देवचुली ,


देवचुली नगरपालिकाको नगर प्रवक्ताको जिम्मेवारी वडा नं. ११ का वडा अध्यक्ष तिल प्रसाद काफ्लेले पाएका छन । आज बुधबार वडा अध्यक्ष काफ्लेलाई प्रबक्ताको जिम्मेवारी दिईएको हो ।




नव निर्वाचित प्रतिनिधि संगको पहिलो कार्यपालिका वैठकले वडाध्यक्ष काफ्लेलाई नयाँ नगर प्रवक्तामा नियुक्त गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोबिन्द सिग्देलले ह्याप्पी टाइम्सलाई बताएका छन्।
यस अघि देवचुली १३ का निवर्तमान वडा वडाध्यक्ष डिल बहादुर खत्री नगर प्रवक्ता रहेका थिए । उनी यस अघिको स्थानिय निर्वाचन पश्चात नगर प्रवक्तामा नियुक्त भएका थिए । यसैगरी बैठक मार्फत नगरमा रहेका सामाजिक विकास समिति, पूर्वाधार ,अनुगमन , राजश्व परामर्श , वन तथा वातावरण विपद व्यवस्थापन , विधायन, आर्थिक विकास लगायत विषयगत समिति पुनर्गठन भएको छ।








