Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

देउवाको निर्णयको प्रतिवाद गर्ने शेखर समूहको निष्कर्ष

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

९ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइराला पक्षले सभापति शेरबहादुर देउवा एकलौटी तरिकाले चलेको निष्कर्ष निकालेको छ ।

बुधबार बसेको शेखर समूहको बैठकले सभापतिले विना परामर्श गर्ने निर्णयको प्रतिवाद गर्ने निर्णय समेत गरेको छ । पार्टीमा परामर्श नगरी सभापति देउवाले नेविसंघ र तरुण दलको अध्यक्ष चयन गरेकोप्रति बैठकमा असन्तुष्टि व्यक्त गरिएको छ ।

 

‘१४ औं महाधिवेशनमा सभापतिलाई मत नदिनेहरुलाई पार्टीमा कुनै पनि स्थान नदिने नीति उहाँले अंगीकार गर्नुभयो,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘सहमति नगरी एकलौटी ढंगले गरिने निर्णयको सशक्त प्रतिरोध गर्ने निष्कर्ष हो ।’

आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको फरक समूहलाई पनि विश्वासमा लिनुपर्नेमा देउवा एक्लै हिँड्न खोजेको नेताहरुले भनाइ राखेका थिए । ‘संस्थापन इतरका नेता तथा कार्यकर्तालाई छानीछानी किनारा पार्ने काम भएको छ । यो विषयमा केन्द्रीय समितिको बैठकमा पनि सशक्त कुरा उठाउछौं’ बैठकमा सहभागी एक नेताले भने ।

 

सभापति देउवाको एकल चाहनाले मात्रै चुनावी तालमेल नहुनेमा नेताहरुले जोड दिएका छन् । ‘आफ्नो पार्टी भित्र सहमति गर्न प्रयास नगर्ने तर अरु दलसँग तालमेल गर्न खोज्ने सभापतिको प्रयासले पार्टीलाई दुर्घटना तिर लैजान्छ,’ ती केन्द्रीय सदस्यले भने, ‘सभापतिको एकल सोचले मात्रै तालमेल हुन सक्दैन । केन्द्रीय समितिले निर्णय गर्नुपर्दछ ।’

पार्टीमा चार तहका संसदीय समिति गठन गर्नुपर्ने विधानको व्यवस्था भएकाले उनीहरुलाई नै उम्मेवार छान्न दिनुपर्ने शेखर पक्षले जोड दिएको छ ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
bale

हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो

  • २ दिन अगाडि
narayan-kandel

महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

  • २ दिन अगाडि
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
काठमाडौँ १३ चैतः शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः मुना कार्की ÷रासस

सरकारी कार्यालय अबदेखि बिहान ९ देखि साँझ...

  • २ दिन अगाडि
Dp-aryal-3

सभामुख डोलप्रसाद अर्यालले गरे पद बहाली

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved