेता बस्यालले कांग्रेस नवलपुरको उपसभापति पदमा उम्मेदवारी दिने

नवलपुर । नेपाली कांग्रेस नवलपुरका युवा नेता धर्मराज बस्यालले यहि पुस २७ गते हुने नेपाली कांग्रेस नवलपुरको जिल्ला अधिवेशनमा उप सभापति पदमा उम्मेदवारी दिने बताएका छ्न । नेपाल विद्यार्थी संघ बाट राजनीति जीवन सुरु गरेका बस्याल तरुण दल जिल्ला कार्यसमिति सदस्य, नेपाली कांग्रेस देवचुली-१४को वडा सभापति रहेर काम गरेका बस्या कांग्रेस नवलपुरको जिल्ला कार्यसमिति सदस्य […]