Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

धर्मनिरपेक्षताका कारण हिन्दु धर्म मासियो : पूर्व प्रधानन्यायाधीश पराजुली

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले संविधानमा धर्म निरपेक्षताको व्यवस्थाका कारण हिन्दु धर्म मासिँदै गएको बताएका छन् । काठमाडौँमा शनिवार हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान प्रबुद्ध नागरिक गोष्ठी एवं साहित्य परिचय कार्यक्रममा बोल्दै उनले हरेक देशको आफ्नो धर्म हुने बताउँदै धर्मनिरपेक्षताका कारण नेपालले आफ्नो मौलिक पहिचान गुमाएको टिप्पणी गरे ।

 

उनले भने–‘धर्मनिरपेक्षताबाट हाम्रो धर्म संस्कृति समाप्त भएको छ, हामीले पालना गरेको रीतिस्थिति समाप्त भएको छ । त्यो धर्म निरपेक्षता हामीलाई चाहिँदैन ।’ हिन्दु धर्म पवित्र आत्माहरूको पुञ्ज भएको बताउँदै प्रधानन्यायाधीश पराजुलीले संसारमा रहेका सबै धर्मभन्दा हिन्दु धर्म असल चरित्रको, अहिंसा परोमोधर्म, बसुधैव कुटुम्बकम सिद्धान्तमा आधारित रहेको बताए ।

उनले भने–‘संसारमा हिन्दु धर्म भन्दा ठूलो, यो भन्दा पुरानो, यो भन्दा सुद्ध असल संस्कारको धर्म छैन । हामीले बसुधैव कुटुम्बकमको सिद्धान्तलाई अनुसरण गरेका छौँ । हामीले अहिंसा परमोधर्मलाई अनुसरण गरेका छौँ । हामीले परोपकाय पुण्याय, पापाय परिपिडनको सिद्धान्तलाई अनुसरण गरेका छौँ । हामीले असतोमा सत्गमयको सिद्धान्तलाई अनुसरण गरेका छौँ । हामीले जे भनिरहेका छौँ त्यो मानव कल्याणका लागि भनिरहेका छौँ ।’

 

 

उनले संविधानवाद आफूले पनि पढेको बताउँदै संविधान बनाउँदा झुक्याएर धर्मनिरपेक्षता लादिएको बताए ।

पराजुलीले विश्वमा धर्मका आधारमा देशहरूको पहिचान रहेको भन्दै ५७ वटा इसाई राष्ट्र, १ सय १४ राष्ट्र इसाई राष्ट्र बन्न लागेको, ३३ इस्लामिक राष्ट्र रहेको र ९ बुद्धिष्ट राष्ट्र रहेको जानकारी गराए ।

उनले हिन्दूले पालना गरिरहेको धर्ममाथि अरू धर्मवलाम्वीहरुले लोभ नदेखाउन र आफ्नो धर्म पालना गर्न दिन आग्रह गरे । पूर्व प्रधानन्यायाधीश पराजुलीले बेलायतको टोनी ब्लेयर प्रधानमन्त्री हुने बेला राज्यको धर्मअनुसार शपथ खाएको उल्लेख गरे । अमेरिकाकी उपराष्ट्रपतिले शपथ ग्रहण गर्दा गीता छोएर शपथ लिएको बताउँदै शपथ खाने कुरा हेलचेक्रायाई विषय नभएकोले नेपालमा पनि गीता छोएर कसम खानुपर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

उनले पञ्चायत विरोधका क्रममा आफूले जेलनेल खाएको बताउँदै धर्मनिरपेक्षताको विरोध गर्दा छोड्नुपरे आफूले पाइरहेको ६० हजार पेन्सन छोड्न तयार रहेको तर आफूले मान्दै आएको धर्म संस्कृति छोड्न नसक्ने बताए ।

 

कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले २०६२/०६३ को आन्दोलनका बेला धर्मका विषयमा कुनै विवाद नरहेको र रातारात पश्चिमा देशहरूको डलरको प्रभावमा रातारात धर्मनिरपेक्षता राखिएको उल्लेख गरे ।

धर्म निरपेक्षताले हिन्दु धर्म, संस्कृति र परम्परा मासिँदै गएको बताउँदै उनले देशको भूभाग मासिएमा फिर्ता ल्याउन सकिने तर धर्म र संस्कृति मासियो भने त्यसलाई फर्काएर ल्याउन नसकिने बताए । खरेलले राजनीति गर्नेहरूले अरूको आदेशमा हिन्द राष्ट्रमाथि आक्रमण गरेको बताउँदै आफ्नो धर्म संस्कृति रक्षाका लागि अग्रसर हुने समय आएकोमा जोड दिए ।

 

कार्यक्रममा अभियानका सदस्य देवेश झाले इतिहास, परम्परा र जनसङ्ख्याका आधारमा नेपाल हिन्दु राष्ट्र रहेको जिकिर गरे । वेद, श्रुति, स्मृति, महाभारत धेरै धार्मिक ग्रन्थमा नेपाल हिन्दूभूमीको रुपमा रहेको उल्लेख गरिएको बताउँदै उनले नेपालको इतिहास, संस्कृति, परम्पराका तथ्यगत आधारमा हिन्दूराष्ट्र भएको उल्लेख गरे । उनले जात व्यवस्थालाई लिएर हिन्दु धर्मको विरोध गर्नु गलत परिपाटी रहेको बताउँदै देशमा सयौँ मन्दिरहरूमा ब्राह्मण बाहेक अरू जातीका पुजारी रहेको आँकडा प्रस्तुत गरे । अहिले हिन्दूधर्म फुटाउन योजनाबद्ध रुपमा विभिन्न सम्प्रदायहरू सिर्जना गरिएको उनले बताए ।

यस्तै सो अभियानका सदस्य कल्याण तिमिल्सिनाले हिन्दु धर्म परिवर्तन रोक्न सबैले सचेत हुनुपर्ने र हिन्दु धर्म रक्षाका लागि समय दिन आग्रह गरे । उनले अहिले आफ्नो संस्कृति संरक्षण नगरे भोलिको पुस्ताले सराप्ने उनको भनाई थियो ।

अभियानका संयोजक पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवाल भने बिरामी उपचारका क्रममा भारतमा रहेकाले कार्यक्रममा सहभागी हुन सकेनन् । उनको सन्देश वाचन गरेर कार्यक्रममा सुनाइएको थियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • २ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • २ दिन अगाडि
601953632_10225313283097485_3191257905718857191_n-edited-1536x1152

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको...

  • २ दिन अगाडि
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved