भूटानी नरेश काठमाडौं आए, परराष्ट्रमन्त्री राणाले गरिन् स्वागत

काठमाडौं । भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौँ आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् । भूटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौंमा छन् । उनी आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ […]

ग्रामथानको अध्यक्षमा एमाले, नलगाडको उपप्रमुख माओवादी र ठाकुरबाबा –४ को वडाध्यक्षमा कांग्रेस विजयी

मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार नमोनारायण माझीले छ हजार नौ सय ६९ मत ल्याएर विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उनको निकटतम् प्रतिस्पर्धीमा नेपाली कांग्रेसका बलराम सरदार थारुले पाँच हजार तीन सय ३३ मत ल्याएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए । गत असार ३ गते ग्रामथानका तत्कालीन अध्यक्ष […]

उपनिर्वाचनः आजदेखि मौन अवधि सुरु हुँदै

काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि निषेधित ९मौन० अवधि सुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत […]

इजरायल र हिजबुल्लाहबीच युद्धविराम, बाइडेनले दिए यस्ताे प्रतिक्रिया

काठमाडौँ । इजरायल र इरान-समर्थित समूह हिजबुल्लाहबीचको युद्धविराम भएकाे छ । अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएका हुन् । युद्धविराम बुधबारदेखि लागू भएको छ । यस सम्झौताले इजरायल-लेबनानी सीमामा भएको द्वन्द्वको अन्त्यको मार्ग खोल्नेछ, जसले गएको वर्ष गाजाका कारण सुरु भएको युद्धबाट हजारौं मानिसहरूको ज्यान लिएको थियो। बाइडेनले मंगलबार ह्वाइटहाउसबाट सम्बोधन […]

हवाई टिकट नपाउँदा रविलाई काठमाडौं पठाउने अनिश्चित

११ मंसिर, पोखरा । रास्वपाका सभापति रवि लामिछानेलाई बयानका लागि आज पोखराबाट काठमाडौं पठाउने भनिए पनि हवाई टिकटको व्यवस्था नहुँदा अनिश्चित भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनलाई आज बिहान ८ः४० बजेको बुद्ध एयरको हवाईजहाजबाट काठमाडौं पठाउने भनिएको थियो । तर अहिलेसम्म काठमाडौंबाट हवाई टिकट प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् […]

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध मुद्दामा अनुसन्धान हुने

कावासोती । ‘फेक डकुमेन्ट’को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको अभियोगमा पक्राउ परेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय अपराध सजाय ऐनअन्तर्गत अनुसन्धान हुने भएको छ । प्रधानमन्त्री ओलीमाथि जघन्य आरोप लगाएको आरोपमा पक्राउ परेका उनीमाथि विद्युतीय अपराध सजाय ऐन (साइबर अपराध)अन्तर्गत अनुसन्धान हुने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता होबिन्द्र बोगटीले बताए […]

द्वन्द्वपीडितको गुनासो- देश शान्त भयो, हामी अझै अशान्त छौँ

काठमाडाैँ । आज मंसिर ५, अर्थात दश वर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता दिन । जतिबेला मुलुक २०६३ साल मंसिर ५ गतेको त्यो दिन सम्झेर शान्तिको उत्सव मनाउँछ, त्यतिबेला द्वन्द्वको घाउले पीडितको मन अशान्तिले बिथोलिन्छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्ष (माओवादी) ले अपहरण गरी कुटपिट गर्दा बाँके राप्ती सोनारीका–४ रामरतन चौधरीका दुवै खुटुटा […]

रुसको आक्रमणबाट ६ जनाको मृत्यु भएपछि युक्रेनमा हवाई सतर्कता जारी

किएभ । देशको दक्षिणी भागमा रुसको आक्रमणबाट कम्तीमा ६ जनाको मृत्यु भएपछि युक्रेनी अधिकारीहरूले देशको अधिकांश भागमा हवाई आक्रमणको सतर्कता जारी गरेका छन् । ‘ध्यान दिनुहोस् ! सम्पूर्ण युक्रेनमा क्षेप्यास्त्रको खतरा ! मिग–३१ के उडान भयो’, युक्रेनी वायुसेनाले टेलिग्राममा रुसी बमवर्षक विमानहरू हावामा रहेको पुष्टि गर्दै पोस्ट गरेको छ । यसअघि रुसी हवाई आक्रमणमा दक्षिणी […]

एकीकृत समाजवादीको कार्णली प्रदेश अधिवेशनकाे लागि ५७५ प्रतिनिधि निर्वाचित

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि ५ सय ७५ प्रतिनिधि निर्वाचित भएका छन् । कात्तिक २६ र २७ गते हुने कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन काे लागि ५ सय ७५ प्रतिनिधि निर्वाचित भएका हुन् । अधिवेशनको पार्टी अध्यक्ष माधव नेपालले उद्घाटन गर्ने तय भएको छ । सुर्खेतमा हुने अधिवेशनका लागि […]

प्रधानमन्त्री ओलीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् बैठक : मध्यपूर्व द्वन्द्वको समीक्षा

काठमाडौं । प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बैठकले वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको समीक्षा गरेको छ । परिषद्को उक्त ३५औँ बैठकमा मध्यपूर्वमा बढिरहेको द्वन्द्वले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव, चुनौती तथा त्यहाँ रहेका नेपालीको सुरक्षा र अपनाउनुपर्ने भावी रणनीतिबारे छलफल भएको थियो । अन्तर्राष्ट्रियस्तरमा देखापरेका पछिल्ला घटनाक्रम […]