Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

एमाले कास्की अध्यक्षमा पृथ्वीसुब्बा निकट मनबहादुर विजयी

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

पोखरा । नेकपा एमाले कास्की जिल्ला अध्यक्षमा मनबहादुर गुरुङ विजयी भएका छन् । निवर्तमान कार्यवाहक अध्यक्षसमेत रहेका गुरुङले ४५६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी दामोदर बैरागीले ४०७ मत पाएका छन् ।

 

शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि गुरुङ र बैरागीले आ–आफ्नो प्यानलै बनाएर चुनावी मैदानमा होमिएका थिए । अध्यक्षमा विजयी भएका नेता गुरुङलाई नेकपा एमालेका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समर्थन रहेको थियो ।

त्यसैगरी पराजित भएका नेता बैरागीलाई भने संगठन विभाग प्रमुख खगराज अधिकारीको समर्थन थियो । उपाध्यक्षमा पनि पृथ्वीसुब्बा प्यानलका तेजनारायण अधिकारी ४२१ मत ल्याएर विजयी भएका छन । उनका प्रतिस्पर्धी बैरागी प्यानलका प्रभा कोइरालाले ४१३ मत ल्याएकी छन् ।

त्यसैगरी सचिवमा बैरागी प्यानलका बैनबहादुर क्षेत्रीले ४७५ मत ल्याएर विजयी भएका छन् भने प्रतिस्पर्धी विष्णुबहादुर केसीले ३ सय ६४ मत ल्याएका छन् । उपसचिवमा पनि बैरागी प्यानलका दर्शन लामाले (५४०) र नवराज ओझाले (४४३) मत पाएर विजयी भएका हुन् । एमाले जिल्ला अधिवेशनमा ९१९ जना प्रतिनिधिमध्ये ८९५ जनाले मतदान गरेका थिए ।

गण्डकीमा गुरुङ र अधिकारीको टकराव

उपमहासचिव पृथ्वीसुब्बा र संगठन विभाग प्रमुख अधिकारीको व्यक्तिगत स्वार्थका कारण गण्डकी प्रदेशका कास्की लगायतका अन्य जिल्लामा सर्वसम्मत रुपमा नेतृत्व चयन हुन सकेको थिएन ।

नेतृत्व छनोट गर्न दुवै समूहबाट ४ दिनसम्म पटकपटक छलफल हुँदासमेत सहमति नजुटेपछि मंगलबार मतदान भएको थियो । पार्टीमा दुवै ओलीनिकट भएपनि केन्द्रदेखि प्रदेश र स्थानिय तहसम्मको नेतृत्व चयनमा आपूm निकटको नेतृत्व चयनमा चासो राख्ने गरेका कारण उनीहरु प्रतिस्पर्धीका रुपमा देखिएका छन् । यस अघि भएको पोखरा महानगरको नेतृत्व चयनमा समेत नेताद्धय अधिकारी र गुरुङ हाबी हुँदा अधिवेशन तीन दिनसम्म लम्बिएको थियो ।

नेतृत्व चयनबारे विभिन्न टिकाटिप्पणी हुन थालेपछि नेता गुरुङपछि हटेका थिए । त्यसपछि अधिकारी निकट दिलिप न्यौपाने सर्वसम्मत अध्यक्ष भएका थिए । पार्टीको महाधिवेशन सकिएको झण्डै डेढ महिना पछि जिल्ला नेतृत्व चयन गर्न आयोजित अधिवेशनमा पनि उही पुरानै गुटगत रोग देखिएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • ३० मिनेट अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • ३४ मिनेट अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • २ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved