सहज उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारबारे बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई लाइन नबसी सहज रूपमा उपचारको व्यवस्था गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले चिकित्सक र […]

बंगलादेशको सरकार सम्हाल्न युनूस स्वदेश फर्किए, छिट्टै चुनाव गराउने प्रतिबद्धता

ढाका । नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस कार्यबाहक सरकारको नेतृत्व गर्न बिहीबार स्वदेश फर्किएका छन् । आरक्षण विरोधी आन्दोलनबाट सुरु भएको बंगलादेशको राजनैतिक असन्तुष्टिले प्रधानमन्त्री शेख हसिनालाई राजिनामा गरी देश छाड्न बाध्य बनाएपछि विद्यार्थी नेताहरूको प्रस्तावमा सरकारको नेतृत्व गर्ने समहतिका साथ उनी स्वदेश फर्किएका हुन् । उनले बंगलादेशमा शेख हसिनाको सरकार अपदस्थ गर्ने क्रममा […]

हसिनाको बहिर्गमनसँगै बंगलादेशमा राजनीतिक नयाँ मोड, पूर्वप्रधानमन्त्री बेगम खालिदालाई रिहा गर्न राष्ट्रपतिको आदेश

एजेन्सी । बंगलादेदेशमा दुई दशकभन्दा लामो समयदेखिको राजनीतिक प्रभाव अन्त्य गर्दै प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि राजनीतिले नयाँ मोड लिएको छ । हाल ७६ वर्षकी हसिना देश छोडेर भारत पुगेको विवरण आएका छन् । सेना प्रमुखले अन्तरिम सरकार गठन गरिने बताएका छन् । सोमबार साँझ राष्ट्रपति मोहम्मद शहाबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियाको रिहाइ गर्न […]

फेरिए ३ प्रदेश प्रमुख, १८ देशमा राजदूत सिफारिस

काठमाडौँ । सरकारले ३ वटा प्रदेशका प्रदेश प्रमुख हेरफेर गर्नुका साथै विभिन्न देशका लागि राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुखलाई हटाउँदै नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो । यस्तै विभिन्न देशमा रिक्त रहेको राजदूतमा सिफारिस गरेको छ भने २१ जना सचिवको एकै पटक सरुवा गरेको छ […]

स्काउट ड्रेसमा बाँसबारीकाे जुत्ता लगाएर बालमन्दिर हुँदै टिकापुर हिँडेको नक्कली भुटानीबन्धु भन्ने आँट गरुन् : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेले सरकार बनाएका कांग्रेस र एमाले दुई ठूला दलको टार्गेटमा आफ्नो दल परेको बताएका छन् । उनले भने,‘संसद्मा पछिल्लो सरकार बनेकोपछिको अभिव्यक्तिबाट स्पष्ट हुन्छ, सरकारमा रहेका दुई ठूला दलको नयाँ राष्ट्रिय स्वतन्त्र पार्टी छ । प्रधानमन्त्रीको अभिव्यक्ति, हिजोको कांग्रेस महामन्त्रीको अभिव्यक्ति र आज विषायन्तर गर्न […]

दिउँसै टर्च बालेर सुदूरपश्चिमका सांसदले खोजे सरकार

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनमा सरकारको उपस्थिति नभएपछि प्रतिपक्षी दलहरूले सोमबार दिउँसै मोबाइलको टर्च बालेर सरकारको खोजी गरेका छन् । सोमबार २ बजे बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री तथा मन्त्रीहरूको उपस्थिति नभएपछि प्रतिपक्षी दलहरूले टर्च बालेर सरकारको खोजी गरेका हुन् । टर्च बालेर सरकार खोजिरहेको बताउँदै एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले […]

संघीय सरकारले चार किस्तामा वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्ने

काठमाडौँ । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई चार किस्तामा वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार अनुदानको एक चौथाइले हुन आउने रकम महालेखा कार्यालयमार्फत चार किस्तामा वितरण गरिने भएको हो । जसअनुसार सम्बन्धित प्रदेश तथा स्थानीय तहको सञ्चित कोषमा भदौ २, कात्तिक २, माघ २ तथा २०८२ वैशाख २ […]

डिजिटल माध्यमबाट शुभकामना दिन प्रधानमन्त्री ओलीको अनुरोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यमबाट दिन अनुरोध गरेका छन् । उहाँले आज सामाजिक सञ्जाल फेसबुकमार्फत समयको बचतका लागि त्यसो गर्न अनुरोध गरेका हुन् । प्रधानमन्त्री ओलीले भेटमा बधाई तथा शुभकामना दिन चाहनेलाई पनि खादा प्रयोग नगर्न अनुरोध गरेका छन् । उनले आफ्ना शुभेच्छुकलाई सकेसम्म म्यासेञ्जरबाट सन्देश […]

सिमलताल बस बेपत्ता : गठित कार्यदलले गर्यो काम सुरू

काठमाडौं । गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम थालेको छ । गृहमन्त्री रमेश लेखकले पद बहालीका क्रममा उक्त घटना अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । दश दिनको कार्यादेश दिइएको […]

अध्यक्ष ओली चौथो पटक प्रधानमन्त्री नियुक्त, सोमबार शपथ

२०८१ असार ३० गते काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । अध्यक्ष ओलीलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । ओली नेपाली कांग्रससहित केही साना दलहरूको समर्थनमा चौथो पट प्रधानमन्त्री बनेका हुन् । उनी यसभन्दा अगाडि तीन पटक प्रधानमन्त्री भइसकेका छन् । ओलीलाई आइतबार राष्ट्रपति […]