गठबन्धनमा गतिरोध, बालकोटमा वार्ता

एमसीसी संसद्मा टेबल गरी अनुमोदन गर्ने प्रधानमन्त्रीको प्रयासमा सत्ता गठबन्धनकै दलले अवरोध गरिरहेका छन्। बिहीबार पनि त्यही क्रम चल्यो। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेतृत्व र अन्य नेता राखेर दुईपटक छलफल चलाए। तर, सत्ता सहयात्री दलले अडान छाडेनन्। त्यसपछि प्रधानमन्त्री देउवा बिहीबार साँझ विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगे। त्यहाँ सत्तासमीकरण […]
एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

५ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्न लागेको हो । शुक्रबार प्रतिनिधि सभामा एमसीसी पेश गर्ने तयारी भएकाले साझा धारणा बनाउने प्रयासमा गठबन्धनको बैठक बस्न लागेको हो । बुधबारकै संसद बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी थियो । तर […]
स्थानीय तहको निर्वाचन रोक्न माग भएको रिट दर्ता गर्न सर्वोच्चको आदेश

स्थानीय तह निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा पुगेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडाको एकल इजलासले बुधबार सो आदेश दिएको हो । गत माघ २६ गते महोत्तरीको भंगाहा नगरपालिकाका मेयर संजिवकुमार साहले दायर गरेको रिट सर्वोच्च अदालतका रजिस्टारले दर्ता गर्न अस्वीकार गरेका थिए । […]
एमसीसीबारे सभामुखले भने : म त अम्पायर न हुँ, निर्णायक भूमिका त दलको हुन्छ

२ फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा दलहरुकै भूमिका निर्णायक हुने बताएका छन् । उनले आफ्ू त रेफ्रीको भूमिकामा मात्र रहेको टिप्पणी गरे । सोमबार आफूले बोलाएको सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले भने, ‘मेरो भनाइ के हुन्छ भने म अम्पायर न हुँ निर्णायक भूमिका त दलको हुन्छ ।’ […]
फागुन २ गतेको संसद बैठक सार्न सभामुखलाई एमालेको आग्रह

आउँदो फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक हेरफेर गर्नका लागि नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सो दिन एमालेको विराटनगरमा प्रदेश नंबर १ स्तरीय भेलाको कार्यक्रम राखिएकोले सो मिति भन्दा अगाडि वा पछाडि बैठक बोलाउन आग्रह गरेको बताए । रातोपाटीसँग कुरा गर्दै सचेतक […]
चुनावलाई स्वागत गर्दै एकीकृत समाजवादीले भन्यो – गठबन्धन एकताबद्ध भएर जाऔँ

नेकपा एकीकृत समाजवादीले स्थानीय चुनाव घोषणा गर्ने सरकारको निर्णयलाई स्वागत गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको १३ औँ बैठकले आगामी वैशाख ३० गते एकै चरणमा सम्पन्न गर्नेगरी स्थानीय तहको निर्वाचन मिति घोषणा गरेकोमा सो घोषणाको सहर्ष स्वागत गर्दै नेपाल सरकारलाई धन्यवाद दिने निर्णय गरेको हो । निर्वाचनको मिति तोक्न सरकारलाई सुझाव दिएकोमा गठबन्धनमा सामेल राजनीतिक […]
काँग्रेसले बोलायो कार्य सम्पादन समितिको बैठक

नेपाली काँग्रेस कार्यसम्पादन समितिको बैठक बोलाएको छ । यही माघ २७ गते केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक बोलाएको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । शनिबार एक विज्ञप्ति जारी गर्दै पौडेलले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाइएकोबारे जानकारी गराएका हुन्। उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली काँग्रेस कार्यसम्पादन समितिको बैठक २०७८ माघ २७ गते दिउँसो […]
गठबन्धनको निरन्तरताबारे नेपाली काँग्रेसभित्र दुई धार

पाँच दल आबद्ध सत्ता गठबन्धनको निरन्तरताबारे प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसभित्र दुई धार देखिएको छ । काँग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्ष पाँच दल आबद्ध सत्ता गठबन्धनलाई आगामी तीनै तहका निर्वाचनमा निरन्तरता दिने वा गठबन्धन तोडेर जाने भन्ने विषयमा विभाजित बनेका हुन् । सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको संस्थापन समूह आगामी स्थानीय तहको […]
अबको साझा लक्ष्य आर्थिक समृद्धि : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको साझा लक्ष्य आर्थिक समृद्धि रहेको बताएका छन् । सहिद दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले सहिदको बलिदानीले प्राप्त राजनीतिक उपलब्धिपछि अबको साझा लक्ष्य आर्थिक समृद्धि रहेको उल्लेख गरेका छन् । लामो सङ्घर्षपछि संविधानसभामार्फत बनेको संविधान र त्यसपछि बनेको तीन तहका सरकारलाई अझ प्रभावकारी र […]
वैशाखमै चुनाव गर्न राष्ट्रपतिको ‘दबाब’

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई शीलतनिवासमा बोलाएर संविधानले भनेकै समयमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएकी छिन् । प्रधानमन्त्री देउवाले भने राष्ट्रपतिको सुझावलाई सरकारमाथि शीतलनिवासको ‘दबाव’ का रुपमा लिएका छन् । राष्ट्रपतिसँगको भेटपछि केही मन्त्रीसँग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले भने, ‘राष्ट्रपतिज्यूले बोलाएर वैशाखमै निर्वाचन गर्नुपर्यो भन्नुभयो, मैले यो सरकारले निर्णय गर्ने विषय हो, […]