केन्द्रीय समिति बैठक बोलाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाउने निणार्य गरेको छ । आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । यद्यपि बैठकको मिति र समय भने तय भएको छैन । बैठकले विभिन्न ६ वटा निर्णयहरू गरेको पार्टी कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । उनका अनुसार बैठकमा यसअघि भएका […]

प्रतिनिधिसभाबाट सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवासम्बन्धी प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधिसभाबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सो प्रस्ताव पेस गरेका थिए । प्रधानमन्त्री ओलीका तर्फबाट विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै […]

प्रतिनिधिसभा बैठक बस्दै आज, यस्ताे छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची छ । त्यस्तै सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने […]

रास्वपा नेता मोहन थापा अमेरिकाको विमानस्थलबाटै पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् । रास्वपा सभापति रवि लामिछानेसँग अत्यन्त निकट भनेर चर्चामा आइरहने र ढाका कुमार श्रेष्ठले पैसाको लेनदेन गरेको आरोप लागेका थापा अघिल्लो साता नेपालबाट फर्किने क्रममा पेन्सिल्भेनिया एयरपोर्टबाटै पक्राउ परेका हुन् । अमेरिकास्थित गैरआवासीय नेपाली संघका एक पदाधिकारीका अनुसार उनलाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको छ […]

बजेट अभावले गैँडा गणना अन्योलमा

हरेक पाँच–पाँच वर्षमा गरिने गैँडा गणना बजेट अभावले अन्योलमा परेको छ । दाताहरुको भरमा गणना गरिँदै आएकोमा यस वर्ष बजेट अभाव भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकुञ्जसँग काम गर्ने विभिन्न निकायसँग सहकार्य गरेर गैँडा गणना गर्दै आएका छन् । विभागका इकोलोजिष्ट तथा सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार युएसएआईडीको जल जंगल परियोजनाले […]

ट्रम्प–जेलेन्स्की चर्काचर्की : विश्व ध्रुवीकरणको ‘टर्निङ प्वाइन्ट’ बन्ने त्रास !

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार खनिज सम्झौताका लागि भएको वार्तामा चर्काचर्की भएपछि सिंगो संसार अहिले २ ध्रुवमा विभाजित भएको छ । २० जनवरीमा दोस्रो कार्यकालका लागि ट्रम्प ह्वाइट हाउस प्रवेश गरेपछि उनले करिब ३ वर्षदेखि जारी रुस–युक्रेनबीचको युद्ध तत्काल अन्त्य गर्ने घोषणा गरेका थिए । २ साताअघि ट्रम्पले […]

प्रकृतिको मृत्युबारे छानबिन र भारतमा रहेका विद्यार्थीको सुरक्षामा कूटनीतिक पहल गर्न सांसदहरुको माग

काठमाडौं । भारतमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिका लागि कूटनीतिक र राजनीतिक पहल तत्काल थाल्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनीहरुले भारतको उडिसा राज्यको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) बुटवलकी प्रकृति लम्सालको मृत्युको छानबिन र त्यहाँ अध्ययनरत अन्य विद्यार्थीको सुरक्षाका लागि भारत सरकारसँग समन्वय गर्न सरकारलाई आग्रह गरेका […]

थाइल्याण्डका लागि वली राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर वलीलाई जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले श्री वलीलाई उक्त पदमा आज नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

२०८४ सालको निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ : गगन थापा

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार चार वर्षमा महाधिवेशन हुने बताए । उनले भने, ‘हामीले तोकिएको समयमा महाधिवेशन गर्नका लागि आगामी चैतभित्र पार्टीको क्रियाशिल सदस्यता टुंग्याउने गरी काम गरेका छौँ, तल्लो […]

उपेन्द्र फकाउने जिम्मा माधव नेपाललाई !

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहित विपक्षी दलहरूले जनता समाजवादी पार्टी नेपाललाई अध्यादेशको विपक्षमा उभ्याउन जोडबल गरेका छन् । सरकारले अध्यादेश स्वीकृतिका लागि संघीय संसद्मा प्रस्तुत गर्दा राष्ट्रियसभामा जसपा नेपाल विपक्षमा उभिए अस्वीकृत हुने हुँदा जसपालाई आफ्नो पक्षमा पार्न विपक्षी दलहरूले भरमग्दुर प्रयास गरेका हुन् ।सरकारले गत बिहीबारको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा ६ […]