Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

प्रधानमन्त्रीलाई सम्पादकहरूको संयुक्त पत्र

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया गिरफ्तारबारे आफ्ना असहमतिसहित मुलुकका प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्त पत्र लेखेका छन् ।

बुधवार लेखिएको पत्रमा मङ्गलवार गिरफ्तार गरिएका सिरोहियाले कानुनविपरित कुनै कार्य गरेको भए कानुनले तोकेबमोजिम सजाय भोग्नुपर्ने तर उनलाई जुन परिस्थितिमा जस्तो आरोप लगाएर गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको उल्लेख छ ।

‘कुनै पनि सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई हामीले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएका छौँ। उनलाई लगाइएका आरोपबारे सरकारी निकायले कहिल्यै सोधपुछ गरेको छैन। हिजो एक्कासि उनलाई नागरिकतासँग जोडिएका केही प्राविधिक विषयलाई लिएर गिरफ्तार गरिएको छ। यो विषय अब अदालतले नै निरूपण गर्नेछ’ पत्रमा भनिएको छ ।

पत्रमा गृहमन्त्री रवि लामिछाने दुई वटा पासपोर्ट बोकेको कसुरमा सजायको भागीदार रहेको र सहकारी ठगी प्रकरणमा पनि दोषी देखिएकाले निष्पक्ष छानबिनसहित अभियोजनका लागि पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको छ ।

यस्तो छ, सम्पादकहरूले प्रधानमन्त्रीलाई लेखेको संयुक्त पत्र :

प्रधानमन्त्रीलाई सम्पादकहरूको संयुक्त पत्र
सम्माननीय प्रधानमन्त्रीज्यू,
नेपालका प्रमुख सञ्चार माध्यममा कार्यरत हामी सम्पादकहरू पछिल्लो पटक सञ्चार गृहमा भएको धरपकडका सम्बन्धमा निम्न विषयहरूमा तपाईँको ध्यानाकृष्ट गर्न चाहन्छौंः

१.कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले उनकै कार्यकक्षबाट मङ्गलवार गिरफ्तार गरेको छ। नेपालको कानुन सबै नागरिकले समान रूपमा पालना गर्नुपर्छ र सिरोहियाले कानुन विपरीत कुनै पनि काम गरेका भए कानुनले तोकेबमोजिम सजाय भोग्नुपर्छ। यसका लागि आफू तयार रहेको सिरोहिया स्वयंले पनि सार्वजनिक रूपमै बताइसकेका छन्।

२.जुन परिस्थितिमा, जस्तो आरोप लगाएर, जसरी कैलाश सिरोहियालाई गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको छ। कुनै पनि सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई हामीले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएका छौँ। उनलाई लगाइएका आरोपबारे सरकारी निकायले कहिल्यै सोधपुछ गरेको छैन। हिजो एक्कासि उनलाई नागरिकतासँग जोडिएका केही प्राविधिक विषयलाई लिएर गिरफ्तार गरिएको छ। यो विषय अब अदालतले नै निरूपण गर्नेछ।

३.प्रधानमन्त्रीज्यू, हामी तपाईँलाई स्मरण गराउन चाहन्छौँ- तपाईँको सरकारमा पहिलो पटक गृहमन्त्री बन्दा रवि लामिछाने नेपालका नागरिक थिएनन्। अदालतको फैसलापछि उनले नेपालको नागरिकता पुनः प्राप्त गरेका भए पनि एकै पटक दुई देशको राहदानी बोकेको गम्भीर कसुरमा उनी सजायका भागीदार थिए र छन्।

४. गृहमन्त्री रवि लामिछाने अहिले मिडियामाथि किन शत्रु भावका साथ जाइलागेका छन् भन्ने पनि हामी स्पष्ट गर्न चाहन्छौँ। सहकारी ठगीको समस्या विकराल बनेको छ। अहिले लाखौँ नेपालीले सहकारीमा बचत गरेको अर्बौँ रुपैयाँ अपचलनमा परेको छ र उनीहरूले आफ्नै पैसा फिर्ता पाएका छैनन्। गृहमन्त्री रवि लामिछाने स्वयं र उनी पहिले साझेदार रहेको गोर्खा मिडिया नेटवर्कले विभिन्न सहकारीमा आम मानिसले राखेको करिब एक अर्ब रुपैयाँ अपचलन गरेका समाचार मिडियाले निरन्तर लेखिरहेका छन्।

मिडियाले लेखेका यिनै समाचारलाई उनले गरिमामय संसद्‌मा उभिएर आफूमाथि मिडिया ट्रायल भएको बताएका छन्। जबकि पालिका तहमा भएका छानबिन र स्वयं नेपाल प्रहरीको सिआइबीले गरेका छानबिनले उनी र उनी सञ्चालक रहेको मिडिया कम्पनीले सहकारीको रकम हिनामिना गरेको स्थापित गरेका छन्। सत्ता दुरुपयोग गरेर आफूमाथि अभियोजन हुने र मुद्दा लाग्ने कुरालाई गृहमन्त्रीले रोकेका छन्। हामी यसबारे पनि प्रधानमन्त्रीको ध्यानाकृष्ट गराउन चाहन्छौँ र उनीमाथि प्रहरीले गरिरहेको छानबिन निष्पक्षतापूर्वक अघि बढाउने र मुद्दाको निष्पक्षतापूर्वक अभियोजन हुने वातावरण बनाउनु तपाईँको जिम्मेवारी रहेको स्मरण गराउँछौँ।

५.नेपाली सञ्चार जगतमा लामो समयदेखि काम गरिरहेका हामी सम्पादकहरू प्रेस स्वतन्त्रता, कानुनको शासन र आफ्नो जिम्मेवारीप्रति सचेत छौँ। र, त्यसको रक्षा गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न कुनै सम्झौता गर्ने छैनौँ भन्ने पनि स्पष्ट गर्न चाहन्छौँ।

प्रतीक प्रधान– बाह्रखरी
शिव गाउँले– अनलाइन खबर
अमित ढकाल– सेतोपाटी
किरण नेपाल – खोज पत्रकारिता केन्द्र
युवराज घिमिरे– देश सञ्चार
सुधीर शर्मा
मदन लम्साल – अभियान
विमल गौतम – लोकान्तर
सागर पण्डित – नेपाल समाचारपत्र
राजाराम गौतम
सुजित महत – उकालो
पूर्णबहादुर बस्नेत – नेपाल खबर
वसन्त बस्नेत – अनलाइन खबर
हरिबहादुर थापा – बाह्रखरी
उमेश चौहान – कान्तिपुर
रामेश्वर बोहरा – उकालो
कोषराज कोइराला – रिपब्लिका दैनिक
गुणराज लुइँटेल – नागरिक दैनिक
रूपेश श्रेष्ठ – कान्तिपुर टिभी
अखण्ड भण्डारी – अन्नपूर्ण पोस्ट
विश्वास बराल – द काठमाडौँ पोस्ट
सरोज मिश्र – राजधानी दैनिक
अरुण बराल – खबरहब
कमलदेव भट्टराई – अन्नपूर्ण एक्सप्रेस
प्रकाश रिमाल
कसमस विश्वकर्मा
सञ्जीव सतगैयां
विजय पौडेल – कान्तिपुर टिभी
रामप्रसाद दाहाल – रातोपाटी
दुर्गा खनाल – ई कान्तिपुर
पुष्प दुलाल – क्लिकमाण्डु

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • १९ घण्टा अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • १९ घण्टा अगाडि
601953632_10225313283097485_3191257905718857191_n-edited-1536x1152

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको...

  • २० घण्टा अगाडि
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved