चितवन –२ : उपनिर्वाचनको तयारी अन्तिम चरणमा, ६९० कर्मचारी खटिए

चितवन । चितवन क्षेत्र नम्बर २ मा आइतबार हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुर्याइएको छ । तयारीस्वरुप यस क्षेत्रमा रहेका मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । उनीहरुले मतदानस्थल निर्माण, चार किल्ला तोक्ने र राजनीतिक दलहरुसँग छलफल गर्नेलगायतका काम सम्पन्न गरिसकेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी ईश्वरी आचार्यका अनुसार यस क्षेत्रमा रहेका […]
गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो तीन बजे प्रदेश सभा बैठक बोलाइएको छ। केन्द्रको समिकरण अकास्मात फेरिएपछि गण्डकीको मुख्यमन्त्री बनेका अधिकारी समिकरण बदलिएसँगै अल्पमतमा परेका हुन्। चैत १० गते माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिँदै सरकार समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारी अल्पमतमा […]
परीक्षाका कारण स्ववियु निर्वाचनमा कम मत खस्ने चिन्ता
काठमाडौं । चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । त्यसका लागि त्रिभुवन विश्वविद्यालयले तयारी थालेको छ । त्रिविका ६२ वटा आंगिक क्याम्पस र सम्बन्धनप्राप्त १ हजार ४० क्याम्पसमा निर्वाचन गर्न भनिएको छ । केही आंगिक क्याम्पसमा चुनावी प्रक्रिया रोकिएको छ । त्यो बाहेकका अधिकांश क्याम्पसमा सहज रूपमा चुनावी प्रक्रिया अगाडि बढेको छ । त्यस्तै केही […]
उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन ५ गते राष्ट्रपति समक्ष पेश गरिने

काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन चैत ५ गते राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगका अनुसार शुक्रबार सम्पन्न निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त […]
माओवादी धारका नेताहरुको बैठक जारी

२३ फागुन, काठमाडौं । माओवादी धारका नेताहरुको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति), नेकपा माओवादी समाजवादीका […]
राजाको भद्धा नक्कल गराएका कारण राष्ट्रपति संस्था विवादमा पर्यो: गगन थापा

काठमाडौं, फागुन १९- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिलाई राजाको भद्धा नक्कल गराएका कारण राष्ट्रपति संस्था विवादमा परेको र यसमा दलहरुको पनि दोष रहेको बताएका छन् । बागमति प्रदेशका सांसदहरुका लागि काठमाडौंमा भएको अभिमुखिकरण कार्यक्रमलाई संबोधन गर्दै थापाले राष्ट्रपतिले हिँड्दा खेरी पनि हिजोको राजाजस्तो हिँडेको मिल्यो कि मिलेन, दर्शन गरेको मिल्यो कि मिलेन भनेर […]
रास्वपा गण्डकीको सभापतिमा नवलपुरका युवा नेता गौतम निर्वाचित

देवचुली राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम निर्वाचित हुनुभएको छ। रास्वपा गण्डकी प्रदेशको विस्तारित बैठकले गौतमलाई सभापतिको जिम्मेवारी सुम्पिएको हो। ५० सदस्यीय प्रदेश कमिटीमा नवलपुरका गौतम सभापति हुनुभए सँगै कास्कीका अशोक खड्का महामन्त्री हुनुभएको छ। पार्टीको आगामी महाधिवेशन सम्मको लागी गठन गरिएको यस प्रदेश कमिटीमा अन्य रिक्त पदाधिकारीको चयन प्रदेश सभापति गौतम आफैले […]
कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ । आज बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । अहिले न्यौपानेसँग संसदीय दलको कार्यालयमा छलफल भइरहेको छ । छलफलपछि उनले आजै संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गर्नेछिन् । सरकारलाई समर्थन गरेको नेपाली कांग्रेसले सभामुखको विषयमा अन्य राजनीतिक दलहरुसँग समेत छलफल गरिरहेको छ […]
समर्थन फिर्ताको धम्कीपछि रविले पाए गृहमन्त्री

सरकार गठन भएको दोस्रो दिनमै सत्ता गठबन्धनभित्र विवाद उत्पन्न भएको छ। मन्त्रालय बाँडफाँडको विषयलाई लिएर गठबन्धनभित्र विवाद उत्पन्न भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गृहमन्त्री दिने विषयमा गठबन्धनभित्रकै नेताहरूबीच मतभेद् सिर्जना भएको हो । तर गृह मन्त्री नपाए सरकारलाई गरेको समर्थन नै फिर्ता लिन्छु भनेपछि गठबन्धनका नेताहरू लामिछानेलाई गृह मन्त्रालय दिन बाध्य […]
प्रधानमन्त्रीका लागि देउवा र प्रचण्डबीच हानथाप

राष्ट्रपतिबाट सरकार गठन आह्वान भएको तेस्रो दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भए। उनले गगन थापालाई ३९ मतान्तरले पराजित गर्दै छैटौंपटक प्रधानमन्त्री बन्ने बाटो खुला बनाए। तर उनका लागि तगारो बनेका छन्, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। जसरी पनि पहिलो लटमा प्रधानमन्त्री बन्ने चाहना राखेका प्रचण्डले देउवालाई दबाब बढाउँदै […]