Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

संघीय सरकारले चार किस्तामा वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्ने

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

काठमाडौँ । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई चार किस्तामा वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार अनुदानको एक चौथाइले हुन आउने रकम महालेखा कार्यालयमार्फत चार किस्तामा वितरण गरिने भएको हो । जसअनुसार सम्बन्धित प्रदेश तथा स्थानीय तहको सञ्चित कोषमा भदौ २, कात्तिक २, माघ २ तथा २०८२ वैशाख २ मा अनुदान हस्तान्तरण गरिने मन्त्रालयले जनाएको छ ।

वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्दा पुस मसान्तसम्मको राजश्व लक्ष्य र सो अवधिमा संकलन भएको राजश्व अनुपातको आधारमा समानीकरण अनुदान निर्धारण गरिने छ । सोही बमोजिम तेस्रो किस्ताको रूपमा र चैत मसान्तसम्मको राजश्वको लक्ष्य र संकलन भएको राजश्वको आधारमा समानीकरण अनुदान पुनः निर्धारण गरी चौथो किस्ताको रूपमा हस्तारन्तरण गरिने मन्त्रालयले जनाएको छ ।

यसैगरी वित्तीय समानीकरण अनुदानबाट खर्च भएको रकमको विवरण प्रदेश र स्थानीय तहले २०८१ कात्तिक १, माघ १, २०८२ वैशाख १ र वार्षिक आर्थिक विवरण आगामी आर्थिक वर्षको साउन मसान्तभित्र तथा संघीय सरकारबाट हस्तान्तरण भएको रकमको खर्च विवरण सरकारले निर्धारण गरेको समयमा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझाउनु पर्ने छ ।

सो बमोजिमको विवरण प्राप्त नभएसम्म वित्तीय समानीकरण अनुदान बापतको बाँकी रकम प्रदेश वा स्थानीय तहको सञ्चित कोषमा हस्तान्तरण नगरिने अर्थ मन्त्रालयको चालु आर्थिक वर्षको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा उल्लेख छ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • १७ घण्टा अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • १८ घण्टा अगाडि
601953632_10225313283097485_3191257905718857191_n-edited-1536x1152

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको...

  • १८ घण्टा अगाडि
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved