५ दिनको अध्ययन र छलफलपछि गभर्नर पौडेलविरुद्धको रिट सर्वाेच्चमा दर्ता

काठमाडौँ । गभर्नर डा विश्वनाथ पौडेलविरुद्ध दायर भएको रिट निवेदन सर्वाेच्चमा दर्ता भएको छ । गभर्नर पदमा नियुक्त भएका डा. पौडेलको नियुक्ति बदरको माग गर्दै पेस भएको रिट निवेदन पाँच दिनको अध्ययन र छलफलपछि मात्रै दर्ता भएको हो । निवेदकहरुले गभर्नरको गैरकानुनी नियुक्ति भएकोले राष्ट्रिय महत्त्वको नीति ल्याउने कार्य र नोटमा हस्ताक्षर गर्ने कार्य रोक्न […]
संसदीय दलको नयाँ नेता छान्ने तयारीमा रास्वपा

काठमाडौँ । सभापति रवि लामिछाने थुनामै रहने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्ने विषयमा प्रारम्भिक छलफल थालेको छ । संसदीय दलका नेता रहेका सभापति लामिछाने गत २२ चैतदेखि पुर्पक्षका लागि थुनामा छन् । उनको सांसद पदसमेत निलम्बनमा छ । रविलाई छुटाउने आसमा उनकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको […]
गृहमन्त्री लेखकलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

काठमाडौँ । भिजिट भिसामार्फत् भइरहेको मानव तस्करीमा गृहमन्त्री रमेश लेखकको नाम मुछिएपछि सत्तारुढ नेपाली कांग्रेसभित्र हलचल मच्चिएको छ । सो प्रकरणमा गृहमन्त्रीको संलग्नतामाथि प्रश्न उठाउँदै नेताहरूले उनलाई राजीनामाका लागि दबाब दिएका छन् । सरकारको कामकारबाहीप्रति जनस्तरबाट असन्तुष्टि आइरहेको र कांग्रेसका मन्त्रीहरूले पनि प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै नेताहरू आफ्ना मन्त्रीहरूसँग विगतदेखि नै असन्तुष्ट थिए । […]
रवि लामिछाने र छविलाल जोशीको निवेदनमा बहस सकियो, आजै आदेश आउने

काठमाडौं । सहकारीको रकम ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रिहा गर्न माग गरिएको निवेदनको बहस सकिएको छ । सुरुमा निवेदकका कानुन व्यवसायीले बहस गरेपछि रवि र छविका वकिलले जवाफी बहस गरेका थिए । न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले तीन दिनको सुनुवाइपछि आजै आदेश सुनाउने तयारी गरेको […]
गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ

काठमाडौं । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन् । उनलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । उनलाई अख्तियारले पक्राउ गरेर टंगालस्थित कार्यालयमा लगेको जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराईलाई मंगलबार बेलुका आकस्मिक रुपमा गृह मन्त्रालयमा सरुवा गरिएको थियो । उनलाई सरुवा गरेर गृहले पाँचथरका […]
प्रतिनिधिसभाको शून्य सम : यस्ता छन् सांसदहरुका माग

काठमाडौं । प्रनिधिनिसधाको आजको शून्य समयमा सांसदहरुले जलवायु परिर्वतनको असर रोक्न नेपालले गर्ने प्रयासदेखि विपद् व्यवस्थापन र पुनः निर्माणलाई प्राथमिकता जोड दिन माग गरेका छन् । बैठकमा सांसद डिगबहादुर लिम्बूले मदनमार्गले मोरङ जिल्लाको ४७ किलोमिटर ओगटेको र राष्ट्रिय राजमार्ग भएको भन्दै जग्गा रोक्का भएकाले स्थानीयलाई जग्गा बेचबिखन गर्न कठिनाई भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद […]
ठुला पूर्वाधारमा लगानी गर्न एनआरएनएलाई ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको ठुला पूर्वाधारमा लगानी गर्न गैरआवासीय नेपालीहरू (एनआरएनए) लाई आग्रह गरेका छन् । गैर–आवासीय नेपाली संघको आयोजनामा काठमाडौँमा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ अन्तर्गत पोलिसिज एन्ड प्लेटफर्म क्रियटिङ इनेबलिङ एन्ड इन्भायरोन्मेन्ट फर डायस्पोरा इन्भेस्टमेन्ट विषयक कार्यक्रममा बोल्दै उनले सो आग्रह गरेका हुन् । विश्वभरि फैलिएको नेपाली डायस्पोरा […]
सगरमाथा संवादमा सहभागी हुन् चिनियाँ नेता सियाओजी काठमाडौँमा

काठमाडौँ । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौँ आइपुगेका छन् । उनी सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् । बिहीबार बिहान उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका छन् । सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म […]
कांग्रेस सांसद माया राईविरुद्ध मुद्दा दर्ता, ३७ लाख बिगो दाबी

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ । उनलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मंगलबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । उनीविरुद्ध काठमाडौँस्थित कालिमाटीको स्वर्ण लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी गरेको अभियोग छ । सहकारीको तत्कालीन कार्यसमिति सदस्य तथा सचिव हुँदा रकम अपचलन […]
आज संघीय संसद्का दुवै बैठक, सरकारको नीति तथा कार्यक्रम पारित गरिने

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने भएका छन् । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२ः८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका […]