कांग्रेस नवलपुरको पद हस्तान्तरण तथा “घर-घर जाऔं कांग्रेस जिताउ” अभियानको सुरुवात फागुन ३० गते

नवलपुर, नेपाली कांग्रेस नवलपुरको नव निर्वाचित जिल्ला कार्यसमितिको पद हस्तान्तरण तथा कांग्रेसको घर-घर जाउ कांग्रेस जिताउ अभियानको सुरुवात फागुन ३० गते गरिने भएको छ ।   नेपाली कांग्रेसका पुर्व महामन्त्री एवं केन्द्रिय सदस्य डाक्टर शशांक कोइरालाको प्रमुख आतिथ्यतामा फागुन ३० गते सोमबार कावासोती-८ मा रहेको मनकामना आमा समुहको सभाहलमा कार्यक्रमको आयोजना गरिएको कांग्रेस नवलपुरका नव […]

पार्टी विभाजनको आरोप लागेपछि बाबुरामले भने, ‘सीता जस्तै अग्निपरीक्षा दिन तयार छु’

जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले आफूले पार्टी विभाजन गर्न लागेको भनेर आशंका नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । अध्यक्ष भट्टराई पेस गरेका राजनीतिक दस्तावेजमाथि समूहमा छलफल गरी आफ्नो कुरा राख्ने क्रममा अधिकांश नेताहरूले उनीमाथि पार्टी विभाजन गर्न लागेको आरोप लगाएका थिए ।   अध्यक्ष भट्टराई आफै पार्टीको कार्यकारी अध्यक्ष बन्न […]

सुखी नेपाल बनाउन एमाले सरकारले अनगिन्ती काम गरेको छ : ओली

पूर्वी नवलपरासी — पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो नेतृत्वको सरकार छँदा सुखी नेपाल बनाउन अनगिन्ती काम भएको दाबी गरेका छन् । पूर्वपश्चिम रेलमार्ग निर्माण, कावासोतीमा नमुना जिल्ला सदरमुकाम निर्माणको काम, महेन्द्रराजमार्ग फराकिलो बनाउने काम, त्रिवेणीबाट उत्तरतर्फको बाटो, धौवादी फलामखानीबाट फलाम निकाल्ने काम सुखी नेपालकै निरन्तरताको लागि आफैंले सुरु गरेको ओलीको दाबी थियो […]

चुनावको ‘मुख’मा माओवादी : काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर !

शुक्रबार सुरु भएको सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । मुलुकमा एमसीसी प्रकरण नसेलाउँदै जारी सो पार्टीको केन्द्रीय कमिटीको बैठकलाई धेरैले चासोका साथ हेरेका छन् । माओवादी बैठकलाई चासोका साथ हेरिनुमा एमसीसीमात्र कारण भने होइन । एमसीसीकै कारण पार्टीभित्र बढेको विवाद र आसन्न स्थानीय तहको चुनाव समेत जोडिने […]

यस्ता छन् एमसीसीमार्फत कार्यान्वयन हुने परियोजना

काठमाण्डाै – लामो रस्साकस्सीपछि अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट अनुमोदन भएको छ । एमसीसी सम्झौता अनुमोदन भएसँगै अब कार्यान्वयन हुनेछ । एमसीसी अन्तर्गतका परियोजना कार्यान्वयनका लागि अमेरिकी सरकारले ५० करोड अमेरिकी डलर अनुदान दिनेछ भने नेपाल सरकारले १३ करोड डलर लगानी गर्नेछ । यो रकमबाट बन्ने आयोजना पाँच वर्षभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।   एमसीसी आयोजना […]

सैन्य गठबन्धन अस्वीकार्य, नेपाली कानून उल्लंघन गरे एमसीसी खारेज गर्नसक्ने

१५ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्दा संसदले नेपाल, अमेरिकाको कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने घोषणा गर्ने भएको छ । सत्तारुढ चार दलले व्याख्यात्मक घोषणासहित मिलेनियम च्यालेन्ज कम्प्याक्ट अनुमोदन गर्ने सहमति जुटाएका छन् ।   एमसीसीकै कारण गठबन्धन भत्किने अवस्था आएपछि माओवादी केन्द्र र एकीकृत समाजवादी केन्द्र लचिलो भएका हुन् । […]

एमसीसीकै पक्षमा ढल्किँदै प्रचण्ड-नेपाल

माओवादी केन्द्र र एकीकृत समाजवादी संसद्बाट विवादित विषयमा ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी अनुमोदन गर्न तयार बनेका छन्। सत्ता साझेदार दुवै दल यसअघि एमसीसीसम्बन्धी सरकारी प्रस्तावकै विरोधमा उभिएका थिए। उनीहरूले विपक्षमा मतदान गर्ने भनेका थिए।   दुवै दलका शीर्ष नेताले प्रतिनिधिसभाको आइतबारकै बैठकबाट एमसीसी अनुमोदन गर्न साथ दिने आश्वासन दिएको बालुवाटार स्रोतको भनाइ छ। प्रधानमन्त्री शेरबहादुर देउवाले […]

कांग्रेस-एमालेबीचको बैठक विना निश्कर्ष सकियो

१४ फागुन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीचको वार्ता विना निश्कर्ष सकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा दुबै दलका नेताहरु आआफ्नै अडानमा रहेपछि बैठकमा कुनै ठोस निर्णय नभएको नेताहरुले बताएका छन् ।   बैठकमा सहभागी कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले कुनै निर्णय […]

एमसीसीकै कारण ‘आईसीयू’मा गठबन्धन

१३ फागुन, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमाले र सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूबीच बिहीबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनमा लामै समय भेटवार्ता चल्यो । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान अन वान’ कुरा भएपछि दुवै दलका शीर्ष नेताहरूसहित संवाद भएको थियो । संवादमा एमालेका […]

देउवाले एमालेसँग छलफल गर्न समय मागेपछि संसद् बैठक भोलिसम्मका लागि स्थगित

प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । बिहीवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए । आजको बैठकमा एमसीसीका सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो । देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफलका लागि भन्दै […]