Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

रवि अन्तिमपटक थप ४ दिन हिरासतमा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले थप ४ दिन हिरासतमा राख्ने अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले रविसहितलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो । यसअघि ७ पटक म्याद थप गर्दै हिरासतमा राखिएका रविलाई ८औँ पटक म्याद थप गरिएको हो ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पछिल्लो पटक थपिएको ५ दिनको म्याद सोमबार सकिएसँगै अदालतमा उपस्थित गराइएका उनीहरूलाई थप ४ दिनको म्याद हिरासतमै राख्न अनुमति दिइएको हो । कास्की प्रहरीले सोमबार अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि मंगलबार लामिछानेलाई अभियोग पत्र दायर गरुन्जेल हिरासतमा राख्न अनुमति माग गर्दै जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

अब ४ दिनभित्रमा लामिछानेविरुद्ध अदालतमा अभियोगपत्र दायर गर्नै पर्ने बाध्यता छ । सम्पत्ति शुद्धीकरणको कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न बढिमा ९० दिन प्रहरीले अनुमति पाउँछ । रविको हिरासत बसाइ ९० दिन नपुगको भए पनि यो मुद्दासंगै जोडिएका छविलाल जोशी पक्राउ परेको शुक्रबार ९० दिन पूरा हुने भएकोले रविको हिरासतक हिसाब पनि यसैसंग जोडिएकोे हो ।

रविविरुद्ध अनुसन्धान सकेर कास्की प्रहरीले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ । लामिछानेसहित ५१ जनाविरुद्ध आगामी शुक्रबारभित्र जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको छ । त्यही तयारीका लागि अदालतले उनीहरूलाई थप ४ दिन हिरासतमै राख्ने अनुमति दिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध ३ वटा अभियोगमा मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका सञ्चालक एवम् पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेको पुस ५ गते ९० दिन पुग्दैछ । लामिछानेलाई पनि जोशी पक्राउ परेको मितिबाट म्याद मिलाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले सोमबार बुझाएको प्रतिवेदन अध्ययन गरिरहेको सरकारी वकिल कार्यालयले अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरिरहेको छ । त्यतिञ्जेलका लागि मंगलबार रविलाई म्याद थप गरेर हिरासतमा राख्ने अनुमति लिइएको हो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १३ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १३ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved