Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

चुनावको ‘मुख’मा माओवादी : काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर !

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

शुक्रबार सुरु भएको सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । मुलुकमा एमसीसी प्रकरण नसेलाउँदै जारी सो पार्टीको केन्द्रीय कमिटीको बैठकलाई धेरैले चासोका साथ हेरेका छन् । माओवादी बैठकलाई चासोका साथ हेरिनुमा एमसीसीमात्र कारण भने होइन । एमसीसीकै कारण पार्टीभित्र बढेको विवाद र आसन्न स्थानीय तहको चुनाव समेत जोडिने भएकाले यो पार्टीले आगामी दिनमा कस्तो रणनीति बनाउँछ ? या निर्णय गर्छ भन्ने पनि सो पार्टीका नेता कार्यकर्ताले चासोपूर्वक हेरेका छन् ।

 

त्यसो छ माओवादी केन्द्रले पनि अन्य दलले जस्तै चुनावी मिति घोषणा भएसँगै तल्लो तहसम्मका नेता तथा कार्यकर्ताहरु चलायमान बनाउने प्रयास थालिसकेको छ । तर चुनावको सेरोफेरोमा पार्टीभित्र विवाद सुरु हुँदा पार्टी नेता कार्यकर्तामा स्वभाविक रुपमा चिन्ता थपिएको छ ।

केन्द्रीय कमिटीको बैठकले कार्यविभाजन गरेर पार्टीलाई चुनावमा होम्नुपर्ने बेलामा एमसीसी प्रकरणमा उत्पन्न मतभेदबाट पार्टी नै सग्लो रहने वा नरहने भन्ने संशय मेटिन सकेको छैन । खासगरी एमसीसी पास गराउन पार्टी अध्यक्ष प्रचण्डले खेलेको भूमिकाप्रति पार्टीभित्र असन्तुष्टि बढ्न पुगेको नेताहरुकै अभिव्यक्ति र गतिविधिले पुष्टि गरिसकेको छ ।

तर एमसीसीको असन्तुष्टिले पार्टी विभाजन हुनबाट जोगाउन अध्यक्ष प्रचण्डले नारायणकाजी श्रेष्ठलगायतका नेताहरुलाई सम्झाउने, बुझाउने र फकाउने प्रयास पनि जारी राखेका छन् । शुक्रबारको बैठकमै समेत प्रचण्डले धेरै कुरा स्पष्ट पार्ने प्रयास गरे ।

यो पनि..
एमसीसीको साइड इफेक्ट : के भन्छन् माओवादीका केन्द्रीय सदस्यहरु ? (भिडियो)
तर नेता श्रेष्ठले केन्द्रीय समितिको बैठकमै एमसीसीको चर्को विरोध गर्दै त्यस परियोजनाभित्र लुकेका उदेश्य र नेपालमा पार्ने प्रभावबारे सविस्तार व्याख्या गरे । त्यसक्रममा नेता श्रेष्ठले अध्यक्ष प्रचण्डमाथि व्यक्तिवादीको आरोप समेत लगाउन छुटाएनन् । साथै उनले एमसीसी अनुमोदनको सवालमा ‘दलाल’हरुसँग साँठगाँठ गरेको आरोप समेत लगाउन भ्याए । बैठकमा श्रेष्ठले एमसीसीमा आफ्नो असन्तुष्टि जाहेर गर्दै प्रचण्डसँगको सम्बन्ध र पार्टीमा अहिलेको कठिन अवस्थाबारे प्रस्ट्याउने प्रयास समेत गरे । उनले भने, ‘प्रचण्डसँग ३५ वर्षदेखिको सम्बन्ध छ, तर अहिले सबभन्दा कठिन समय आएको छ ।’

नेता श्रेष्ठको यो भनाइबाट प्रष्ट हुन्छ कि ‘माओवादी केन्द्रमाथिको संकट टरेको छैन ।’ यसले स्वभाविक रुपमा तल्लो तहका कार्यकर्तामा चिन्ता बढाएको छ । चुनावकै मुखमा पार्टीभित्र बढेको विवादले ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेजस्तै भएको भन्दै कतिपय नेता कार्यकर्तामा चिन्ता बढेको छ । विवादले तल्लो तहसम्मका नेता तथा कार्यकर्ता विभाजित हुनसक्ने र निराशा छाउने हुदा त्यसको असर चुनावमा पनि असर पर्ने नेताहरुको बुझाई छ ।

माओवादी केन्द्र सिराहाका नेता प्रवेश लामाले भने, ‘केन्द्रीय समितिको बैठक चलिरहेको छ, त्यसप्रति हाम्रो पनि नजर छ, तल्लो तहका नेता तथा कार्यकर्ताले पनि पार्टीको यो बैठकलाई बडो गम्भीरतापूर्वक हेरिरहेका छन् ।’

एमसीसीलाई लिएर पार्टीमा जुनखालको विवाद बाहिरिएको छ, त्यसैले पार्टी विभाजन हुन्छ भइहाल्छ भन्नेमा आफूलाई विश्वास नलागेपनि बैठकले एमसीसीको बारेमा के निर्णय गर्छ वा के धारणा बनाउँछ त्यसमा भर पर्ने उनको भनाइ छ ।

एमसीसी प्रकरणमा पार्टीमा अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठबीच देखिएको दुई लाइन धारको प्रभाव स्थानीय तहसम्म पनि छ । तर पार्टी नै विभाजन हुनुपर्छ भन्ने पक्षमा अत्यन्तै कममात्र छन् । चुनावको मिति घोषणा भइसकेको अवस्थामा पार्टी विभाजन भयो वा विवाद रहिरह्यो भने यसले ठूलो असर पार्ने तल्लो तहका नेता तथा कार्यकर्ताहरु बताउँछन् ।

गोरखा जिल्ला कमिटी सदस्य कञ्चन कुमाल एमसीसीको विवादले पार्टी विभाजनमा जान नहुने बताउछिन् । उनी भन्छिन्, ‘एउटा जिवन्त पार्टीमा यस्ता सानोतिनो विवाद भइरहन्छ, त्यसैलाई आधार मानेर पार्टी विभाजन हुँदैन जस्तो लाग्छ ।’ तर चुनावको समयमा पार्टीमा यस्तो विवाद भयो भने त्यसले पक्कै पनि असर गर्ने भएकाले यही केन्द्रीय समितिको बैठकबाट पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनुनपर्ने उनको सुझाव छ ।

उनले केन्द्रीय कमिटीको बैठकबाट पार्टीको विवाद समाधान गर्दै चुनाव केन्द्रीत निर्णयहरु गर्नुपर्नेतर्फ नेतृत्वको ध्यान जानुपर्ने सुझाव दिइन् ।
यो पनि
एमसीसीको विरोध गर्ने नारायणकाजी लगायतलाई प्रचण्डको जवाफ : के–के भने ?
माओवादी बैठकमा नारायणकाजी श्रेष्ठले गरे एमसीसीको कडा विरोध
पर्वतका प्रदेश समिति सदस्य दीपक आचार्यले पनि चुनावका समयमा पार्टीमा विवाद हुनु राम्रो संकेत नभएको बताए । चुनावको समयमा एक ढिक्का भएर जानुपर्ने बेला यसरी पार्टी भित्र विवाद हुनुलाई तल्लो तहका नेता तथा कार्यकर्ताहरुले राम्रो नमानेको उनले बताए ।

‘एमसीसीकै विवादका कारण पार्टी विभाजन भयो भने प्रतिकृयावादीहरुको ठूलो जित हुनेछ, त्यसमा पार्टी सचेत रहनुपर्छ,’ उनले भने, ‘सुरुमा यथास्थितिमा एमसीसी पास गर्नुहुँदैन भनियो, पछि ब्याख्यात्मक टिप्पणीसहित पास गरियो त्यसलाई सकारात्मक रुपमा लिन सकिन्छ । तर कुनै नेताले त्यसलाई इस्यु बनाएर पार्टीमा विवाद गर्छन् भने त्यसले सबैलाई घाटा हुन्छ ।’

वडा कमिटीसम्मका नेता कार्यकर्ताको ध्यान केन्द्रीय कमिटीको बैठकतिर गएको भन्दै यस्तो अवस्थामा बसेको बैठकका निर्णयप्रति चासो र चिन्ता लिनु स्वभाविक भएको आचार्यका भनाइ छ ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • २ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • २ दिन अगाडि
601953632_10225313283097485_3191257905718857191_n-edited-1536x1152

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको...

  • २ दिन अगाडि
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved