जनताको पक्षमा एकपक्षीय भएर लाग्छौँः सभापति रवि लामिछाने

चितवन,मंसिर ९- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका पक्षमा एकपक्षीय भएर लाग्ने बताउनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ निर्वाचित प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले देशहित, नागरिक र जनजीविकाका लागिसँगै अघि बढ्ने बताउनुभयो । समाजलाई टेवा दिने र मुलुकवासीका लागि काम गर्ने आफ्नो उद्देश्य हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी निर्वाचित सांसद […]
उमेश र कृष्णभक्तलाई पछिपार्दै चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी

चितवन, मंसिर ८- चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछाने ४९ हजार २६४ मतले बिजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार २८१ मतान्तरले पराजित गरेका हुन् । त्यस्तै उनले ४९ हजार २६४ मत ल्याउदा नेपाली काँग्रेसका […]
नवलपरासी पूर्व-१ बाट कांग्रेस नेता शशांक कोइराला विजयी

काठमाडौं, मंसिर ८- नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित भएका छन् । उनले २७ हजार ६७ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरे । पौडेलले २५ हजार ४७ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम २४ हजार ५ मत ल्याउँदै तेस्रो स्थानमा रहे […]
एमालेका गाहा दोस्रो पटक प्रदेशसभामा निर्वाचित

कावासोती । नेकपा एमालेका नेता रोशनबहादुर गण्डकी प्रदेशसभामा निर्वाचित हुनुभएको छ । उहाँ पुर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र १(२) बाट दोस्रो पटक निर्वाचित हुनुभएको हो । गाहाले १७ हजार ८ सय २३ मत ल्याएर विजयी हुनु भएको छ भने उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका लोकप्रसाद भुर्तेल ले १४ हजार १ […]
प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाको मतपत्र भेटिएपछी नवलपुर-२ को मतगणना रोकियो

कावासोती । नवलपुर क्षेत्र नं २ को प्रतिनिधि सभा तर्फको मतगणना रोकिएको छ । प्रतिनिधि सभा प्रत्यक्ष तर्फको मतपेटिकामा प्रदेशको प्रत्यक्ष तर्फको मतपत्र भेटिए पछि मतगणना स्थगित भएको हो । विनयी त्रिवेणी गाउँपालिका वडा नं १ को प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपेटिका खोलेर मतपत्र मिलाउने क्रममा प्रदेश प्रत्यक्ष तर्फका मतपत्र भेटिए पछि मतगणना स्थगित भएको […]
कांग्रेस सभापति जिसी प्रदेश सभा सदस्यमा निर्वाचित

कावासोती । गण्डकी प्रदेशको मुख्यमन्त्रीको दावेदार मानिएका नेपाली कांग्रेस पुर्वी नवलपरासीका सभापति महेन्द्रध्वज जि.सि. गण्डकी प्रदेशसभामा निर्वाचित भएका छन । उहाँ पुर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र १(१) बाट निर्वाचित भएका हुन । २०७४ सालको निर्वाचनमा पनि कांग्रेस विजयी भएको यो क्षेत्रमा कांग्रेस जिल्ला सभापति समेत रहेका महेन्द्र ध्वज जिसीले १५ हजार १ सय ३७ मत […]
‘प्रेम गीत’ अभिनेता प्रदीपले मागे गगनलाई भोट

‘प्रेम गीत’ अभिनेता प्रदीप खड्काले गगन थापालाई भोट मागेका छन् । केही दिनअगाडि नवलपरासी पुगेर कांग्रेस उम्मेदवार विनोद चौधरीलाई भोट मागेका खड्काले अहिले कांग्रेसबाट काठमाडौं क्षेत्र न ४ का उम्मेदवार बनेका गगन थापालाई भोट मागेका हुन् । गगनको चुनावी घरदैलोमै पुगेर प्रदीपले उनको पक्षमा भोट मागेका छन् । प्रदीपले घरदैलोमा पुगेर आफ्ना लागि भोट […]
निर्वाचन जिताउनुस भ्रष्टाचार निर्मुल पार्छौ : अध्यक्ष लामिछाने

रासस/कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आगामी निर्वाचनमा जिताए देशको मुल समस्या रहेको भ्रष्टाचार निर्मुल पार्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । पुर्वी नवलपरासीको कावावासोतीमा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले आफ्नो दलले बहुमत प्राप्त गरेमा अहिले सम्मका भष्टाचारका मुद्दाको छानविन गर्ने र दोषीलाई कार्वाहीको दायरामा ल्याउने दाबी गर्नु भएको हो आफु र आफ्नो […]
त्रिवेणी दुम्किबास सडक मेरो प्रमुख प्राथमिकता : कार्की

नवलपुर – नेपाली कांग्रेसका नेता एवं नवलपुर क्षेत्र नं २ प्रतिनिधि सभाका लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार विष्णु कुमार कार्कीले त्रिवेणी दुम्किबास सडक आफ्नो प्रमुख प्राथमिकता भएको बताएका छ्न । सोमबार विनयी त्रिवेणी गाउँपालिकाको वडा नं ६ र ७ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कार्कीले त्रिवेणी दुम्किबास सडक आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताएका हुन । […]
मतदातालाई कुर्सी बांडिएको घटना तत्काल छानबिन गर्न आयोगलाई लोकतान्त्रिक वाम गठबन्धनको आग्रह

कावासोती । नवलपुरको बौदीकालीमा मतदाता लाई प्रभावित पार्न कुर्सी बाडिएको भिडियो सार्वजनिक भए पछि तत्काल घटनाको छानबिन गर्न लोकतान्त्रिक वाम गठबन्धन बौदीकालीले निर्वाचन आयोगको ध्यानार्कषण गराएको छ । गठबन्धनका तर्फबाट लोकतान्त्रिक वाम गठबन्धन बौदीकालीका संयोजक एवं नेपाली कांग्रेस बौदीकालीका सभापति केबि राना र नेकपा माओवादी केन्द्र बौदीकालीका अध्यक्ष टोपलाल रुचालले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै […]