Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

परीक्षाका कारण स्ववियु निर्वाचनमा कम मत खस्ने चिन्ता

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौं । चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । त्यसका लागि त्रिभुवन विश्वविद्यालयले तयारी थालेको छ । त्रिविका ६२ वटा आंगिक क्याम्पस र सम्बन्धनप्राप्त १ हजार ४० क्याम्पसमा निर्वाचन गर्न भनिएको छ । केही आंगिक क्याम्पसमा चुनावी प्रक्रिया रोकिएको छ । त्यो बाहेकका अधिकांश क्याम्पसमा सहज रूपमा चुनावी प्रक्रिया अगाडि बढेको छ । त्यस्तै केही सम्बन्धनप्राप्त कलेजले समेत स्ववियु निर्वाचनको प्रक्रिया अगाडि बढाइरहेका छन् ।

विगतमा स्ववियुलाई मिनी संसद् पनि भनिन्थ्यो । त्यो बेला स्ववियु निर्वाचनका लागि सम्पूर्ण राज्य शक्ति केन्द्रित हुन्थ्यो । राजनीतिक दल तथा विद्यार्थी संगठनहरू समेत स्ववियु निर्वाचनमा आफ्नो सबै शक्ति केन्द्रित गर्दै आएका थिए तर, अहिले विद्यार्थी संगठनहरूमा मात्र चुनावको सरगर्मी देखिन्छ ।

काठमाडौं उपत्यकाका अधिकांश कलेजमा जाँदा माहोल खासै देखिएन । विद्यार्थीमा चुनावी रौनक भने कम देखिन्छ । स्ववियु चुनावप्रति विद्यार्थीहरूले खासै चासो राखेको देखिँदैन । त्यसको अनुभूति स्वयम् उम्मेदवारहरूले समेत गरेका छन् ।

निर्वाचन लगत्तै कलेजमा हुने परीक्षाका कारण पनि विद्यार्थीहरु स्ववियु निर्वाचनप्रति त्यति उत्साहित नभएको आकलन गरिएको छ । यतिबेला विद्यार्थीहरू स्ववियु निर्वाचनभन्दा पनि आफ्नो परीक्षाको तयारीमा जुटेका देखिन्छन् ।

२ हजार ६९९ विद्यार्थी अध्ययनरत पुल्चोक इन्जिनियरिङ कलेज यतिबेला सुनसान देखिन्छ । त्यहाँका विद्यार्थीहरू परीक्षाको तयारीमा जुटेका छन् । विद्यार्थीहरू नै कलेजमा नआएपछि उम्मेदवारहरूले सामाजिक सञ्जालको माध्यमबाट भोट मागेका छन् । उनीहरूले फेसबुक, म्यासेज जस्ता माध्यमको प्रयोग गरेर विद्यार्थीहरूसँग आफूहरूलाई मत दिन आग्रह गरेका हुन् ।

त्यस्तै थापाथली इन्जिनियरिङ कलेज, शंकरदेव क्याम्पस जस्ता धेरै विद्यार्थी रहेको कलेजमा समेत निर्वाचन गतिविधि शून्यजस्तै देखिन्छ । यतिसम्म कि उम्मेदवारहरूलाई मतदाता विद्यार्थी खोज्न निकै गाह्रो भइरहेको हुन्छ ।

पुल्चोक इन्जिनियरिङ कलेजमा अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिका उम्मेदवार विराज अर्यालले परीक्षाका कारण विद्यार्थीहरू मतदान गर्न नआउने हुन् कि भन्ने चिन्ता रहेको बताए । ‘निर्वाचन लगत्तै चैत १५ गतेदेखि परीक्षा सुरू हुन्छ । विद्यार्थीहरू परीक्षाको तयारीमा व्यस्त भएकाले कलेज सुनसानजस्तै देखिन्छ । हामीलाई डर के पनि छ भने कतै विद्यार्थीहरू मतदान गर्न नआउने हुन् कि !’ उनले भने ।

थापाथली इन्जिनियरिङ कलेजमा नेविसंघको तर्फबाट स्ववियु सभापतिमा उम्मेदवार पुष्कर विक्रम शाहीले परीक्षाका कारण यो पटक कम मत खस्न सक्ने बताए । आफूहरूले विद्यार्थीहरूलाई लामो समयपछि आएको आफ्नो मताधिकारको प्रयोग गर्न अनुरोध गर्दै आएको उनको भनाइ छ ।

रत्नराज्यलक्ष्मी कलेज (आरआर) मा पनि स्ववियु निर्वाचनको खासै माहोल देखिँदैन । विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताहरूमा मात्र निर्वाचनको चर्चा छ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा समेत विद्यार्थीहरूमा स्ववियु निर्वाचनप्रति खासै चासो दिएको देखिँदैन । उम्मेदवारहरूले समेत विद्यार्थीमाझ चुनावी माहोल तताउने खालका कुनै गतिविधि गरेको पाइँदैन ।

विद्यार्थीमा समेत एकातिर बौद्धिक तथा शैक्षिक एजेण्डा बोकेको उम्मेदवार नपाएको गुनासो छ । ‘विगतमा क्याम्पसमा तालाबन्दी गर्दै हिँडेका, मागको नाममा अनावश्यक अडान राख्दै आएका, विद्यार्थीका नाममा आफ्ना एजेण्डा सेट गर्ने खालका उम्मेदवार देखिन्छन्, यस्तालाई भोट दिँदा खासै सुधार हुने देखिँदैन,’ केन्द्रीय क्याम्पसमा अध्ययनरत भुवन कठायतले भने ।

परीक्षा आइरहेको अवस्थामा यदि सक्षम उम्मेदवार उठेको भए भोट दिन जाँगर चल्ने तर त्यस्तो उम्मेदवार नै नदेखिएकाले मतदानका दिन उपस्थित हुनसमेत आफूलाई जाँगर नचलेको उनी बताउँछन् ।

त्रिविले सबै क्याम्पसलाई विद्यार्थीहरूलाई सहज रूपमा मतदान गर्ने वातावरण बनाउन आग्रह गरेको छ । देशभरका क्याम्पसलाई निर्देशन दिँदै त्रिविले बढीभन्दा बढी विद्यार्थीलाई मतदान गराउने व्यवस्था मिलाउन भनेको हो ।

निर्वाचनको दिन हुनसक्ने सम्भावित घटनालाई न्यूनीकरण गर्न सुरक्षा निकायले समेत सजगता अपनाएको छ । गृह मन्त्रालयले सुरक्षा निकायलाई सहज रूपमा निर्वाचन सम्पन्न गराउन भनेको हो ।

त्रिभुवन विश्वविद्यालय विद्यार्थी तथा खेलकुद निर्देशनालयका निर्देशक प्रोफेसर पशुपति अधिकारीले निर्वाचन सहज रूपमा सम्पन्न गराउने जिम्मेवारी सम्बन्धित कलेजको भएको बताए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै

Lemon casino

  • ५ घण्टा अगाडि

Vivaro Казино

  • ५ घण्टा अगाडि

Winwinbet

  • ५ घण्टा अगाडि

strendus casino

  • ५ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved