Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

प्रधानमन्त्रीका लागि देउवा र प्रचण्डबीच हानथाप

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

राष्ट्रपतिबाट सरकार गठन आह्वान भएको तेस्रो दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भए। उनले गगन थापालाई ३९ मतान्तरले पराजित गर्दै छैटौंपटक प्रधानमन्त्री बन्ने बाटो खुला बनाए। तर उनका लागि तगारो बनेका छन्, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’।

 

जसरी पनि पहिलो लटमा प्रधानमन्त्री बन्ने चाहना राखेका प्रचण्डले देउवालाई दबाब बढाउँदै लगेका छन्। बुधबार अर्थमन्त्रीसमेत रहेका पार्टीका उपमहासचिव जनार्दन शर्मा प्रचण्डका दूत बनेर बालुवाटार पुगेका थिए। यही गठबन्धनलाई जोगाउँदै नयाँ सरकार बनाउनुपर्ने अर्थमन्त्री शर्माले प्रधानमन्त्री देउवालाई सुझाएका थिए। तर त्यसका लागि प्रचण्डलाई पहिले सरकारको नेतृत्व दिनुपर्ने उनको आग्रह थियो।

‘आलोपालो गर्ने विषयमा तपाईं र हाम्रोबीच राम्रो अन्डरस्ट्यानिङ छ। सरकारको नेतृत्व गर्ने पालो अब माओवादीलाई दिनुपर्छ। त्यसपछि फेरि पालो त तपाईंकै हो,’ अर्थमन्त्री शर्माको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

प्रचण्डले देउवालाई गलाउनकै निम्ति ‘एमाले कार्ड’ खेलेको स्रोतको दाबी छ। माओवादी अहिले पनि यही गठबन्धनलाई निरन्तरता दिन चाहेको स्रोतको भनाइ छ।

‘माओवादी यही गठबन्धनलाई निरन्तरता दिन चाहन्छ। तर त्यससँगै पहिले सरकारको नेतृत्व पनि दाबी गर्छ,’ माओवादीका एक नेताले भने। देउवाले मनोमानी गरे गठबन्धनबाट बाहिरिने र एमालेसँगको सम्बादलाई अगाडि बढाउने ती नेताको भनाइ छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
2-mantri

गौरीकुमारी यादव उद्योग र रामजी यादव श्रममन्त्री...

  • २ दिन अगाडि

नेपाली चलचित्रका लागि २०८२ : दर्शक, व्यापार...

  • २ दिन अगाडि
ramchandra-paudel

आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक...

  • २ दिन अगाडि
pahad-and-ramnam-satyals-fe-f-1775626040-1024x576

नयाँ वर्षमा ‘पहाड’ र ‘राम नाम सत्य’...

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved