देवचुली


राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम निर्वाचित हुनुभएको छ।



रास्वपा गण्डकी प्रदेशको विस्तारित बैठकले गौतमलाई सभापतिको जिम्मेवारी सुम्पिएको हो।

५० सदस्यीय प्रदेश कमिटीमा नवलपुरका गौतम सभापति हुनुभए सँगै कास्कीका अशोक खड्का महामन्त्री हुनुभएको छ।
पार्टीको आगामी महाधिवेशन सम्मको लागी गठन गरिएको यस प्रदेश कमिटीमा अन्य रिक्त पदाधिकारीको चयन प्रदेश सभापति गौतम आफैले छिट्टै गर्ने हेर्नेपाटीलाई जानकारी दिनुभएको छ।








