Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

पार्टी विभाजनको आरोप लागेपछि बाबुरामले भने, ‘सीता जस्तै अग्निपरीक्षा दिन तयार छु’

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले आफूले पार्टी विभाजन गर्न लागेको भनेर आशंका नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । अध्यक्ष भट्टराई पेस गरेका राजनीतिक दस्तावेजमाथि समूहमा छलफल गरी आफ्नो कुरा राख्ने क्रममा अधिकांश नेताहरूले उनीमाथि पार्टी विभाजन गर्न लागेको आरोप लगाएका थिए ।

 

अध्यक्ष भट्टराई आफै पार्टीको कार्यकारी अध्यक्ष बन्न चाहेको र पार्टी कब्जा गरी प्रधानमन्त्री बन्ने दाउमा रहेको उनीहरूको आरोप थियो । पार्टीले एमसीसीको बारेमा निर्णय नगर्दै अध्यक्ष भट्टराई त्यसको बारेमा अभिव्यक्ति दिएकोमा पनि नेताहरूले विरोध गरेका थिए ।

जवाफमा अध्यक्ष भट्टराईले आफू सीता मैयाको जस्तो अग्नि परीक्षा दिन तयार रहेको बताउँदै आफूले पार्टी विभाजन नभएर रूपान्तरणका लागि प्रयास गरेको दाबी गरेका थिए । उनको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘सीता मैयाको कुनै दोष थिएन, तर उनले अग्निपरीक्षा दिनुपरेको थियो । बाबुराम भट्टराई पनि अग्नि परीक्षा दिन तयार छ । कति पटक परीक्षा दिनुपर्छ दिन तयार छ तर बाबुराम भट्टराई कहिले पनि जसपा विभाजनमा लागेको छैन ।’

बरु आफूले जसपा जोगाउन प्रयास गरेको दाबी गर्दै उनले निर्वाचन आयोगमा २०७७ जेठ २५ गते जसपा दर्ता गराउन जाँदा महन्थ ठाकुरले कार्यकारी अध्यक्ष पनि बन्ने र एक नम्बरको अध्यक्ष पनि रहने अडान लिएपछि आफू संघीय परिषद्को अध्यक्ष पद छाडेर तीन नम्बरको सदस्यमा बसेको स्मरण गराएका थिए ।

उनले आफूलाई अब कुनै पदको आवश्यकता नरहेको बताउँदै आफूले मधेसीलाई प्रधानमन्त्री बनाउने पक्षमा रहेको जिकिर गरे । उनले भने, ‘म पदको भोका होइन, र पार्टी टुक्राउन पक्कै कुनै चाहना छैन ममाथि कुनै पनि आशंका नगर्नुस् ।’ आफूले पार्टीमा हस्ताक्षर अभियान चलाएको स्वीकार गर्दै उनले त्यो हस्ताक्षर अभियान कार्यकारिणी समिति, केन्द्रीय समितिको बैठक बोलाउनका लागि चलाएको दाबी गरेका थिए ।

मधेशलाई जोगाएर लाने हो भने मधेसको शक्तिले मात्र नपुग्ने भट्टराईले धारणा राखेका थिए । नेपालको राज्य जुन बनौटमा मधेसको शक्तिले मात्र नपुग्ने भन्दै उनले काठमाडौँमा हस्तक्षेप नभए भने मधेसको शक्तिले केही गर्न नसकिने धारणा राखेका थिए ।

मधेस प्रदेशमा जसपाको सरकार भए पनि त्यो सरकार काठमाडौँबाट केन्द्रित रहेको बताउँदै उनले मधेसको शक्ति विस्तार गर्न पहाड चढ्नुपर्ने बताए । ‘अब जसपा विभाजन हुँदैन, एक ढिक्का भएर अगाडि बढ्छ,’ उनले चुनावका लागि एक ढिक्का भएर अगाडि बढ्न आग्रह गरे ।

उनले भने, ‘जसपा चुनावसम्म मात्र होइन, चुनावपछि विभाजन हुँदैन अब एक ढिक्का भएर अगाडि बढ्छ, पार्टीमा भएका सानातिना विवाद व्यवस्थापन भइसक्यो अब पार्टी विभाजन गर्ने मुर्खता कसैले गर्न हुँदैन ।’

मधेसको शक्तिलाई रक्षा गर्दै पहाडमा संगठन विस्तार गर्नुपर्ने भन्दै अध्यक्ष भट्टराईले अगामी चुनावमा जसपा नेपाल देशको तेस्रो शक्ति बन्ने दाबी गरे । उनले भने, ‘आउने चुनावमा काँग्रेस–एमाले पहिलो दोस्रो होला, जसपा नै तेस्रो शक्ति हुन्छ, र अगामी संसद्मा निर्णायक शक्ति भएर आउँछ ।’

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • २ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • २ दिन अगाडि
601953632_10225313283097485_3191257905718857191_n-edited-1536x1152

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको...

  • २ दिन अगाडि
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved