एमसीसीबारे पुस १७ पछि निर्णय हुने, एमालेले संसद् अवरुद्ध पारिरहे अझै पर धकेलिने
राष्ट्रिय बहसको विषय बनेको अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे पुस १७ गते सकारात्मक समाधान आउने सत्ता गठबन्धनका नेता प्रचण्डले बताएका छन् । तर, एमालेले संसद अवरुद्ध पारिरहे एमसीसी प्रकरण अझै केही समय पछि धकेलिने उनले बताएका छन् । सत्तारुढ गठबन्धनका नेता एवं माओवादीका अध्यक्ष प्रचण्डले तीन सदस्यीय कार्यदलको बैठक पुस १७ गते बस्ने […]
नेपाली समाज विविध धर्म र संस्कृतिको संगम : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ख्रीष्टियन समुदायको महान पर्व ख्रीष्टमसका अवसरमा शुभकामना ब्यक्त गरेका छन । उनले मुलुकमा मनाइने चाडपर्वहरूले विविध साँस्कृतिक पहिचान बोकेका समुदायबीच सद्भाव र समन्वयका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सन्देशमा बताएका छन् । शनिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल रहेको […]
कथा सुनाउँदै प्रचण्डले भने– अब भेडा नहुने !

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शनिबार अपराह्न ललितपुरस्थित होटल हिमालयमा सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी बने । सो कार्यक्रममा उनले सिंह र भेडाको कथा सुनाए । आफ्नो पार्टी शान्ति प्रक्रियापछि सत्तामा आएपछि थोरै बिग्रिएजस्तो देखिन थालेको भन्दै अब राष्ट्रिय सम्मेलनबाट पार्टी रूपान्तरित हुने प्रचण्डले बताए । अब नेताहरू जनताको बीचमा जाने र जनतामा घुलमिल हुने […]
निर्वाचन आयोगको प्रस्ताव : १४ वैशाखमा स्थानीय तहको चुनाव

९ पुस, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन एकै पटक वैशाख १४ गते गर्न सरकारलाई सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका साथै मन्त्रीहरुसँग शुक्रबार भएको छलफलमा आयोगका पदाधिकारीहरुले सबै स्थानीय तहको निर्वाचन एकै पटक १४ वैशाखमा गर्न प्रस्ताव गरे । खर्चमा मितव्ययिता हुने, सुरक्षा व्यवस्थापनमा सहजता हुने, समग्र निर्वाचन व्यवस्थापनमा सहजता हुने […]
राजनीतिमा लागेका करिब ४ सय शिक्षकले राजीनामा दिए

सर्वोच्च अदालत र निर्वाचन आयोगले समेत विश्वविद्यालय र विद्यालयका शिक्षक कर्मचारीलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । नेपाली काँग्रेसको महाधिवेशन चलिरहेका बेला सर्वोच्च अदालतले प्रतिनिधि भएका शिक्षकहरूलाई मतदानमा रोक लगाउन आदेश दिएको थियो । यसैबीच शिक्षा, विकास तथा मानव स्रोत केन्द्रले राजनीतिमा लाग्ने शिक्षकले तत्काल राजीनामा दिनुपर्ने उल्लेख गर्दै सबै स्थानीय तहमा पत्र पठाएपछि […]
राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने त्रिविको चेतावनी

त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक र कर्मचारीलाई राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने चेतावनी दिएको छ । त्रिवि कर्मचारी महाशाखाले बिहीबार सार्वजनिक सूचना जारी यस्तो चेतावनी दिएको हो । त्रिविका प्राध्यापक संघ तथा संगठन र कर्मचारी संघ तथा संगठनलगायत राजनीतिक दलका भ्रातृ संगठनमा नेतृत्व तहका कर्मचारी र शिक्षकले राजनीतिक दलको महाधिवेशनलगायतका विभिन्न कार्यक्रममा सक्रिय […]
प्रचण्डको दस्तावेज तयार, स्थायी कमिटी बैठक बोलाइयो

राष्ट्रिय सम्मेलनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले सम्मेलनमा पेश गर्ने दस्तावेजमाथि छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । पुस ११ गतेबाट सुरु हुने सम्मेलनमा अध्यक्ष प्रचण्डले पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्ने दस्तावेज पेश गर्ने बताउँदै आएका छन् । त्यसका लागि उनले झण्डै १५ दिन लगाएर दस्तावेज लेखनको काम बिहीबार सकेका हुन् । सोही दस्तावेज स्थायी […]
प्रदेश २ को नाम मधेस राख्न माओवादी, जसपा र लोसपा एकमत

८ पुस, जनकपुरधाम । प्रदेश २ को नाम मधेस राख्न सत्तारुढ जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रस्ताव गरेका छन् । बिहीबारको प्रदेशसभा बैठकमा जसपाका नेता शैलेन्द्रकुमार यादव, नेकपा माओवादी केन्द्रका सांसद भरत साहले मधेस नाम प्रस्ताव गरेका छन् । विपक्षी दल लोसपाका सांसद रानी कुमारी तिवारीले पनि […]
मेलम्ची खानेपानी आयोजना मर्मत फास्ट ट्र्याकबाट

मेलम्ची खानेपानी आयोजना मर्मतको काम फास्ट ट्र्याकबाट अगाडि बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता भएको छ । मेलम्ची आयोजना मर्मत चाँडो सम्पन्न गरेर उपत्यकाबासीलाई खानेपानी उपलब्ध गराउन फास्ट ट्र्याकबाट मर्मतको काम अगाडि बढाउन सो प्रस्ताव पेश भएको हो । खानेपानी मन्त्रालयले आगामी चैतभित्र मेलम्चीको पानी उपत्यकामा आउने दाबी गरे पनि हालसम्म सुधारका काम बढाउन नसक्दा तोकिएको […]
ओली देश दौडाहामा

दसौं महाधिवेशनपछि एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश गराउने बहानामा देश दौडाहामा लागेका छन्। दुई दिनअघि कपिलवस्तु पुगेका एमाले अध्यक्ष ओली दुई दिनपछि वीरगन्ज जाँदैछन्। पार्टीमा नेताभन्दा पनि कार्यकर्ता प्रवेश गराएर संगठन मजबुत बनाउने अभियानमा लागेको एमालेले देशभर नै पार्टी प्रवेशको कार्यक्रम बनाउन थालेको छ। ‘एमालेमा आउनेको लहर चलेको छ। अध्यक्ष कमरेड भोली […]