राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच कोरोनाभाइरसको बढ्दो संक्रमणका विषयमा केन्द्रीत रहेर कुराकानी भएको छ ।





बिहीबार साँझ शीतल निवासमा भएको भेटवार्तामा बढ्दो कोरोना महामारीका विषयमा कुराकानी भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । उनका अनुसार सो भेटमा राष्ट्रपति भण्डारीले नेपालमा पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमण एवं कोरोनाविरुद्धको खोप उपलब्धताको अवस्थाका बारेमा पनि जानकारी लिएकी थिइन् ।
पछिल्लो दिनमा नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ ।









