Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

गभर्नर अधिकारीको बचाउमा आयो एमाले

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

२७ चैत, काठमाडौं । सरकारको निर्णयले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बन भएको दुई दिनपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले गभर्नरको बचाउमा आएके छ । अर्थतन्त्र गम्भीर मोडमा पुगेका बेला सरकार चुप बसेको तर गभर्नरले आवश्यक पहलकदमी लिएका बेला आफ्नो असफलताको दोष गभर्नरमाथि पोखेको एमालेको आरोप छ ।

सरकारले गत शुक्तबार गभर्नर अधिकारीमाथि जाँचबुझ गर्न समिति गठन गरेपछि हाल उनी निलम्बित छन् । नेकपा एमालेका तीन पूर्वअर्थमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरेर सरकारको कदमको विरोध गर्दै गभर्नरको बचाउ गरे ।

 

नेकपा एमालेको प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्रीद्वय विष्णुप्रसाद पौडेल र सुरेन्द्र पाण्डे, पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालगायत उपस्थित थिए ।

उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा गभर्नरले अर्थतन्त्र जोगाउन ढिलै भए पनि राष्ट्र बैंकले प्रयास गरिरहेको तर सरकारले काम गर्न नदिएको बताएका छन् ।

 

‘अर्थतन्त्र गम्भीर संकटको मोडमा पुगेको विषय सर्वत्र चर्चा भइरहँदा पनि सरकार सञ्चो मानेर बसिरह्यो । अर्थ मन्त्रायलले लिनुपर्ने कतिपय पहलकदमी नलिएका कारण राष्ट्र बैंकले ढिलै भए पनि आफ्नो तर्फबाट पहलकदमी लिन थाल्यो’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘तर, आफ्नो कमजोरी ढाकछोप गर्न अर्थतन्त्रको असफलताको दोष अघिल्लो सरकार र राष्ट्र बैंकका गभर्नरमाथि पोख्ने काम भयो ।’

तीन पूर्वअर्थमन्त्रीले वर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई भने अराजक भनेका छन् ।

अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा सत्ता गठबन्धन भित्रैबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दबाबमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कारवाही गरिएको पूर्वअर्थमन्त्रीहरुको आरोप छ । सरकारले प्रायोजित रुपमा गभर्नरलाई निलम्बन गरेको भन्दै उनीहरुले सरकारको यो कामलाई आपत्तिजनक र निन्दनीय भनेका छन् । गठबन्धन सरकारको नालायाकीपन छोप्न गभर्नर निलम्बन गरेको तीन पूर्वअर्थमन्त्रीको दावी छ ।

‘गठबन्धन सरकारले आफ्नो नालायकीपन छोप्न गभर्नरलाई निलम्बन गरेको, तसर्थ यो सरकारले प्रायोजित रुपमा गभर्नरमाथि सुरु गरेको कारवाही आपत्तिजनक मात्र नभई निन्दनीय समेत छ ।’

एमालेले सरकार भूमाफिया, कालाव्यापारी र तस्करहरुको चंगुलमा फसेको र साख गुमाएको समेत आरेाप लगाएको छ ।

चुलिदो आर्थिक संकटप्रति अर्थमन्त्रीको बेेवास्ता र अज्ञानताका कारण लगानीकर्ता, उद्योग व्यवसायी, सर्वसाधारण उपभोक्ता कसैले आशा भरोसा राख्न नसकेको एमालेको भनाइ छ ।

अर्थतन्त्रको संकट चुलियो

पत्रकार सम्मेलनको सुरुवातमै बोल्दै एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री पौडेलले नेपाल श्रीलंका बन्नेतर्फ अघि बढिरहेको बताए । उनले आर्थिक अवस्था जोखिमउन्मुख रहेको भन्दै सार्थक हस्तक्षेप नगरेमा मुलुक श्रीलंकाजस्तै हुनबाट कसैले रोक्न नसक्ने बताए ।

‘मुलुकको आर्थिक स्थिति जोखिमउन्मुख छ, जोखिमको स्तरमा नेपाल आइपुगेको छ, यदि हामीले सार्थक हस्तक्षेप गरेनौं भने, जे जस्तो समस्या देखिएका छन्, ती समस्याको निराकरण नहुने हो भने मुलुक श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन’ उनले भने ।

उनले एमालेले सुदृढ अर्थतन्त्र छाडेर विदा भएको तर अहिलेको सरकारले ९ महिनामै आर्थिक अवस्था अत्यन्त जोखिमको अवस्थाबाट गुजि्रएको दावी गरे । मन्त्री वा प्रधानमन्त्रीले दावी गरेर मात्र मुलुकको बिग्रदो आर्थिक स्थितिबाट बाहिर ननिस्कने भन्दै उपाध्यक्ष पौडेलले बिग्रदो स्थितिबाट बाहिर निस्कन सरकारले उचित कदम चाल्नुपर्ने बताए । ‘गलत खालका नीति लिने र मुलुकलाई श्रीलंका हुनबाट जोगाउँछु भन्ने दावी गरेर हुँदैन’ उनले भने ।

आफूले अर्थमन्त्रीको हैसियतमा ल्याएको बजेट कार्यान्वयन नगरी अर्थमन्त्री शर्माले प्रतिस्थापन बजेट ल्याएपछि नै अर्थतन्त्र नकारात्मक दिशामा लागेको पूर्वअर्थमन्त्री पौडेलको आरोप छ । पौडेलले एमालेले सरकार छाडेपछि अर्थतन्त्र समस्यामा परेको बताए ।

‘नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेतृत्व गरेको सरकार छाड्दासम्म मुलुकको अर्थतन्त्र सृदृढ थियो, त्यसबेला मुऽास्फीति ४ प्रतिशत भन्दा तल थियो, रेमिट्यान्स १० प्रतिशतले बढेको थियो’ उनले भने,’अहिले सबैतिर समस्या छन् ।’

पौडेलले अर्थतन्त्र जोगाउन सार्थक र प्रभावकारी हस्तक्षेप जरुरी भए पनि अहिलेको सरकारबाट त्यो आशा गर्न नसकिने टिप्पणी गरे ।

अर्थमन्त्री जेल जानु पर्ने !

एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री पाण्डेले अर्थमन्त्री जनार्दन शर्मा अक्षम्य गल्ती गरेको आरोप लगाए । उनले आफ्ना कमजोरी लुकाउन गभर्नरलाई निलम्बन गरेको मात्रै भनेनन् अर्थमन्त्रीले गभर्नरलाई अनावश्यक काम गर्न दवाव दिएको समेत उनले बताए ।

विदेशबाट आएको रकम फुकुवा गर्न अनावश्यक दबाव दिएको आरोपमा अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने पनि उनको भनाइ छ । विदेशबाट आएको रकम राष्ट्र बैंकले छानबिन गरिरहेको विषयमा अर्थमन्त्रीले पैसा फुकुवा गर्न निर्देशन दिएको आफूले सुनेको उनले बताए ।

पूर्वअर्थमन्त्री पाण्डेले भने, ‘अनुसन्धान गर्ने अधिकारीले अनुसन्धान गरिरहेका बेला यो पैसा दे र त्यो नदे भन्ने हो भने अनुसन्धान गर्ने संस्थाले ठीक ढंगले काम गर्न सक्दैन, त्यो एक प्रकारले क्राइम नै हुन्छ ।’

नेपालमा अनुसन्धान गर्ने निकाय बलिया भएमा अर्थमन्त्री कारबाहीको दायरामा आउने पूर्वअर्थमन्त्री पाण्डेले बताए । ‘यदि हाम्रो एजेन्सी दह्रा हुने हो भने यही केसमा लगेर अर्थमन्त्रीलाई हाल्नुपर्ने हो भित्र, किन लेख्यौं पत्र भनेर यसो गर्न मिल्छ ?’ उनले भने, ‘किन गर्दैछौ यो काम यसो गर्न मिल्छ हामीले अन्तर्राष्ट्रिय अब्लिगेसन भन्दा विपरीत गएर कोही मन्त्री चल्न सक्छ ? हामीले बनाएका कानुन र ऐन भन्दा बाहिर गएर चल्न मिल्छ र ?

अर्थमन्त्री शर्माले देश नै छाडेर भाग्नुपर्ने अवस्था आउनसक्ने उनले बताए । ‘म त के देखिरहेको छु भने श्रीलंकामा अर्थमन्त्री भाग्ने भन्ने सुन्दैछु’ पूर्व अर्थमन्त्री पाण्डेलले ‘कतै त्यो दिन नआओस् नेपालमा ।’

‘गल्ती छिपाउन गभर्नरलाई दोष’

पूर्वअर्थमन्त्री डा. खतिवडाले अर्थमन्त्री शर्माले आफ्नो गल्ती लुकाउनकै लागि गभर्नर र पहिलेको सरकारलाई आरोप लगाएको बताएका छन् । उनले अर्थतन्त्र गम्भीर संकटमा पुग्दा पनि सरकार सञ्चो मानेर बसिरहेको बताए । ‘अर्थमन्त्रालयले लिनुपर्ने कदम ढिलै भएपनि राष्ट्र बैंकले लिएको थियो, तर आफ्नो कमजोरी छोप्न र गभर्नरमाथि रिस पोख्ने काम भइरहेको छ,’ उनले भने ।

सरकारले लिएको गलत आर्थिक नीतिले पूँजीगत खर्च बढ्ने अवस्था नभएको खतिवडाले बताए । ९ महिनासम्म वाणिज्य तथा आपूर्ति मन्त्री नहुँदा बजार नियमन हुन नसकेको भन्दै उनले अहिले देश श्रीलंका त हुँदैन भन्ने प्रश्न उठिरहेको बताए ।

अहिलेका सरकारका मन्त्री विवादास्पद अभिव्यक्ति दिने, कमाउ धन्दामा लिप्त हुने, स्वार्थ नमिल्ने कर्मचारीमाथि जाइलाग्ने, ठेक्का पट्टामा सेटिङ गर्नेजस्ता हर्कतले अर्थतन्त्रमा संकटको अवस्था आइपुगेको खतिवडाले बताए ।

‘मन्त्रीहरु निर्वाचनका लागि भनेर खुलाखुला पैसा मागिहरका छन्,’ उनले भने’, व्यवसायीहरुले समस्या राख्ने ठाउँ पाएका छैनन् ।’ उनले रुस-युक्रेन युद्धका कारण केही महंगी बढे पनि सरकारले अर्थतन्त्रमा हुनसक्ने सम्भावित समस्याका विषयमा बेवास्ता गरेको बताए ।

अहिले नै मुलुकको अवस्था श्रीलंका जस्तै भइनसकेको तर त्यस्तो अवस्था नआओस् भनेर आफूहरुले सरकारलाई सचेत गराउन खोजेको उनको भनाइ छ । गभर्नर अधिकारीलाई निलम्बन गर्नु सरकारको गलत कदम भएको भन्दै सच्याउनु पर्ने उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • १ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • १ दिन अगाडि
601953632_10225313283097485_3191257905718857191_n-edited-1536x1152

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको...

  • १ दिन अगाडि
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved