भोलिदेखि राजनीतिक दलले जुलुस, आमसभा र कोणसभा गर्न पाउने

नवलपुर । राजनीतिक दलहरुले बिहीबारदेखि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने छन् । राजनीतिक दलहरुले बिहीबारबाट सञ्चार माध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न समेत पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार राजनीतिक दलहरुले मंसिर १ गतेसम्म यस्ता कार्यक्रम गर्न पाउने छन् । निर्वाचन आचारसंहिता, २०७९ […]

प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित

२६ असोज, पोखरा । मनाङबाट प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट प्रदेश सभा सदस्यका लागि दिपक मनाङे भनेर चिनिने राजीव गुरुङसँगै दोर्जे लामाको उम्मेदवारी परेको थियो ।   कांग्रेस र एमाले दुबैले मनाङेलाई समर्थन गर्दै उम्मेदवारी दिएका थिएनन् । मनाङले सुरुमा सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने बताएका थिए […]

गायक तथा रचनाकार हुम गैरे प्रदेश सभा निर्वाचनका लागि समानुपातिकबाट सिफारिस

हुम गैरे गायन, सिर्जना र उद्घोषणमा समेत सफल र स्थापित नाम हो । उनी पछिल्लो समयमा कलाकारितामा कम राजनीतिमा बढी सक्रिय देखिन्छन्। हुमले राजनीतिमा चालेको सकारात्मक सक्रियताको प्रतिफल स्वरुप आगामी मंसीर ४ गते हुने प्रदेश सभा निर्वाचनमा समानुपातिक उम्मेदवारको लागि सिफारिस भएका छन्। पाल्पा निर्वाचन क्षेत्र नं.१ (क) बाट नेकपा एमालेको तर्फबाट समानुपातिक उम्मेदवार को […]

कोईराला र चौधरी सहित सहित नवलपुर क्षेत्र नं १ मा प्रत्यक्ष तर्फ ६ जना आकांक्षी

नवलपुर । नवलपुर मंसिर ४ गते हुने संघीय तहको निर्वाचनका लागि काँग्रेसबाट नवलपुर निर्वाचन क्षेत्र नं. १ मा उम्मेद्वार बन्न १७ जनाले नाम दर्ता गराएका जसमध्ये ६ जनाले प्रत्यक्षतर्फ नाम दर्ता गराएका हुन । प्रत्यक्ष तर्फ केन्द्रिय सदस्य, डा. शशांक कोइराला, केन्द्रिय सदस्य विनोद चौधरी, हेमराज कोइराला, गणेश सापकोटा, ओमकला गौतम र महेन्द्रभक्त अधिकारीले नाम […]

यस्ता छन रवि लामिछानेको पार्टीका पदाधिकारी

काठमाडौं, भदौ ७ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारीहरु नियुक्त गरेको छ। सो पार्टीको सोमवार बसेको केन्द्रीय समिति बैठकले डोल प्रसाद अर्याललाई उपसभापति, मुकुल ढकाललाई महामन्त्री, कविन्द्र बुर्लाकोटीलाई सह–महामन्त्री र बसुमाया तामाङलाई सह–कोषाध्यक्षमा नियुक्त गरेको छ।   बैठकले आगामी निर्वाचन प्रयोजनका लागि केन्द्रीय सदस्य विपिन आचार्यको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ भने […]

स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिनै मिल्दैन : गगन थापा

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बीमाको जिम्मा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको कार्यक्रममा बोल्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहेका निजी क्षेत्रलाई स्वास्थ्य बीमा गर्न दिए दिए त्यो बीमा नै नरहने धारणा राखे ।   स्वास्थ्य बीमाको पहुँच सबैमा पुर्‍याउने लक्ष्यका साथ यो […]

सरकार विरुद्ध एमाले नवलपुरको विरोध प्रदर्शन

राजु चापागाईं/कावासोती । नेकपा (एमाले) नवलपुरले महङ्गी र भ्रष्टाचारको विरोधमा कावासोतीमा आज बृहत जनप्रदर्शन गरेको छ। सरकारले महङ्गी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै एमाले नवलपुरका जनसंगठनहरुको संयुक्त आयोजनामा बुधबार जनप्रदर्शन गरिएको हो । वर्तमान गठबन्धन सरकारको गलत कामविरुद्ध खबरदारीका लागि एमालेका जनसंगठनहरुले जनप्रदर्शन गरेका एमाले नवलपुरले जनाएको छ । जनप्रदर्शन एमाले नवलपुर पार्टी कार्यालयबाट […]

रविको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता, चुनाव चिन्ह घण्टी नै

नवलपुर । रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। पार्टीको नामलाई लिएर उत्पन्न विवाद किनारा लगाउँदै आयोगले सोही नामलाई मान्यता दिएको हो।   प्रस्तावित चुनावचिन्ह घण्टीलाई पनि आयोगले आधिकारिकता दिएको पार्टीका प्रवक्ता मुकुल ढकालले बताए।

लोसपासँग एकीकरण गर्न जसपाका दुवै पक्षको प्रस्ताव

जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्षले पार्टी एकीकरण गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग प्रस्ताव गरेका छन्। एकीकरणका लागि जसपाका संघीय परिषद् का अध्यक्ष डा. बाबुराम भट्टराईले लोसपाका शीर्ष नेताहरूसँग भेटघाट गरेका हुन् । कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै वार्ताका लागि लोसपाका नेताहरूलाई आह्वान गरिसकेका छन् । यादवनिकट दोस्रो तहका नेताहरूले पनि […]

एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दै

नेकपा (एमाले) केन्द्रीय कार्यालय बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकले भोलि बस्ने सचिवालयको बैठकको कार्यसूचीहरू निर्धारण गर्नेछ ।   महासचिवको अध्यक्षता रहने केन्द्रीय कार्यालयको बैठकमा उपमहासचिव र सचिवहरू सदस्य रहने व्यवस्था छ । सचिवालयको बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा, निर्वाचनमा ‘अन्तर्घात’ गर्ने नेता कार्यकर्तामाथिको कारबाहीदेखि नेता घनश्याम भुसालको […]