Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

संसदीय दलको नयाँ नेता छान्ने तयारीमा रास्वपा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ७ महिना अगाडि

काठमाडौँ । सभापति रवि लामिछाने थुनामै रहने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्ने विषयमा प्रारम्भिक छलफल थालेको छ । संसदीय दलका नेता रहेका सभापति लामिछाने गत २२ चैतदेखि पुर्पक्षका लागि थुनामा छन् । उनको सांसद पदसमेत निलम्बनमा छ ।

रविलाई छुटाउने आसमा उनकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हालेकी थिइन् । तर, शुक्रबार सर्वोच्चले लामिछानेलाई थुनामा राख्ने उच्च अदालतको आदेश सदर गरेसँगै उनी मुद्दा अन्तिम किनारा नलागेसम्म नछुट्ने भएका छन् । मुद्दा प्रक्रिया लामो हुने र संसदीय दल नेतृत्वविहीन हुने भएपछि नयाँ नेता चयनको प्रक्रिया सुरु गर्न लागिएको हो ।

शनिबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले सर्वोच्चको आदेश कानुनी रूपमा स्वीकार गर्दै राजनीतिक प्रतिशोध र राज्यले अनावश्यक पीडा दिइरहँदा अदालतबाट न्याय पाइने जनविश्वास कमजोर नबनोस् भन्नेप्रति चिन्ता व्यक्त गरेको छ । कार्यवाहक प्रवक्ता मनिष झाले संगठनात्मक विषयमा छलफल गर्न आज आइतबार दिउँसो २ बजे पुनः बैठक बोलाइएको जानकारी दिए । ‘पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा अबको बैठकमा छलफल हुन्छ । पार्टी र संगठनलाई सुदृढ र चलायमान बनाएर अघि बढ्ने हो,’ सौर्य दैनिकसँग उनले भने ।

रास्वपा नेताहरूले संसदीय दलको नेता चयन गर्ने विषयलाई सार्वजनिक रूपमा छलफलमा समेत ल्याएका छन् भने पार्टीको औपचारिक फोरममा सुझावसमेत पठाएका छन् । शनिबारको बैठकअघि रास्वपा नेता यज्ञमणि न्यौपानेले संसदीय दलको नेता चयन गर्नुपर्ने भन्दै उपसभापतिद्वयलाई सुझाव पठाएका थिए । उनले पार्टीमा रिक्त महिला उपसभापति, महामन्त्री, सहमहामन्त्री पदमा समेत पदपूर्ति गरेर अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।

गृहमन्त्रीको राजीनामा माग

रास्वपाले भिजिट भिसा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । केन्द्रीय समिति बैठकले गृहमन्त्री र उनको सचिवालय नै मानव तस्करीमा संलग्न रहेको सार्वजनिक भएको भन्दै राजीनामाको माग गरेको हो । ‘यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्छौं,’ रास्वपाले विज्ञप्तिमार्फत् भनेको छ, ‘यस मुद्दालाई लिएर आगामी दिनमा सदन अवरुद्ध हुँदा, त्यसले उत्पन्न गर्ने नेपाली राजनीतिप्रति घृणाको कारक नहुन पनि सुझाव दिन्छौँ ।’

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
y_t4IhGjxkTQ

एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा...

  • १ दिन अगाडि
balen1

बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको...

  • १ दिन अगाडि
Mugu-1-1024x576

धुनी तापेर पढ्दै विद्यार्थी

  • १ दिन अगाडि
KP-Sharma-Oli-UML-Meeting-1024x682

एमाले केन्द्रीय कमिटी बैठक सुरु

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved