Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

पासाङलाई आफैँ सक्रिय गराउँदै प्रचण्ड, भण्डारीको सक्रियताले ओलीलाई चस्का

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १२ महिना अगाडि

काठमाडौँ । दुई–दुई पटक राष्ट्रपति र उपराष्ट्रपति भएका विद्यादेवी भण्डारी र नन्दबहादुर पुन (पासाङ) पुनः सक्रिय राजनीतिमा फर्किने भएका छन् । पूर्वराष्ट्रपति भण्डारी पुनः एमालेमा फर्किएर राजनीति गर्ने तयारीमा छिन् भने पूर्वउपराष्ट्रपति पासाङ माओवादी केन्द्रबाट लगभग राजनीतिमा फर्किइसकेका छन् ।

बिहीबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पूर्वउपराष्ट्रपति पुन पनि सहभागी भएका छन् । हुन त यसअघिका पदाधिकारी र सचिवालय बैठकमा पनि पुन सहभागी भएका थिए । तर, ती बैठकमा सहभागी भएको तस्बिर सार्वजनिक भएको थिएन । तर, बिहीबारको बैठकमा सहभागी भएको तस्बिर भने माओवादीले नै सार्वजनिक गरेको हो । बिहीबारको बैठकमा उनी पार्टी सचिवहरूको लाइनमा बसेका थिए ।

पासाङ २०७२ देखि २०७९ सम्म २ कार्यकाल नेपालको दोस्रो उपराष्ट्रपति भएका पुनलाई माओवादीले पार्टी राजनीतिमा फर्काउन खोजेको छ । माओवादी पदाधिकारी बैठकले पुनलाई उपाध्यक्ष बनाउने निर्णय गरिसकेको छ । पदाधिकारी बैठकले विधान संशोधन गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा महासचिव देव गुरुङ तथा उपमहासचिवहरू वर्षमान पुन र जनार्दन शर्मा सदस्य रहेको कार्यदल बनाएको छ । २१ पुसदेखि बस्ने केन्द्रीय समिति बैठकमा संशोधित विधान पारित गरेर पुनलाई उपाध्यक्षमा मनोनीत गर्ने तयारी छ ।

पूर्वउपराष्ट्रपति पुन युद्धकालमा ‘जनमुक्ति’ (विद्रोही) सेनाका कमान्डर थिए । बिहीबारको बैठकमा पूर्वसभामुख कृष्णबहादुर महरा पनि सहभागी भएका थिए । पार्टी उपाध्यक्ष रहेका उनी सुन प्रकरणमा पक्राउ परेयता पार्टीमा निष्क्रिय थिए ।

उनीमात्र होइन, २ कार्यकाल नै राष्ट्रपति बनेकी विद्या भण्डारी पनि सक्रिय राजनीतिमा फर्किन गृहकार्य गरिरहेको बताइएको छ । उनले त एमाले पार्टीको नेतृत्वसमेत लिने चाहना राखेको र सोहीअनुसार अध्यक्ष केपी शर्मा ओलीइतर समूहलाई भेला पारिरहेको बताइन्छ ।

यसअघि एमालेबाट निष्काशित हुनुअघि नेता भीम रावलले पनि विद्या भण्डारीलाई पटक–पटक भेटेका थिए । रावलसँगको भेटमा अहिले नै कुनै निर्णय नलिन भन्दै थुम्थुम्याएकी थिइन् । तर, पूर्वराष्ट्रपति भण्डारीलाई भेटेको सुइँको पाएपछि एमाले अध्यक्ष ओलीले रावललाई एक्कासि पार्टीबाट हटाएको बताइँदै आएको छ ।

भण्डारी–ओलीबीच २ घन्टा छलफल

एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच बिहीबार २ घन्टा छलफल भएको छ । पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न ओली उनको निवास बूढानीलकण्ठ पुगेका थिए । भेटमा विशेषतः एमालेमा पछिल्लो समय देखिएको ओलीविरोधी तप्का भण्डारी निकट भएको र त्यसले पार्टीमा गुटबन्दी बढ्ने भन्दै त्यसलाई रोक्न ओलीले आग्रह गरेको बताइएको छ । ओलीका पछिल्ला गतिविधि र नेताहरूलाई कारबाही गर्ने निर्णयप्रति पूर्वराष्ट्रपति भण्डारीले असन्तुष्टि जनाउँदै आएकी छिन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • १० घण्टा अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • १० घण्टा अगाडि
601953632_10225313283097485_3191257905718857191_n-edited-1536x1152

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको...

  • १० घण्टा अगाडि
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • १ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved