प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ ।


बिहीवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।



आजको बैठकमा एमसीसीका सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो ।

देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफलका लागि भन्दै सभामुखसँग समय मागेको सचिवालय स्रोतले जानकारी दियो ।








